चैत गीत
चैत गीत नेपालको मध्य तथा सुदूर पश्चिममा प्रचलित गीत हो । सुदूर पश्चिममा गाइने चैतलाई विशेष गरेर गौरा पर्वका समयमा सार्वजनिक ठाउँमा या गौरा घरको आगनमा गाउँघरका पुरुषहरू जम्मा भइ गोलाकार घेरामा आवद्ध भएर गाउँदै घुम्दै खेल्ने गर्दछन् । धमारी तथा देउडा जस्तै गोलो घेरा बनाएर गाइने यो नृत्यमा देउडा र धमारीको जस्तै पदचाल र हस्त मुद्राको तालमेल मिल्नु पर्दछ । चैत भन्नाले कुनै पनि वीर पुरुषको चरित्र गाथा भन्ने बुझिन्छ । यसको आफ्नै नियम हुन्छ । पदचालमा गीतको कुन पंक्तिको कुन शब्दमा खुट्टा उठाउने, सार्ने या घुम्ने हो कमर कसरी बटार्ने हो । हात कुम छाती र माथिल्लो शरिरलाई कसरी लचकदार बनाउने भन्ने आफ्नै नियम हुन्छ । यसमा पदचाल सामान्य देउडाको भन्दा फरक र विशिष्ठ शैलिको हुन्छ । चैत गाउने सहभागीहरूको सिमा तोकिएको हुँदैन । आवस्यकता अनुसार सहभागीहरू बढ्न र घट्न सक्दछन् । चैत गीतमा देवी देउता भगवानको अवतार, राजामहाराजा शक्तिशाली पैकला वीर विरङ्गनाहरूको चरित्र गाथा प्रस्तुत गरिन्छ ।[१]
केही चैतहरू
सम्पादन गर्नुहोस्चैत मध्यको एक चैत पिरी बोहराको चैत हो । पिरी बोहरा तत्कालिन डोटी राज्यका सेनापति थिए । कुमाउँ राज्यले डोटी राज्य माथि युद्धको घोषणा गरेपछि तत्कालिन डोटेली राजा हरि शाही प्रथमले डोटी राज्यको नेतृत्व गर्दै दलबल सहित पिरी बोहरालाई कुमाउँको युद्धमा लड्न पठाएका थिए । पिरी बोहराले कुमाउँको युद्धमा निकै रण कौशल देखाएका थिए । तर अन्तिम चरणमा लड्दालड्दै वीरगति प्राप्त गरेका थिए । त्यो युद्धमा डोटी राज्यले एक वीर पैकला गुमाउनु पर्दा डोटीका तत्कालिन राजाले युद्धमा भए गरेको सम्पूर्ण घटनाको सार संक्षप प्रस्तुत हुने गरी चैतको रचना गर्न लाएका थिए । आज पनि सुदूर पश्चिमका जनता चाड पर्वमा विशेष गरेर गौरा पर्वको अवसरमा आफ्नो राष्ट्रिय समाज र स्वजातिय अस्तित्वकोलागि आफ्नो जीवन उत्शर्ग गर्ने वीर शहिद प्रतिको श्रदा प्रकट गर्ने उद्देस्यले यस्ता वीर गाथाहरूलाई प्रस्तुतीको रूपमा गाउने गर्दछन् । [१] पिरी बोहराको चैत गीत यस प्रकार रहेको छ :- [१]
- डोटी कुमाउँ ढुकुरी कीखेट, पीरी मल्ल चलिया रैका जुकी भेट
- पिरी मल्ल कुवार बिजय चन्द बाले तपी राम शाहीको कुमाउँ पैकलाकी रोज
- मारी हाल्यो बकरी बनाइहाल्यो भोज, डोटेली कुमाउँ पैगलाकी रोज
- कुमाउको पैगलो बिजय चन्द होइन, डोटीको पैगलो गढ पिरी बोहरा होइ
- जाओ जोलिया चेला निन्तोला जानु, निन्तोला गई पिरी बोहरालाई बोलाई कोट ल्याउनु
- सोही पिरी बोहराको घर त रायन, उच्चो महल होली पोली आगन
- बाउँ हात बरजी दाइना हात साइ, बाउलो लुलाइ बोहरा बसीजालो जाइ
- पहुँचो जोलिया चेलो निन्तोलाजाई, आजभोली बहरी बैठी सवाइ
- आजभोली बोहराकी बैठी सवाइ तुमकन बोहराकी बैठी सवाई तुमकन बोहरा ज्यु कोट बोलाई छ
- कालो त कोट थियो आज के बोलायो, तुम पर राजाकी दुनीमाया भइछ, दुनी माया जन बोल कुमाया भइछ
- पहिली त कही हाल्यो मुखै की बात, उती खोईहाल्यो ककलैकी पात
- घोडा चढी छटौ छइट घोड चढी आस, पैयाहिटी छटै छइट पैयाहिटी आस
- भात खाई छटौ छइट भात खाई आस, भोकै जवती छटौ छइट भोकै कोट आस
- ताँ भात खा बोहरा यहाँ हात चुठ, ताँ घोडा कस बोहरा यहाँ घोडा चढ ।
- ताँ बागो पहिर यहीं फेटा कस
- भाई जितारो सँग मेरो बोललेन सुनमथ बामन सुइत हेराइ देन
- ।
- बामन सुनभात विन्ती मेरी लिय पिथौरागढकी सुइत केराइदिय
- हालि हाल्यो भुलौटी हेरीहाल्यो पाती आजभोली बोहरा ज्यू सुइत लिइ न आथी
- भाइ जितारे सँग बहिनी नहुन्छ पौनी विन्तुहेराली कीत जोकोइ लगाईन आउन
- हातकी हैरौता धुलौट राखी फिरी हाल्यो धुलौटी फिरीहाल्यो
- साइत मिलाइ हाल्यो बुधवार राती
- भाई जितारो सँग मेरो बोल लेन हतियार पतियार केरो बाहिर सारी
- बोहराकी ज्युनार पाकिगया झर सातका सतिया भाइको बासिगया घर
- ता है बोहराले चलभलो किया धौनु धिपाउनु बोहराको कोट पहुँच्यो जाय
- घोडो बाँध्यो दुबी चौर आफू गयो सवाइ
- को हसो जन्म भूमी के हो तेरो नाउँ निन्तोला जन्म भूमी पिरो बोहरा नाउँ
- कैको पुत कैको तु जाय कुजरै कृष्णको पुत बोहरा काथारानी जाय
- कैको पुत बोहरा कैको तु नाती कुजरैको पुत बोहरा विष्णु नाती
- नई ढोग ढोगी बोहरा नई सेवा लाइ हाल्ला ढाई राजै सेवा आल्ला राई
पिरी बोहराको मृत्यु पश्चात वियोगात्मक दुस्को गायन :-
- लोही रगत भिजिरहेछ पिरी बोहराको गौतैको बागो पिरी बोहराको
- पहरिल लैया पिरी बोहराको माथाकी शाही पिरी बोहराको
- पहरिल लैया पिरी बोहराको पुनको छोरो पिरी बोहराको
- पहरिल लैया पिरी बोहराको छ कसे बालो पिरी बोहराको
- पहरिल लैया पिरी बोहराको ढाल तरवार पिरी बोहराको
- पहरिल लैया पिरी बोहराको खुँडा खुकुरी पिरी बोहराको
- पहरिल लैया पिरी बोहराको खाँडो कटान पैरी बोहराको
- पहरिल लैया पिरी बोहराको बाउलीको बाउँडा पिरी बोहराको
- पहरिल लैया पिरी बोहराको घुम्रेली जुल्फी पिरी बोहराको ।