केदारनाथ
केदारनाथ भारतका सहरहरू मध्येको एउटा सहर हो ।
केदारनाथ | |
---|---|
नगर | |
निर्देशाङ्क: ३०°४४′N ७९°०४′E / ३०.७३°N ७९.०७°Eनिर्देशाङ्कहरू: ३०°४४′N ७९°०४′E / ३०.७३°N ७९.०७°E | |
देश | भारत |
राज्य | उत्तराखण्ड |
जिल्ला | रुद्रप्रयाद |
क्षेत्रफल | |
• जम्मा | २.७५ किमी२ (१.०६ वर्ग माइल) |
उन्नतांश | ३,५५३ मिटर (११६५७ फिट) |
जनसङ्ख्या (2011) | |
• जम्मा | ६१२ |
• घनत्व | २२०/किमी२ (५८०/वर्ग माइल) |
भाषा | |
• आधिकारिक | हिन्दी, गढवाली |
समय क्षेत्र | युटिसी+5:30 (IST) |
Pin Code | 246445 |
सवारी दर्ता | UK-13 |
वेबसाइट | uk |
केदारनाथ परिचय [१]
सम्पादन गर्नुहोस्केदारनाथ भारत उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको एक नगरपञ्चायतमा रहेको, अति दुर्गमस्थलमा रहेका चारधाम मध्येको एक धाम हो । यिनलाई प्रसिद्ध शिवजी तथा प्रसिद्ध शिवलिङ्ग रहेको स्थान मानिन्छ । यो स्थान हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल हो । केदारनाथ रहेको यो स्थान समुन्द्रि सतहबाट ३५८४ मिटर उचाईमा रहेको छ । शिवका १२ ज्योतिलिङ्ग मध्ये यिनी एक हुन् । आदि शंकराचार्यले ८२० ई.मा यिनै केदारनाथमा देह त्याग गरेका थिए । यहाँका पञ्चकेदारनाथहरु यस प्रकार छन् ।
- १—केदारनाथ (३५८४मि.उचाईमा) मन्दाकिनी नदीको सिरानमा रहेकाछन् ।
- २—मधमेश्वर (३२८९ मि.उचाईमा) चौखम्पा पहाडको चुचुरोमा रहेकाछन् ।
- ३—तुङ्गनाथ (३८१० मि.उचाईमा) मधमेश्वर गंगा नदी र मार्कण्डे गङ्गानदीको संगम स्थल नजिक रहेका छन् ।
- ४—रुद्रनाथ (२२८६ मि.उचाईमा) हटी पर्वतमा रहेकाछन् यी शिवको अनुहार मानिन्छन् ।
- ५—कल्पनाथ (२१३४ मि.उचाईमा) यस प्रकारका पञ्चकेदारहरुमध्ये केदारनाथ प्रमुख केदार मानिन्छन् । केदारनाथका यी केदारको नजिकै पुराणअनुसार स्वर्गमा बग्ने गङ्गाको धारा मानिने कार्तिकेय (मोहन्याल) लाई केदारनाथले गाड(समुन्द्र) बगाएको मन्दाकिनीनदी रहेको छ । सत्ययूगका राजा केदारको नामबाट केदारनाथ रहन गएको हो, भन्ने मान्यता पाईन्छ । हजारौ वर्षपहिले पाण्डवहरूले यो केदारनाथको मन्दिर बनाएको मान्यता छ । यस स्थानलाई शंकराचार्यले आठौ शताब्दीमा पुर्ननिर्माण गरेका थिए । यिनै केदारनाथसंग सम्बन्धित
- डोटी बोगटानका ठूला केदार, बन्नाकेदार,
- डोटी देउवान गड्सेराका चाकाकेदार,
- डडेल्धुराका अशिग्राम केदार
- बैतडीका रौलाकेदार(रौलेश्वर केदार), ग्वालेख केदार,
- पिथौड़ागड अस्कोट्का धजकेदार सम्बन्धित छन् |
केदारनाथका केदारको दक्षिण कुनामा भैरवको दलबल स्थापना गरिएको छ । यी भैरवका दलबल केदारका गार्ड हुन् । केदारको मन्दिरको पछाडि शंकराचार्यको समाधीस्थल रहेको छ । यहाँका तीर्थ स्थलमा महत्त्वपूर्ण स्थानहरु केदारले पार्वतीसँग विवाह गर्दाको होमकुण्ड अझै देख्न सकिन्छ । यो त्रिजुगानारायणको रूपमा रहेकाछन् ।
उखिमठ
सम्पादन गर्नुहोस्हिउँदको ठण्डी समयमा माथि शिखरमा अत्यधीक चिसो हुने भएका कारण केदारनाथ तल उखिमठमा आँउछन् भन्ने मान्यता छ । केदारनाथको चिसो महिनामा बस्ने उखिमठ हो । यस उखिमठमा केदारनाथ, केदारका पूजारी र ऋषिमुनीहरु बस्ने गर्दछन् । यी केदारलाई पञ्चकेदारमध्येका प्रमुख मानिएको छ । यस मठमा केदारनाथको पूजाको व्यवस्था मिलाउने रेखदेख गर्ने शिक्षा–दिक्षा दिने भक्तजनहरु बस्ने गर्दछन् ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा रजवार ठकुरी वंशावली (२०७०)
पर्यटन स्थलहरू
सम्पादन गर्नुहोस्यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |