पूर्ण राजतन्त्र
पूर्ण राजतन्त्र [१][२] राजतन्त्रको यस्तो रुप हो जहाँ एक नेताको हातमा सर्वोच्च अधिकार र अख्तियार हुन्छ र त्यो अधिकार कुनै लिखित कानुन, संबिधान र परम्पराले छेक्दैन । [३] राजतन्त्र प्राय वंशाणु हुन्छ तर सधै नहुन पनि सक्छ। यस विपरित संवैधानिक राजतन्त्रमा, राष्ट्रप्रमुखको अख्तियार संविधानद्वारा प्रदान गरिएको र बाधिएको हुन्छ । [४]
कुनै राजतन्त्रमा कमजोर वा सांकेतिक व्यवस्थापिका हुन्छ जुन शासकले तत्कालै फेर्न वा भंग गर्न सक्छ । पूर्ण राजतन्त्र अझै कायम रहेको देशहरूमा: ब्रुनाई, ओमान, साउदी अरब, स्वाजिल्याण्ड, भ्याटिकन सिटी र संयुक्त अरब इमिरेट्स यु.ए.इ. का सङ्घीय इमिरेट्सहरु पर्छन् ।
ऐतिहासिक उदाहरण
सम्पादन गर्नुहोस्युरोप बाहिर
सम्पादन गर्नुहोस्प्राचीन इजिप्टमा फराह (राजा)सँग देशमा जे गर्न पनि पूर्ण अधिकार रहन्थ्यो र प्रजाहरु उनलाई जीवित देवता मान्थे । प्राचीन मेसोपोटमियामा, बेबिलोनमा र समरमा धेरै राजाहरु पूर्ण शासक थिए। प्राचीन भारतवर्षमा मौर्य, सतावहन, गुप्त र चालुक्य साम्राज्यका धेरै शासकहरू पूर्ण राजतन्त्र थिए ।
प्राचीन चीनमा, धेरै सम्राट र सम्राज्ञीसंग स्वर्गको आदेशको नाममा पूर्ण शक्ति रहेको थियो। [५]
फ्रान्स
सम्पादन गर्नुहोस्केहि इतिहासकारका अनुसार फ्रान्सका राजा लुई चौधौले भनेका थिए,”म नै राज्य हुँ। म जे भन्छु त्यो कानुन हो। “[६] केहि इतिहासकारका अनुसार फ्रान्सका राजा लुई चौधौले भनेका थिए ,”म नै राज्य हुँ । म जे भन्छु त्यो कानुन हो । “ फ्रान्सका राजासँग नै व्यवस्थापिका , कार्यपालिका र न्यायपालिका केन्द्रित थियो । राजा नै सर्वोच्च न्यायकर्ता थिए । उनले कुनै पनि व्यक्तिलाई कुनै अपिलको अफ्हिकर बिनानै मृत्युदण्ड दिन सक्थे ।[७][Need quotation toverify]
१९०५ सम्म रसियामा जारले पूर्ण शासकको रूपमा शासन गरका थिए । पिटर प्रथम महानले अन्य भारदारहरूको अधिकार कटौती गरेर जारको केन्द्रिय अख्तियार बढेका थिए ।
समसामयिक राजतन्त्र
सम्पादन गर्नुहोस्पूर्ण राजतन्त्रको लोकप्रियता अमेरिकी क्रान्ति र[ [ फ्रान्सेली राज्यक्रान्ति]] पछी घट्दै गयो ।
जोर्डन, कुवेत र मरक्को जस्ता पूर्ण राजतन्त्र भएका देशहरू संवैधानिक राजतन्त्रमा गए।
भुटानमा २००३ मा पूर्ण राजतन्त्र संबैधानिक राजतन्त्रमा परिणत भयो। नेपालमा संबैधानिक राजतन्त्र र प्रत्यक्ष शासन नेपाली गृहयुद्ध, जनयुद्ध र नारायणहिटी दरबार हत्याकाण्डको सेरोफेरोमा घुमिरह्यो र २०६५ जेठ १५ मा राजतन्त्र नै अन्त्य भयो ।
लिश्टेनस्टाईनमा राजतन्त्रको अधिकारमा वृद्धि भयो ।[८]
उत्तर कोरियामा सत्तारुढ किम परिवारलाई (किम इल-सुङ, किम जोङ् इल , किम जोङ उन ) सांकेतिक राजतन्त्र [९][१०][११] वा वंशाणुगत तानाशाहीको रूपमा हेरिन्छ। [१२] [१३]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ Goldie, Mark; Wokler, Robert, "Philosophical kingship and enlightened despotism", The Cambridge History of Eighteenth-Century Political Thought, Cambridge University Press, पृ: ५२३, आइएसबिएन 9780521374224, अन्तिम पहुँच १३ जनवरी २०१६।
- ↑ Leopardi, Giacomo (२०१३) [original १८९८], Zibaldone, Farrar Straus Giroux, पृ: १४३८, आइएसबिएन 978-0374296827।
- ↑ Nathanial Harris (२००९), Systems of Government Monarchy, Evans Brothers, पृ: 10, आइएसबिएन 978-0-237-53932-0।
- ↑ Jerome Blum et al., The European World (1970) 1:267-68
- ↑ Choi, Sang-hun (२७ अक्टोबर २०१७), "Interior Space and Furniture of Joseon Upper-class Houses", Ewha Womans University Press, पृ: १६ – Google Booksद्वारा, "Joseon was an absolute monarchy"
- ↑ "Louis XIV", HISTORY (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-०५।
- ↑ Mettam, R. Power and Faction in Louis XIV's France, Oxford: Basil Blackwell, 1988.
- ↑ "Liechtenstein prince wins powers", BBC News, २००३-०३-१६, अन्तिम पहुँच २०१५-१०-२६।
- ↑ Young W. Kihl, Hong Nack Kim. North Korea: The Politics of Regime Survival. Armonk, New York, USA: M. E. Sharpe, Inc., 2006. Pp 56.
- ↑ Robert A. Scalapino, Chong-Sik Lee. The Society. University of California Press, 1972. Pp. 689.
- ↑ Bong Youn Choy. A history of the Korean reunification movement: its issues and prospects. Research Committee on Korean Reunification, Institute of International Studies, Bradley University, 1984. Pp. 117.
- ↑ Sheridan, Michael (१६ सेप्टेम्बर २००७), "A tale of two dictatorships: The links between North Korea and Syria", The Times (London), अन्तिम पहुँच ९ अप्रिल २०१०। वेब्याक मेसिन अभिलेखिकरण २५ मे २०१० मिति
- ↑ The Twisted Logic of the N.Korean Regime, Chosun Ilbo, 2013-08-13, Accessed date: 2017-01-11