कत्युरी राजवंश

केदारेश्वर (केदारनाथ)/शिवका पुत्र स्वामी कार्तिकेय लाई कुलदेवता मान्दै कार्तिकेयपुर राजधानी स्थापना गरी राज्य सञ्चालन गरेको कारण कत्यूरी भनिएको[१]कत्यूरी राजवंशमा सनातन हिन्दूधर्ममा आश्रित रहेकाहरूको ठूलो आशा र भरोसा थियो । किन भने यी कट्टर हिन्दु (हिन्दू) थिए । डोटीका राजवंश भगवान शिवका भक्त भएका कारणले स्वामी कार्तिकेयको पूजा गर्दछन । त्यही कार्तिकेय स्थानको नामबाट कार्तिकेयपुर र त्यहाका शासक लाई कत्युरी वंशीय भनिएको हो [२]। शौनक गोत्रीय ,रघुवंशी(सूर्यवंशी) कत्युरी यी राजाको राजभाषा संस्कृत थियो । बोलचालको भाषा पाली थियो । युद्दगर्दा धर्मयुद्धको नीति अनुसार युद्ध गर्दथे । यिनका कुलदेवता कार्तिकेय देवतालाई बैशाखशुक्ल मोहनी एकादशीमा कार्तिकेयपुरी राज्यबाट डोटी ल्याएपछि मोहनी एकादशीको नामबाट कार्तिकेयलाई मोहन्याल भनियो । यिनको राज्य शासन भारतवर्षका चार कुनामा स्थापित हिन्दूहरुका पवित्र चारधाम/चारमठ रामेश्वर, जगन्नाथपुरी, द्वारकाबद्रीनाथसम्म फैलिएको भन्ने तत्कालीन राजाले जारी गरेका ताम्रपत्रमा उल्लेखित करद राज्यहरूबाट प्रमाणित हुन्छ । यसलाई थप प्रमाणित गर्ने आधार भनेका यिनको राज्य भूमिमा रहेका केदारेश्वर (शिव) कार्तिकेय गणका देवी देवताहरुका हजारौ देव मन्दिरहरु र यिनका गुरुपुरोहित संस्कृतका विद्वान रहेको प्रमाणित गर्ने अभिलेख र ताम्रपत्रका लेख हुन् । कत्यूरी राजाको राज्य ७ औँ शाताब्दीदेखि १२८० सम्मको अवधिसम्म पहिलो राजधानी जोशीमठ र दोस्रो राजधानी बैजनाथ (बैद्दनाथ) रणचुलाकोटमा स्थापित थियो । यी दुवै स्थानमा राजधानी भएपनि समग्रमा राजधानीलाई कार्तिकेयपुरले नामाकरण गरिन्थ्यो । यिनको शासन कार्तिकेयपुरी राज्यमुकाम (राजधानी)बाट स्वतन्त्ररूपमा चलेको पाईन्छ । कार्तिकेपुरका राजा ललितसुरदेव, भूदेव, देशट देवका ताम्रपत्र, दानपत्र र यिनका शिलालेखबाट यो कुरा पुस्टि हुन्छ । कर्तिकेयपुरी राज्यको दोस्रो राजधानी बैजनाथ (बैद्दनाथ) रणचुलाकोटमा जुम्ला, दुल्लुका राजा क्राचल्लले शाके ११४५ वि.स. १२८० मा आफ्नो राज्य अन्तरगतका १० वटा माण्डलिक (वोटे) राजाहरु[३]

  • (१) याहडदेव
  • (२) विद्याचन्द्र माण्डलिक
  • (३) चन्द्रदेव माण्डलिक
  • (४) जयसिह माण्डलिक
  • (५) हरिराजा राउत्तराज
  • (६) जिहलदेव माण्डलिक
  • (७) अनिलादित्य राउत्तराज
  • (८) बल्लालदेव माण्डलिक
  • (९) विनयचन्द्र माण्डलिक
  • (१०) मुसादेव माण्डलिक र यिनको सैन्य फौजलाई समेटेर लगी आक्रमण गरेका थिए । क्राचल्लको रणचुलाकोटमा भएको यो आक्रमणमा हिन्दू देवताका  मुर्तिहरु टुटफुट भएका अझै यत्र तत्र भेटिन्छन ।

यसरी क्राचल्लका साथमा दुल्लुबाट गएको यो ठूलो सैन्यदलको साथै स्थानीय सामन्त राजाहरुपनि आ–आ्फना सेनासहित सम्मिलित भएका थिए । यी राजाहरूलाई बालेश्वर ताम्रपत्रअनुसार राजा क्राचल्लका मित्रामात्य भनेर सम्मान गरिएको छ । कुमाऊँ विजय भएको उपलक्ष्मा एकरुद्र बालेश्वरलाई अर्पणगरिएको भूमिदानपत्रमा तिनीहरूको नामपनि उल्लेख गरिएबाट तिनीहरूको सहयोग खस रैका राजा क्राचल्ल लाई अत्यन्त महत्त्वपूर्ण रहेको बुझिन्छ । [४] यस प्रकार कत्युरी राजाको राज्य पुर्व तथा ७औ शताब्दी पहिलेको अवधि र क्राचल्ल राजाले बि.स १२८० मा कुमाऊ कार्तिकेयपुरी कत्युरी राजवंशको राज्यमुकम (राजधानी)बिजय गरेदेखि रैका राजा सुर्यमल्लको समय १४२४ सम्म को बीचको अवधि गरी दुईअवधि जुम्लासिंजा,दुल्लुका खशराजा तथा रैका राजा (डोटी रैका राजवंशका पूर्वज)को प्रभुत्व (प्रभाव) कुमाऊ गडवाल क्षेत्रमा रहेको थियो ।

विशाल कार्तिकेयपुरी राज्यका सम्राट कत्युरी राजा सम्बन्धि संछिप्त जानकारी तालिका
विवरण अन्य जानकारी
कत्युरी राज्यको स्थापना  ७औ शताब्दी
संस्थापक राजा सम्राट बासुदेव
आगमन मुलस्थान अयोध्या
राज्य संचालनको दरवार रहेका अन्य स्थानहरु अयोध्या, दक्षिणभारत उज्जैन, पताली पुत्र
राजाको कुलदेवता कार्तिकेय (मोहन्याल)
राजाको गोत्र शौनक
राजाको वंश रघुवंश सूर्यवंशी रघुकुल
राजभाषा संस्कृत
बोलीचालीको भाषा पाली
युद्द नीति धर्म युद्द नीति
पहिलो राजधानी जोशीमठ
दोस्रो राजधानी    बैजनाथ रणचुलाकोट
जुम्ला, दुल्लुका राजा क्राच्ल्ल, अशोकचल्ल बाट  कत्युरी राज्यको विध्वंस भएको काल र आक्रमणमा परेका राजा बि.स १२८० को दशक रणचुलाकोटमा आक्रमणमा परेका राजा महिपति पाल
विघटित कत्युरी राजाका वंशजको बसोबास डोटी बोगटान, दार्चुला लेकम, कुमाऊ अस्कोट, खैरीगढ़-सिंगाही
कत्युरी वंशजले लेखने गरेको थर पाल, रजवार, बम, बोगटी रजवार, सिंह, शाह, मल्ल
राजाका कूलगुरु पन्त, पनेरु, जोशी, भण्डारी, बडू , पाण्डेय
कूलगुरुको गोत्र कौडिन्य, भारद्वाज, कश्यप
कुलसंग सम्बन्धित देवता तपोबन, दुर्गा भवानी,
कार्तिकेय (मोहन्याल), केदारनाथ(केदार/शिव), मलिकर्जुंन , लटिनाथ, बेताल सहित वैदिक देवता, काली, कालभैरव
यस वंशजका देवताको पुजन हुने तिथि मिति कार्तिकशुक्ल, माघशुक्ल, बैशाखशुक्ल पक्षको एकादशी द्वादशी त्रियोदाशी र चतुर्दशी
पुजन बिधि बिधान वैदिक बिधि बिधान
दक्षिण भारतबाट साथ साथै आएका थप राजपुत चन्द्रवंशी गौतम गोत्रीय चन्द र चन्द्रवंशी, कश्यप गोत्रीय देउवा 
साथ-साथैका थप जातिहरू महर, महरा,
बोहरा, कठायत, ताड़ी, धामी, भूल, ढोली, लोहार
अधिनस्त राज्यहरु :- कत्यूरी राज्यकालका सम्राट राजा ललितसुरदेव, दैशटदेव, पहटदेव, सुभिक्षराजदेव, देवपालदेवका ताम्रपत्र अनुसार खस, द्रविड, कलिंग, गौड, उड, आन्ध, चंडाल, किराँत, हुण, मेढ, मालब, कारनाटक, लासात, भोट, मेढ, अंधारक राज्य

कत्युरी वंशजको इतिहाससम्पादन

अयोध्याबाट दक्षिण भारतहुँदै उत्तराखण्ड देव भुमिमा प्रवेशगर्ने कत्युरी वंशजको प्राचीन इतिहास सम्बन्धी अनुसन्धानगर्दा र कत्युरी वंशजका राजपुतहरूको मान्यतालाई केलाउदा कत्युरी वंशजका वैदिक देबी देवता सम्बन्धी को इतिहासले कत्युरी राजा कुनिंद,शकका वंशज थिएनन् । कत्युरी वंशज दक्षिण भारत मध्य प्रदेशको उज्जैनबाट पाटलीपुत्र दरवारहुँदै कुमाउँ गढवाल आएको थियो । यो वंशज गुप्त राजा विक्रमादित्यको वंशज थियो । कत्युरीवंश गुप्तराजा तथा बिक्रमादित्य राजाको मूल एकशाखा थियो । [५] जसको स्थापना राजा वासुदेव द्वारा ७औं सताब्दीमा कुमाउ कार्तिकेयपुरमा गरिएको थियो, यस वंशजको कर्तिकेयपुरी राज्य हुँदाका बखत त्यहाँको मूल स्थान जोशीमठ थियो भने दोस्रो स्थान बैजनाथ (बैद्दनाथ) रणचुलाकोटमा थियो । कत्युरी राजाको समय (७ देखि ११/१२ औँ शताब्दीमा) यस वंशजका राजाहरु कुमाउँ भित्र टाढा – टाढा सम्म कत्युर उपत्यका (वर्तमानमा बैजनाथ) देखि नै आफ्नो नियन्त्रण राख्ने गर्थे र आफ्नो दोस्रो राजधानी बागेश्वर जिल्लामा बैजनाथमा स्थापित गरेका थिए, जुन त्यतिबेला कार्तिकेयपुरा भनेर जानिन्थ्यो र कत्युर उपत्यकाको माझमा स्थित थियो। ब्रहमदेव(ब्रह्मदेव मण्डी) (कत्युरी उपत्यकाको समतल क्षेत्रमा एक व्यापारिक केन्द्र) लाई कत्युरी राजा ब्रह्मदेवले स्थापित गरेका थिए | जुन नेपालको कञ्चनपुर जिल्लामा ब्रहमदेव मण्डीको नामबाट अहिले पनि स्थित छ। यस्को चरममा कत्युरी अधिराज्य सम्बत १२८० मा जुम्ला दुल्लुका खस चल्ल / मल्ल राजाको आक्रमण हुन् भन्दा पहिले पुर्वमा नेपाल देखि पश्चिममा काबुल, अफगानिस्तान दक्षिणमा रामेश्वर कर्नाटक सम्म फैलिएको थियो | सम्बत १२८० मा खस राजा र चन्द राजाले कत्युरी राज्य आफ्नो आफ्नो आधिन पारेका थिए । केही कालखण्ड पछि चन्द राजा(भारती चन्द, रतन चन्द)ले खस राजामाथि आक्रमणगरी कुमाऊ क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरे,यो आक्रमणमा चन्द राजा र रैका राजवंश राजाको १२ वर्षे युद्द भएको थियो । कत्युरी वंशजका शासक द्वारा गरिएको शिल्प-कला अहिले पनि जागेश्वर, बागेश्वर,बैजनाथ र द्वारहाटमा हेर्न सकिन्छ । कत्युरी राजाको एक शाखा अस्कोटको रजवार वंश सन् १२७९ मा पिथौरागढमा स्थापित भयो, जुन कत्युरी राजाहरूको एक शाखा थियो, यो शाखा अभय पाल देव द्वारा स्थापित गरिएको थियो | अभय पाल देव कत्युरी राजा ब्रह्मदेवका नाती थिए । यस वंशले यहाँ तब सम्म शासन गर्यो जब सम्म यो क्षेत्र १८१६ मा सुगौली सन्धि द्वारा ब्रिटिश राजमा गाभिएन । कत्युरी वंशको अर्को वलशाली क्षेत्र डोटी थियो । यहाँका शासकहरू डोटी बोगटानका रजवार भनेर जानिन्थ्ये । डोटी बोगटान क्षेत्र नेपालको बाइसे राज्यको एक हिस्सा हो । कार्तिकेयपुरबाट कार्तिकेय (मोहन्याल) देवतालाई डोटी बोगटानमा ल्यईएका हुन् । यस गणका ठकुरी (राजपुत), ब्राहमण(बाहुन) क्षेत्रीहरूका कुलदेवता वैदिक (हिन्दु) गणका छन् । मष्टो देवता यिनको कुलदेवता छैन । कुनै पनि नामको मष्टो देवतासंग यी सम्बन्धित भेटिदैनन । कार्तिकेयगण र मष्टोगणका देबी देवता पुज्ने तिथि, मिति, बिधि फरक - फरक छ ।[६] यो सत्यता हुँदा हुँदै पनि कत्युरी नरेश(राजवंश)को विषयमा फरक-फरक इतिहासकारहरुका फरक-फरक मत छन् । यस विषयमा केहीको मत अनुसार कत्युरी शासक मध्यकालमा उत्तराखण्ड क्षेत्रमा राजधानी स्थापनागरी राज्यगर्ने एक शक्तिशाली वंश थियो, भनिन्छ उनका पुर्वजहरु अयोध्याको बर्गुजार शासक थिए। यस कडिले कत्युरीहरूलाई सूर्यवंशी देखि जोड्छ। यद्यपि कति इतिहासकारहरू कत्युरीहरूलाई कुनिन्द शासकद्वारा जोड्छन र बर्गुजार मूलको पनि भन्छन, जसले ६ठौं देखि ११औं शताब्दी सम्ममा कुमाउँमाथि शासन गरे बद्रीदत्त पाण्डेय जस्ता कुमाऊका इतिहासकारहरूको मत अनुसार कत्युरीहरू अयोध्याबाट आएका थिए र बर्गुजारहरू रामको जेठो छोरा लवको वंशज हुन् । कत्युरीशासक आफ्ना प्रदेशलाई कुर्माञ्चल भन्ने गर्थे, कुर्माहरूको अञ्चल (भूमि), विष्णुको देश्रो अवतार कुर्म अवतार जुन नामबाट वर्तमानको क्षेत्रको नाम कुमाउँ भएको छ।

कत्युरी राजवंशको कार्तिकेयपुरदेखि डोटी बोगटानसम्मको राज्यकालसम्पादन

कत्यूरी गणकाहरूको राज्य कत्यूरदेखि डोटीसम्म वि.स.७००—१४४० को समय अवधि ७४० वर्ष र रैका राजवंश (राइका)राजासँगको पाल राजाको डोटीमा भएको युद्धको ११ वर्षको अन्तमा सम्झौता(धितधरम) अनुसार स्थापित भएको रैकाराज्य अधिनस्त डोटी बोगटान राज्यलाई समावेस गराउँदा रतन पाल वि.स.१४५२ देखि नागी वोगटी रजवार वि.स.१८५५ सम्म ४०३ वर्ष रामसिह वोगटी रजवारको समय वि.स.१८८४ लाई आधार मान्ने हो भने ४३२ वर्ष गरी जम्मा ११७२ वर्ष सञ्चालन भएको थियो ।

कत्युरी वंशजसंग सम्बन्धित निष्कर्षमा आधारित पहिचान तालिकासम्पादन

क्रस कत्यूरी वंशजका शाखा सन्तानले वर्तमानमा लेख्ने गरेको थर बर्तमानमा बसोबास भएको स्थानहरु गोत्र वंश सन्तान कुलदेवता वैवाहिक सम्बन्ध कैफियत
पाल / बम /(बम (थर)) /बोगटी रजवार डोटी जिल्लाको बोगटान क्षेत्र शौनक सूर्यवंशी रघुकुल (रघुवंशी) अयोध्यपति रामका जेष्ठपुत्र लव कार्तिकेय (मोहन्याल)/ बेताल /केदार / भैरु बेताल तथा केदार (शिव गण ) का देवी-देवताहरु चन्द /शाही/शाह/मल्ल/सिंह /देउवा /हमाल / राठौर / फरक गोत्रको बम /--- यो वंशज लाई रजवार भन्ने गरिन्छ
पाल दार्चुला जिल्लाको लेकम गर्खा (उकूं/देथला /निसिल) शौनक सूर्यवंशी रघुकुल (रघुवंशी) अयोध्यपति रामका जेष्ठपुत्र लव मल्लिकार्जुन लटबाव(लटिनाथ ) / केदार तथा केदार (शिव गण ) का देवी-देवताहरु चन्द /शाही/शाह/मल्ल/सिंह /हमाल / फरक गोत्रको बम /--- यो वंशज लाई रजवार भन्ने गरिन्छ
पाल भारतको उत्तरखंड कुमाउ अस्कोट शौनक सूर्यवंशी रघुकुल (रघुवंशी) अयोध्यपति रामका जेष्ठपुत्र लव मल्लिकार्जुन / केदार तथा केदार (शिव गण ) का देवी-देवताहरु चन्द /मल्ल/देउवा / फरक गोत्रको बम /--- यो वंशज लाई रजवार भन्ने गरिन्छ
बोगटी /बम/बम्म डोटी जिल्लाको बोगटान क्षेत्र शौनक सूर्यवंशी रघुकुल (रघुवंशी) अयोध्यपति रामका जेष्ठपुत्र लव समैजी /कैलपाल /केदार /सौडी/ बेताल तथा केदार (शिव गण ) का देवी-देवताहरु चन्द /शाही/शाह/मल्ल/सिंह /देउवा /हमाल / राठौर / फरक गोत्रको बम /--- यो वंशज लाई रजवार भन्ने गरिन्छ
मल्ल डडेल्धुराको लाम्कंडे, कोरगाउँ, गुनपालको धामीगाउँ, डोटी जोरायल , बोगटानको घाङ्गल, पण्डउन-- शौनक सूर्यवंशी ------ ------------ मोहन्याल / समैजी /कैलपाल /केदार तथा केदार (शिव गण ) का देवी-देवताहरु चन्द /शाही/शाह/सिंह /देउवा /हमाल / राठौर / फरक गोत्रको बम /--- थप सूचना संकल जारी रहेको
मल्ल / रावल डडेल्धुराको कोटकाँडे , चम्साल , गुनपाल, डोटी जोरायल,स्यालपखा लोली ---- शौनक --------- --------- समैजी /कैलपाल तथा केदार (शिव गण ) का देवी-देवताहरु ------------ थप सूचना संकल जारी रहेको
शाह भारतको गडवाल क्षेत्र --------- --------- --------- केदार (शिव गण ) का देवी-देवताहरु ----------- थप सूचना संकल जारी रहेको

डोटेली संस्कृतिहरूसम्पादन

डोटीक्षेत्रमा ऐतिहासिक डोट्याली गीत, कथा, वीरताका वीरगाथाहरु ऐतिहासिकतालाई जोगाई राख्न सांस्कृतिक निधिको रूपमा जनआधारित रहेका छन् ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. लेखक वद्रीदत्तपाण्डे, कुमाऊँका इतिहास, पृष्ठ ६५८ मा लेख्छन् “कार्तिकेय इनकी भी पूजा होती है . शिव(केदार)के पुत्र है . षडानन भी कहे जाते हैं . कत्युरी राजाओं के कुलदेवता थे . उनके नाम से कार्तिकेयपुर् बसा था . पर इनका कोई मन्दिर अव कुमाऊँ मे नही है
  2. डा. राजाराम सुवेदी ,कर्णाली प्रदेशको मध्यकालीन इतिहास पृष्ट २०७
  3. प्रा.डा. सुर्यमणि अधिकारी ,खश साम्राज्यको इतिहास, १० वटा माण्डलिक (वोटे) राजाहरु , पृष्ट ४४ प्रकाशक भुँडीपुराण प्रकाशन , २०६१ र २०७१ साल)
  4. प्रा.डा.सूर्यमणि अधिकारी, खश साम्राज्यको इतिहास पृष्ट ४४ मा यो कुरा उल्लेख गरिएको छ । खसराजा क्राचल्ल,अशोकचल्लको आक्रमण हुनु पहिले कार्तिकेयपुरी राज्यक्षेत्र विशाल थियो । केही इतिहासकारहरुका अनूसार कत्यूरीहरूले आफ्नो राज्य उत्तरमा हिमाली भूभागसम्म विस्तार गरे यिनीहरूको यो भूभाग वि.स.११०७ सम्म पश्चिम सतलजदेखि पूर्वमा गण्डकीसम्म कायम थियो । इतिहासकार फिरिस्ता, कनिघम, शेरिग, अठकिन्सनको दावी अनुसार कत्यूरीहरूको राज्य पूर्वमा सिकिमदेखि पश्चिममा काबुल र दक्षिणमा बिजनौर, दिल्ली रोहिलखण्ड सम्मको भूभागमा फैलिएको भनाई छ । कत्यूरी राज्यकालका सम्राट राजा ललितसुरदेव, दैशटदेव, पहटदेव, सुभिक्षराजदेव, देवपालदेवका ताम्रपत्रअनुसार खस, द्रविड, कलिंग, गौड, उड, आन्ध, चंडाल, किराँत, हुण, मेढ, मालब, कारनाटक, लासात, भोट, मेढ, अंधारक राज्यहरु कत्यूरी राजाका राज्य क्षेत्र भित्र पर्ने अधिनस्त राज्य थिए ।
  5. मध्यप्रदेशको इतिहास, अयोध्याको इतिहास , देवीदेवता अध्यन ।
  6. कुमाऊँका इतिहास

यो पनि हेर्नुहोस्सम्पादन

बाह्य सूत्रहरूसम्पादन