मुख्य सूची खोल्नुहोस्


विशाल नेपाल (अङ्ग्रेजी: Greater Nepal) भनेको वर्तमान नेपालको प्राचीन भौगोलिक स्वरूप हो। आजको नेपाल इतिहासको असमान सन्धि र त्यो सन्धिको कार्यन्वयन हुन नसकेको कारणको नतीजा हो। त्यहि इतिहासको विशाल भू-भागलाई सम्झेर नेपालीहरूले प्राचीन नेपालको भौगोलिक स्वरूपलाई विशाल नेपाल भन्ने गरेका छन्।यो शब्द नेपाली राष्ट्रवादीहरूले एङ्ग्लो-नेपाल युद्ध भन्दा अघिको नेपालको भूभागलाई जनाउन प्रयोग गर्ने शब्द हो। अंग्रेजसँग नेपालले गुमाएको भूमि लडेको युद्ध जसलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ हुनुभन्दा अगाडि नेपालको भूभाग भित्र पर्ने पश्चिमको हालको उत्तराखण्ड, हिमाचल प्रदेश राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यहरूका सतलज नदी र त्यसको पारी सम्मका भूभाग कांगडा सम्म, पूर्व तर्फ सिक्किम, दार्जिलिङ, समेटने टिष्टा नदी सम्मका भूभाग जसको क्षेत्रफल ३,३४,२५० थियो लाई पनि मीठो ऐतिहसिक स्मरणका साथ विशाल नेपाल भनेर सम्झन चाहन्छन्। यो भूभाग नेपाल अङ्ग्रेज युद्धको समाप्ति भएको घोषणा गर्ने सुगौली सन्धीसंगै नेपालले इस्ट इण्डिया कम्पनीको स्वामीत्वमा छोडी दिनु परेको थियो।

नेपालको एकीकरण
गोर्खा अधिराज्य
नेपालको वृहत रूप
नेपाल अधिराज्यको वृहत रूप (१८०५) मा।
गोर्खा अधिराज्यको स्थापना१५०० ई
पृथ्वीनारायण शाहको जन्म१७२३
पृथ्वीनारायण शाह राजा बनेको१७४३
गोर्खा अधिराज्य नाम परिवर्तन१७६९ (नेपाल अधिराज्य)
विभिन्न क्षेत्रको एकीकरण
नुवाकोट१७४४
किर्तिपुर१७६६
सिक्किम, दार्जीलिंग१७८८-१७९०
कान्तिपुर, भक्तपुर१७६८
ललितपुर१७६९
सेन अधिराज्य१७७३
किराती राज्य१७७५
बाइसे राज्य१७८७
चौबिसे राज्य१७८१
कुमाउँ१७९०
गढवाल१८०४
विशाल नेपालको दुर्भाग्य
नेपाल अंग्रेज युद्ध१८१४-१६
सुगौली सन्धि२ डिसेम्बर १८१५

इतिहाससम्पादन

प्राचीन खसकाल र किरांत कालमा नेपाल विशाल थियो र यसको सिमाना पुर्वमा कामरु, कामक्ष, दक्षिणमा कतूर र पश्चिममा कांगडा सम्म थियो। र यसका आधारहरू “स्कन्द पुराण”को ८१औं अध्यायमा स्पष्ट व्याख्या छ, ईसा पुर्व १००० वर्ष पहिलेको अथर्ववेद र कौटिल्यको अर्थशास्त्रमा पनि नेपाल बारेको व्याख्या छ। २२०० वर्ष पुरानो सम्राट अशोकको लुम्बिनीमा स्थापित स्तम्भ “अशोक स्तम्भ” जहाँ 'हिंद-बुद्ध गाते नेपाल' अथवा बुद्ध यस ठाँउमा जन्मेका थिए र यो नेपाल हो भनेर प्रष्ट गरेको छ। सम्राट समुंद्रगुप्तको इलाहाबाद स्थित शिलालेखमा नेपालको पूर्वी सिमाना कामरु, कामक्ष, दक्षिणी सिमाना पाटलीपुत्र, कतूर र पश्चिममा उधमपुर भनेर व्याख्या गरिएको छ। कामक्ष भनेको आसाममा पर्दछ, पाटलीपुत्र भनेको पटना र कतुर भनेको इलाहाबाद नजीक र उधमपुर भनेको उत्तर-पश्चिम पञ्जाब हो र यो ईसाको ३५० वर्ष पुर्वको शिलालेख हो। राष्ट्रकबि माधव प्रसाद घिमिरेले पनि आफ्नो एक कवितामा नेपालको गुणगान गर्दै यस्तो लेख्नुभएको छ :

पश्चिम किला कांगडा, पुर्वमा टिष्टा पुगेथियौं।
कुन शक्तिको सामुमा कहिले हामी झुकेथियौं।

पूर्वको शासन प्रणालीसम्पादन

पूर्वको शासन प्रणाली विकेन्द्रिकृत थियो, आजको भारतमा पहिला लगभग ५६५ साना साना राज्यहरू थिए र नेपालमा पनि पहिला छ दर्जन जति स-साना बाईसे, चौबीसे राज्य-रजौटाहरू थिए। पूर्वको खकुलो शासन प्रणाली र कमजोर राजनीतिको फाईदा उठाएर युरोपेली शासकहरूले पूर्वको क्षेत्रहरूलाई आफ्नो उपनिवेश बनाउन थाले। उनिहरूले पूर्वमा चलिरहेको जातिवाद, धर्मवाद र विविध संस्कृतिवादबाट धेरै फाईदा उठाए। जति बेला पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्ने निधो गरे, त्यति बेला नेपाल यिनै स-साना भुरे-टाकुरे राज्यहरूमा विभाजित थियो।

विशाल नेपालको विभाजनसम्पादन

खस र किरांत कालमा नेपाल विशाल थियो। किरात कालको अन्त र लिच्छवीहरूको शासन नेपालमा शुरु हुनु नेपालको दुर्भाग्य कालको शुरुआत थियो। गुणकामदेवको शासनकालमा विशाल नेपालको शासकीय सुदृढीकरणमा प्रयत्न भएका छनक देखिन्छन् तर स्पष्ट प्रमाणको अभाव रहेको छ । लिच्छवीहरू कमजोर हुँदै गएपछि विशाल नेपाल ५३ टुक्रामा विभाजित भयो। लिच्छवी शासन पछि मल्लहरूको शासन नेपालमा शुरु भयो, तर मल्लहरूले नेपालको एकिकरण गर्ने तर्फ भन्दा पनि राज्य बिभाजनको संस्कृतिलाई बढावा दिए। पाल्पाका मुकुन्द सेनले एकिकरणको केही प्रयत्न गरेको देखिएता पनि अन्तत: उनका उत्तराधिकारीहरूले पाल्पा राज्यलाई ३ खण्डमा बिभाजन गर्न पुगे । त्यसपछि शाह वंशको शासन नेपालमा आयो। शाह वंशलाई नेपालको आधुनिक युगको शुरुआत भन्ने गरिन्छ।

एकिकरणको उद्देश्यसम्पादन

पृथ्वीनारायण शाह दूरदर्शी राजा थिए। उनले नेपाललाई अंग्रेजहरूको उपनिवेशबाट बचाउनको निम्ति स-साना राज्य-रजौटाहरूलाई जोडेर एउटा सिंगो बलियो देशको आधार बसाल्ने कार्य गरे। राम्रा सोच भएका सबै बुद्धिजीवीहरू र त्यतिबेलाका सबै देशभक्तहरूको ‍‍‍उनलाई पुरा समर्थन थियो।

विशाल नेपालको एकिकरणसम्पादन

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल इतिहासमा विशाल थियो भनेर थाहा पाई सके पछि, नेपाल एकिकरणको अभियान शुरु गरेको बुझिन्छ। हुनत उनका पिता नरभूपालले पनि एकिकरणको प्रबल ईच्छा र यत्न गरेका कुरा इतिहासमा उल्लेख छ तर त्यसमा भएको असफलता कै कारण उनि विक्षिप्त बन्न पुगेका पनि बताइन्छ । वि.सं. १७९९ मा पृथ्वीनारायण शाह गोरखाको राजा बनेको १ वर्ष पछि कान्तिपुर अधिनस्थ नुवाकोट माथि हमला गरि विजय प्राप्त गरेर एकिकरण अभियानको शुरुआत गरे। पछि उनले वि.सं. १८१९ मा सेन राज्य मकवानपुरलाई एकिकरण गर्न सफल भएपछि झनै उत्साहित पृथ्वीनारायण शाहले वि.सं. १८२३ मा किर्तीपुर माथि पनि विजय पाए। लगतै वि.सं. १८२५ मा कान्तिपुर, ललितपुर तथा १८२६ मा भक्तपुरलाई आफ्नो अधिकारमा लिई काठमाडौं उपत्यकालाई एकिकरण गरि काठमाडौंलाई नेपालको राजधानी बनाए।

त्यसपछि श्री ५ पृथ्वीनारायण शाह पुर्व तर्फ एकिकरण गर्न तम्सिए र वि.सं. १८३० मा चौडण्डीमाथि विजय गरे। अर्को वर्ष विजयपुर राज्यलाई एकिकरण गरि पूर्वको सिमाना मेची नदीको आस-पास पुय्राए। पृथ्वीनारायण शाहको निधन पछि उनका जेठा छोरा प्रताप सिंहको पालामा चित्तवनलाई नेपालमा गाभियो तर उनि स्त्री-लम्पट तन्त्र साधनामा लिप्त हुँदा हुँदै असमयमै निधन भएका कारण नाबालक रण बहादूर नेपालका राजा बने। नाएबीको रूपमा राजमाता राजेन्द्रलक्ष्मीले शासनको बागडोर आफ्नो हातमा लिई ससुराको एकिकरण अभियानलाई निरन्तरता दिईन। वि.सं. १८३४ देखी १८४२ सम्म चौबीसे राज्य अन्तर्गतको लम्जुंग, तनहु तथा काश्कीलाई नेपालमा एकिकरण गरियो।

राजमाता राजेन्द्रलक्ष्मीको मृत्यु पछि नाबालक रण बहादूरको नायबीमा पृथ्वीनारायण शाहका कान्छा छोरा (फत्ते) बहादूर शाह सत्तामा आए र उनले आफ्नो पिताको एकिकरण अभियानलाई पूर्व तर्फको सिमाना सिक्किमको तीन तिहाई भू-भाग जितेर टिष्टा नदी सम्म पुय्राए। त्यसपछि उनले पश्चिम तर्फ ध्यान केन्द्रित गरे र बाँकी रहेका चौबीसे राज्यहरूमाथि बि.सं. १८४४ सम्ममा अधिकार जमाए। बहादूर शाहले बाइसे राज्यहरूमाथि पनि आक्रमण गरे र कर्णाली प्रदेशका राज्यहरूलाई जित्दै जुम्लालाई आफ्नो अधिनमा पारि सके पछि १८४७ मा डोटी राज्यलाई विजय गरेर नेपालको पश्चिमी सिमाना महाकाली नदी सम्म पुय्राए। त्यसै वर्ष उनले कुमाँऊको राजधानी अल्मोडामा आक्रमण गरि कुमाँऊमा पनि विजय प्राप्त गरे। अर्को वर्ष उनले गढवालको राजधानी श्रीनगर माथि हमला गरि यसलाई आश्रित राज्य बनाए, तर तिब्बत संगको युद्धले गर्दा यो एकिकरण रोकियो।

सन्काहा स्वभावका रणबहादुर वालिग हुँदै गएपछि मनमौजी र अविवेकी बन्दै जाँदा नेपाल दरबार षडयन्त्र र जालझेलको गुँडमा परिबर्तित हुन थाल्यो । बहादूर शाहलाई नाना थरिका आरोप लगाई बन्दी बनाइयो। यातनापूर्ण बन्दी अबस्था मै उनको हत्या गरिएको बताइन्छ। उनको रहस्यपूर्ण मृत्यु पछि यो अभियान प्रधानमन्त्री भिमसेन थापा र सेनापति अमर सिंह थापाको नेतृत्वमा अगाडि बढ्यो। वि.सं. १८६१ मा श्रीनगरमाथि पुनः आक्रमण गरियो र गढवाललाई पुर्ण रूपमा नेपालमा गाभियो। यसरी नेपालको पश्चिमी सिमाना यमुना नदी सम्म पुग्यो। त्यसपछि तुरुन्तै नेपाली सेनाले यमुना नदी तरि यमुना नदी देखी सतलज नदी बीचका १२ र १८ ठकुराईका नाममा रहेका थुप्रै स-साना राज्यहरूलाई एकिकरण गरे। वि.सं. १८६३ मा अमरसिंह थापाको फौजले सतलज पार गरी विभिन्न ठाउँहरू जित्दै कांगडा शहरमा आक्रमण गरे तर रावी नदी सम्म पुगी सकेका नेपाली सेनाले कांगडा किल्लालाई जित्न भने सकेन। एकिकरणको क्रममा नेपाली सेनाले कांगडाका राजा संसारचन्दलाई चार वर्ष सम्म कांगडा किल्लामा घेराबन्दी गरेर राखे। पछि संसारचन्दको सहायताको लागि आएका पञ्जाब केशरी रणजीत सिंहको फौज सँग नेपाली सेनाको युद्ध भयो फलस्वरूप ज्वालामुखी सन्धि गरियो र यस सन्धि अनुसार नेपाली सेना सतलज नदी वारि आएर बस्न बाध्य भये। यसरी विशाल नेपालको पुन: एकिकरण गरियो र नेपालको पुर्वी सिमाना टिस्टा नदी र पश्चिमको सिमाना सतलज नदी सम्म विस्तारित भयो।

