कुनै पनि देवी देवताले धर्म रक्षार्थ वा मानव कल्याणार्थ पृथ्वीमा मनुष्य अथवा पशु रूपमा अवतरित (रूप बदलेर) हुन्छन् भने त्यो रूपलाई नै त्यो देवताको अवतार भन्ने बुझिन्छ। जस्तै भगवान विष्णुले मानव कल्याण र धर्म रक्षाको लागि मत्स्य अवतार, नृसिंह अवतार, वामन अवतार आदिको रूपमा अवतार लिएका थिए। मानव कल्याण र धर्म रक्षाकोलागि भगवान् विष्णुले मात्र न भै अन्य शिवादि देवताहरूले पनि अनेकौ पशु आदि अवतार लिएको कुरा हिन्दू धर्म ग्रन्थहरूमा प्रसस्त कथाका रूपमा पाईञ्छन् ।

दशावतार अति संक्षिप्त परिचयसम्पादन

दश अवतारहरु

मत्स्य अवतारसम्पादन

भगवान विष्णुको प्रथम अवतार हो यो अवतार प्रलयकालमा सम्पूर्ण विश्व नष्ट हुने हुनाले अन्नको बिज राजा प्रियब्रतसप्तर्षिको उद्धार गर्न विष्णु भगवानले मत्स्य अवतार लिनु परेको थियो ।

कुर्म अवतारसम्पादन

भगवान विष्णुको दोस्रो अवतार हो यो अवतार भगवान विष्णुले समुद्र मन्थनको वेला देवता र दैत्य एक भै मन्दराचल पर्वतलाई मदानी बानाएको तर मन्दराचल समुद्रको गहिराईमा डुबेको देखेर दैत्य देवताको प्रार्थना अनुसार भगवान विष्णु कुर्म रूपले अवतरित भै समुद्र भित्र प्रवेश गरी मंदराचल आफ्नो पीठमा धारण गरेर समुद्र मन्थनमा सहयोग गरेका थिए ।

वराह अवतारसम्पादन

यो अवतार भगवान् विष्णुको तेस्रो अवतार हो विष्णुले बराह "बँदेल "को रूप लिएर पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने "हिरण्यक्ष" नाम गरेको राक्षसको बध गरेका थिए। जलमा डुबेको पृथ्वीलाई पूर्ववत गरी पूथ्वीको उदार गरेका थिए।

नृसिंह अवतारसम्पादन

हिन्दू धर्मको अनुसार यो अवतार भगवान विष्णु चौथो अवतार हो। दैत्यराज हिरण्यकस्येपको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त विष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।

वामन अवतारसम्पादन

हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान विष्णूले स्वर्गका राजा देवराज ईन्द्रको हराएको राज्य फर्काउनको निमित्त र दैत्यराज बलीको उदार गर्नाको निमित्त वामन अवतार लिएका थिए। भगवान वामनले राजा बली सँग तिन पाउ (तिन पाईला भरको) भुमि दान मागेर आफ्नो रूपलाई बढाएर दुवै पाईलाले स्वर्ग र मर्त्य (पृथ्वी) पूरा गरी तेस्रो पाउ राख्न जमिन मागेर दैत्यराज बलीलाई संकटमा पारेका थिए।

परशुराम अवतारसम्पादन

परशुराम हिन्दू धर्मका अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमा छैठौँ अवतार मानिएको छ। परशुरामसँग परशु (बन्चरो) भएकोले उनको नाम परशुराम भएको मानिन्छ। परशुरामका पिताको नाम ऋषि जमदग्नि र माताको नाम रेणुका थियो। परशुराम एक ऋषिपुत्र भए पनि उनमा क्षत्रीय गुणहरु थिए। परशुरामले २१ पटक पृथ्वीका क्षत्रीहरूको संहार गरेका थिए

राम अवतारसम्पादन

श्रीराम भगवान विष्णुको दश अवतार मध्य सातौ अवतार हो उनी राजा दशरथका छोरा र राजा जनकका ज्वाई थिए भने उनकी पत्नीको नाम सीता थियो तथा उनका तिन भाइहरू थिए र हनुमान उनको परम भक्त हुन उनलाई मर्यादा युक्त हुनाले मर्यादा पुरुषोत्तम पनि भनिन्छ उनले १४ वर्ष वनवास गरेर वाली रावण आदि गरिएका अनेकौ दैत्यहरूको नाश गरेका थिए ।

बलराम अवतारसम्पादन

बलराम भगवान श्रीकृष्ण दाजु तथा गोकुलका राजा नन्दयसोदाका पुत्र हुन्। उनी विष्णुको दश अवतार मध्ये एक हुन तथा उनलाई शेषावतार पनि भनिन्छ तसर्थ उनी अत्यधिक क्रोधी पनि थिए ।उनले राम अवतारमा लक्ष्मणको अवतार लिएका थिए भन्ने हिन्दू धर्मको मान्यता छ।

नोट:-

  • बुद्ध अवतारलाई उत्तर भारतमा नवौ अवतार र बलरामलाई दक्षिण भारतमा नवौ अवतार मनिएको छ

कृष्ण अवतारसम्पादन

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिएको छ । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णको बाल्यकाल नन्दबाबा एक ग्वालाको घरमा बितेकाले उनलाई गोपाल तथा नंदलाल नामले पनि जानिन्छ।श्रीकृष्णका एक दाजु बलराम थिए।श्रीकृष्णले कंश आदि गरिएका अनेकौ राक्षसको नाश गरेका थिए भने रुक्मिणी आदि गरिएका उनका धेरै पत्नीहरु थिए भन्ने कुराहरू प्रख्यात छन् । महाभारतमा उनले अर्जुनको सारथी बनी गीताको उपदेशद्वारा अर्जुनलाई युद्ध गर्न अभिप्रेरित गरेका थिए [१]

बुद्ध अवतारसम्पादन

कल्कि अवतारसम्पादन

गरिएको छ ।

कल्कि विष्णु भगवानको दशौ अवतार हो यो भविष्यमा हुने अवतार मानिन्छ । कल्कि अवतार कलियुगको अंतिम अवस्थामा हुन्छ । जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरी दिन्छ सर्वत्र लुटमार हिंसा अत्याचार बढ्छ तब यो अवतार हुने विश्वास छ त्यस समयमा अधर्मी पापीहरूको नाश संगै कलियुग समाप्त हुन्छ र सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ ।

हेर्नुहोस्सम्पादन

विष्णु भगवानले पृथ्वीको भार हर्न निम्ति लिएका विभिन्न अवतारहरूको सूचि :-

सन्दर्भ सामग्रीसम्पादन

  1. श्रीमद्भागवत दशमस्कन्ध श्रीकृष्ण चरित्र

बाह्य कडीहरूसम्पादन