नेपाली रुपैयाँ
रुपैयाँ नेपालमा प्रचलित मुद्राको नाम हो। इण्डोनेसियाको मुद्रालाई रुपिया र मालदिभ्सको मुद्रालाई रुफिया भनिन्छ। एक रुपैयाँलाई सय भागमा बाँडिन्छ जसलाई पैसा भनिन्छ। नेपाली रुपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाँडिन्छ।
नेपाली रुपैयाँ | |
---|---|
रूपैयाँ (नेपाली) | |
आइएसओ ४२१७ | |
कोड | NPR |
मूल्यवर्ग | |
उप एकाई | |
१/१०० | पैसा |
चिह्न | रु. वा रुपैयाँ |
बैङ्क नोटहरू | |
प्रचलित | रु. ५, रु. १०, रु. २०, रु. ५०, रु. १००, रु. ५००, रु. १००० |
अप्रचलित | रु. १, रु. २, रु. २५, रु. २५० |
सिक्काहरू | १, ५, १०, २५, ५० पैसा, रु. १, रु. २, रु. ५, रु. १० |
जनसाङ्ख्यिकी | |
राष्ट्र(हरू) | ![]() |
जारीकर्ता | |
केन्द्रीय बैङ्क | नेपाल राष्ट्र बैङ्क |
वेबसाइट | www |
मूल्याङ्कन | |
मुद्रास्फीति | ७.८% |
स्रोत | The World Factbook, October 2005 est. |
व्युत्तपत्तिसम्पादन
रुपैयाँ शव्दको उत्पत्ति संस्कृत शव्द रूप् वा रूपबाट भएको हो, जसको अर्थ चाँदी हो। संस्कृत शव्द रूप्यकम् भन्नाले चाँदीको सिक्कालाई जनाउँछ।
सन्दर्भ सामग्रीहरूसम्पादन
विकिमिडिया कमन्समा नेपालको पैसा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |