डेकेन्द्र थापा नेपालका युवा पत्रकार थिए। दैलेख जिल्ला कार्यक्षेत्र बनाएका यिनलाई द्वन्द्वकालमा माओवादीले अपहरण गरी हत्या गरेको थियो। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते द्वारी-१ स्थित नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो। [] ०६१मा माओवादीद्वारा अपहरित डेकेन्द्र चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिएका थिए []। गाउँले, पत्रकार महासङ्घ, मानवअधिकारवादी संघसंस्थाको पहल चार वर्षपछि डेकेन्द्रको अस्थिपञ्जर भेटियो- दैलेखको द्वारी गाउँमा। भीरको खोंचमा गाडिएको अवस्थामा मानव अधिकारकर्मी र सुरक्षाकर्मीले खाल्डो खनेर एकएक अस्थिपञ्जर सङ्कलन गरेका थिए[]। थापाको हत्या भएको ८ वर्ष पछि प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा एकीकृत नेकपा माओवादी तथा नेकपा-माओवादीका जिल्ला स्तरीय नेता/कार्यकता थिए[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ http://nagariknews.com/society/nation/51563-2013-01-05-11-19-07.html
  2. २.० २.१ http://www.ekantipur.com/nep/2069/6/23/full-story/355869.html वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-२२ मिति