मोहन शमशेर जङ्गबहादुर राणा

राणा शासनका अन्तिम प्रधानमन्त्री

मोहन सम्शेर जंगबहादुर राणा राणा शासनका अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागेका र उनले उतैबाट राजिनामा दिएपछी मोहन शमशेर प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री हुनु भन्दा अगाडि नै लक्ष्मी निवासबाट सिंहदरबार सरेका थिए। उनी चन्द्र शमशेरका जेठा छोरा थिए । उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र र जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिए।

मोहन शमशेर जङ्गबहादुर राणा
Mohan Shamsher Jang Bahadur Rana.jpg
१७ औँ प्रधानमन्त्री (नेपाल) प्रधानमन्त्री
कार्यकाल
वि.सं. २००५ – वि.सं. २००८[१]
पूर्वाधिकारीपद्म शमशेर
उतराधिकारीमातृका प्रसाद कोइराला
श्री ३ महाराज
कार्यकाल
वि.सं. २००५ – वि.सं. २००८ कार्तिक २६
पूर्वाधिकारीपद्म शमशेर
उतराधिकारीपद अन्त्य
व्यक्तिगत विवरण
जन्मवि.सं. १९४२ पुस १३[२]
मृत्युवि.सं. २०
अभिभावक(हरू)चन्द्र शमशेर
पिताचन्द्र शमशेर

कार्यहरूसम्पादन

श्री ३ मोहनले योजना परिषद्को आरम्भ गरी पञ्चवर्षीय विकास योजना र विकासका काम गर्न लगाउन थाले। उनले श्री ३ पद्म शमशेरद्वारा घोषित विक्रम सम्बत २००४ को वैधानिक कानुनलाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी र देखावटी राजसभा र भारदारसभा गठन गरे। नगरसभाको गठन गरी २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेरको झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० र १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमा पर्यटन उद्योगकाठमाडौँ- हेटौँडा राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मा सिंहदरबारमा आकाशवाणी स्टेसन स्थापना गराए। त्यसै गरी रेडियो स्टेसन, हवाईविभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।

गाउँ पञ्चायत, नगरपञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्चको व्यवस्था गरेका थिए। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिए।[३]

भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५०सम्पादन

 
प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर वि. सं‍. २००७ श्रावण १६.

चीनले तिब्बत कब्जा गरेपछि वि. सं. २००७ श्रावण १६ सोमबार ३१ जुलाई, १९५० मा नेपाल-भारत शान्ति तथा मैत्री सन्धि, १९५० नेपालका प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर गरियेको थियो । १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमा थियो। सन्धिमा हस्ताक्षर भएपछि महाराज मोहन शमशेरले ठूलो सन्तोषको सास फेरेर भने, ‘मैले मेरो मुलुकको संप्रभुता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।’ यो खुसीयालीमा मोहन शमशेरले आफू वरिपरिका मानिसहरूलाई भोज खुवाउन पैसा पनि बाँडे।

सात सालको क्रान्तिसम्पादन

दिल्ली सम्झौतासम्पादन

दिल्लीमा राजा, राणा र कांग्रेस बीच त्रिपक्षीय वार्ता भयो जस अनुसार नेपालको वैधानिक राजा त्रिभुवन भए भने प्रधानमन्त्री मोहन शमशेर नै रहने भए । डा. के. आई. सिंहले सो सम्झौताको विरोधमा विद्रोह गरे ।

अन्तरिम मन्त्री मण्डलसम्पादन

 
सात सालको शाही घोषणाको सक्कल प्रति

दिल्ली सम्झौताअन्तर्गत १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने सहमति बनेको थियो । जसअनुसार वि. सं. २००७ फागुन ७ मा निम्न अनुसार मन्त्रि मण्डल बन्यो ।

राणा-काङ्ग्रेस मन्त्रीमण्डल (२००७ साल फागुन ७ गते)

२००८ साल भदौ १३ गते सं.रा.अमेरिकासँग राजदूत स्तरमा सम्बन्ध कायम भयो । प्रधानमन्त्री मोहनशमशेरको योजनामा परराष्ट्र विभाग प्रमुख विजयशमशेर र भारतस्थित नेपाली राजदूत सिंहशमशेरको तारतम्यबाट यो सम्बन्धको विकास भएको थियो । त्यसपछि नै मोहनशमशेरलाई पदबाट राजीनामा दिन भारतीय दबाब बढेको थियो । त्यसनिम्ति तत्कालीन गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई उचालेर उनले पहिले राजीनामा दिएर पछि मोहनशमशेरलाई राजीनामा दिन बाध्य पारियो। गृहमन्त्री बीपीलाई थाहा नदिएर प्रहरीले गोली चलाउँदा विद्यार्थी नेता चिनियाँ काजी मारिएपछि बीपीले राजीनामा दिए।[५]

निर्वासनसम्पादन

आफूले शासन गरेका प्रजाहरूबाट आफू शासित नहुने भनेर मोहन शमशेर वि. सं. २००८ मा स्व-निर्वासनमा गए ।

व्यक्तिगत जीवनसम्पादन

मोहन शमशेर धार्मिक प्रवृत्तिका व्यक्ती थिए। मोहनशमशेर एक छाक मात्र खाना खान्थे । त्यसैले बिहानको खानाका परिकार भव्य हुन्थ्यो ।

सन्तानहरूसम्पादन

  • शरद शमशेर राणा
  • विजय शमशेर राणा
  • मोह भक्त राज्य लक्ष्मी
  • थगेन्द्र राज्य लक्ष्मी
  • रुपराज्य राज्य लक्ष्मी
  • लिला राज्य लक्ष्मी
  • महेन्द्र राज्य लक्ष्मी
  • शारदा राज्य लक्ष्मी [६]

मृत्युसम्पादन

वि.सं. २००८ साल कार्तिक २६ गते मोहनशमशेर मुलुकको प्रधानमन्त्रीबाट हट्न बाध्य भए । त्यसको केही समयपछि उनी भारततर्फ लागेका थिए । वि.सं. २०२४ साल पुस २३ गते ८२ वर्षको उमेरमा भारतको बैंगलोरमा उनको निधन भएको थियो ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. नेपाल राजपत्र
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २६६, आइएसबिएन 99933-2-406-X 
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २६७, आइएसबिएन 99933-2-406-X 
  4. २००७ साल फागुन ७ गतेको गो.प.
  5. कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?
  6. [http://www.royalark.net/Nepal/lamb10.htm]

बाह्य कडीहरूसम्पादन