पृथ्वीनारायण शाहले मुख्य राज्यहरूलाई एकिकृत गरेर एउटा सिंगो देशको स्थापना गरे । सन् १७४४ मा नुवाकोट माथि विजय प्राप्त भईसके पछि मुख्य उद्देश्य तिब्बतसँग ब्यापार गर्नु थियो । सन् १७४८ मा सिन्धुपालचोक, काभ्रेपाल्चोक र केही अन्य राज्यहरू यसको पूर्वमा स्थित थिए। मकवानपुरसिमरौनगढ नेपालमा गाभिसकेपछि, छिट्टै उनले बारा, पर्सा, रौतहट, र सिन्धुलीगढीलाई सन् १७६२ मा आफ्नो अधिन गरे। त्यसपछि गोर्खा अधिराज्यको सिमाना इस्ट इण्डिया कम्पनीसँग ठोक्किन पुग्यो। सन् १७६८ मा राजधानीलाई गोरखाबाट काठमाडौं सारियो। यति गरि सके पछि सन् १७७५ मा पृथ्वीनारायण ५३ वर्षको उमेरमा परलोक हुनु भयो। उहाँको चौडण्डीविजयपुरलाई आफ्नो राज्यमा गाभ्ने सपना अधुरोनै रह्यो। पृथ्वीनारायणका छोरा प्रताप सिंहको शासनमा तीनवटा राज्य दाङ, कपिलवस्तुचितवन नेपालमा गाभियो। त्यसैगरी, तनहुँ, पाल्पा, पर्वत, माथिल्लो नुवाकोट, गरहु, सतहु, भिरकोट, र कास्की राज्यहरू सन् १७८५ मा नेपालमा गाभिए। त्यस पछि, मकवानपुर, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, सिन्धुली, र उदयपुर क्षेत्रहरू गाभिए। सन् १७६९ मा जाजरकोट अधिराज्यका राजा गोर्खा अधिराज्यमा आफ्नो राज्य मिलाउन तयार भए। सन् १७७७ मा २५ वर्षको उमेरमा प्रताप सिंहको मृत्यु भयो। त्यस पछि कोशी, लमजुङतनहुँ साथै चौबीसे अधिराज्य सन् १७८९ मा नेपालमा गाभियो। त्यस पछि काली गण्डकी पश्चिमको बाईसे अधिराज्य र सल्यानपाल्पा नेपालमा गाभिए।

कुमाँऊ र गढवाल माथि विजयसम्पादन

नेपाली (गोर्खाली) फौजले कुमाउँ माथि विजय प्राप्त गरेपछी ‍प्रधुमन शाह ५००० रूपयाँ शुल्क वार्षिक भुगतान गर्ने शर्तमा त्यहाँको शासक बने। पाल्पा अधिराज्यलाई नेपालमा गाभिसके पछि नेपालको दक्षिणी सीमाना इलाहाबाद सम्म विस्तारित भयो। सन् १८०१ मा बुटवल र बुटवलको तराई खण्ड सहित अवधको राजाबाट पाल्पाको राजाले भाडामा प्राप्त गरे। सन् १८०६ मा नेपाली (गोर्खाली) फौजले गढवाल र सतलज पारीका सबै स-साना अधिराज्यहरू जस्तै सिरमौर, हिन्दुर र बेसहरलाई नेपालमा गाभे र यस प्रकार नेपालको पश्चिमको सिमाना सतलज पारि सम्म पुग्यो र नैनीताल, अल्मोडा, गढवाल, देहरादुन सबै नेपालका अंश बन्न पुगे।

सिक्किम र दार्जीलिङ माथी विजयसम्पादन

त्यति बेला दार्जीलिङ सिक्किमे राजाको अधिकारमा थियो, जो गोर्खालीहरूसँग असफल युद्धमा लागेका थिए। सन् १७८० देखि नै गोर्खालीहरूले सिक्किम माथि निरंतर पैठ बनाई राखे। सिनो-नेपाल युद्धमा सिक्किमले केही भूभाग नेपाललाई हस्तांतरण गरे र १९ औं शताब्दीको शुरुसंगै गोर्खालीहरूले सिक्किम माथि कब्जा गरेर नेपालको सिमाना पूर्वमा टिस्टा नदी सम्म पुर्याए र सबै तराई भूभागहरू पनि आफ्नो कब्जामा गरे। [१]

इस्ट इण्डिया कम्पनिसँगको युद्धसम्पादन

१ नोभेम्बर १८१४ का दिन इस्ट इण्डिया कम्पनिका तर्फबाट जनरल हेस्टिग्सले नेपाल विरुद्ध विधिवत रूपमा युद्धको घोषणा गरे। नेपाल-अंग्रेज बिचको पाँच मोर्चा मध्ये सुदूर पश्चिम तर्फको रक्षाको भार अमर सिंह थापा माथि थियो र उनी यही ठाउँबाट युद्धको मोर्चा सम्भाल्थे। सतलज भेगबाट नेपालमा आक्रमण गर्न खटिएका अंग्रेज जनरल अक्टर लोनीले अमर सिंह थापालाई विभिन्न प्रकारका प्रलोभन दिएर आफुसँग मिलाउन कोशिश गरे, तर उनी वीरतापूर्वक लडेर किल्ला जोगाई राखे। यसरी सतलज हत्याउन नसके पछि, अंग्रेजहरू अर्को युद्ध मार्गबाट नेपाली भूमीमा छिरे। अंग्रेजहरू सतलजमाथि काबू गर्न नसके पछि अर्को भेग नालापानी तर्फ बढे। नालापानी किलामा युद्धको मोर्चाको भार बलभद्र कुँवर माथि थियो। सन् १८१४ अक्टोबर देखि नोभेम्बर सम्म भएको नालापानीको भिषण युद्धमा जनरल जिलेस्पी सहित कम्पनिका १००० सेना मारिए। अन्तमा नेपाली सेनालाई युद्ध कौशलबाट हराउन नसके पछि अंग्रेजहरूले किलामा आउने पानीको मुहाननै काटि दिए। धेरै दिन सम्म पानी पीउन नपाए पछि बाध्य भएर बलभद्र कुंवर बाँचेका आफ्ना ७० जना योद्धाहरू सहित नांगो खुकुरी नचाउँदै किल्ला छाड्दा अंग्रेजहरू चकित भएका थिए । नालापानी युद्ध पछि अर्को निर्णायक युद्ध मलाउँको देवथल किल्लामा भयो। अंग्रेजहरूले आफ्नो सम्पुर्ण शक्ति लगाई यो किल्ला हत्याउन सफल भएपछि ७० वर्ष नाघेका वीर योद्धा भक्ति थापा पुन: यो किला फर्काउन अंग्रेज फौजसंग जाइ लागे तर अंग्रेजहरूको तोपबाट छुटेको आगोको गोला उनको छातीमा लाग्यो र उनी त्यहीं ढले। यसरी नेपालको जम्मा पाँच मोर्चामध्ये तीन मोर्चामा नेपालको जीत भयो र दुई मोर्चामा अंग्रेजहरूको जीत। अंग्रेजहरूको त्यहि जीतले गर्दा नेपालले सुगौली सन्धि जस्तो असमान सन्धिमा हस्ताक्षर गर्न बाध्य हुनु पर्‍यो।

सुगौली सन्धिसम्पादन

ब्रिटिश ईष्ट इण्डिया कम्पनीनेपाल बीच सुगौली सन्धिमा सन् २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको थियो र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धिले सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गर्यो। संधिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नल प्यरिस् ब्राड्श थिए। सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्‍यो । यस अघि फ्रांसका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा नेपालले एक तिहाई भूभाग गुमाउनु पर्‍यो। यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। यसका साथै नेपालले काली नदीको पश्चिमी भाग कुमाउ (वर्तमान उत्तराखण्ड), गडवाल(वर्तमान उत्तराखण्ड), सतलुज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांग्रा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू गुमाउनु पर्यो।

हेर्नुहोससम्पादन

सन्दर्भसम्पादन

बाह्य लिंकसम्पादन