प्रकाशचन्द्र लोहनी
डा. प्रकाशचन्द्र लोहनी नेपालका राजनीतिज्ञ र अर्थशास्त्री हुन्। पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय डा. लोहनी संविधान सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन्। यिनले अन्य मन्त्रलायका साथै अर्थमन्त्री, संसदीय समितिका प्रमुख लगायत धेरै जिम्मेवारीहरू बहन गरेका छन्।[१]
प्रकाशचन्द्र लोहनी | |
---|---|
![]() हिमालय टेलिभिजनको एक कार्यक्रममा प्रकाशचन्द्र लोहनी | |
राष्ट्रियता | नेपाली |
पेशा | राजनीति |
चिनारीको कारण | वरिष्ठ नेता राप्रपा |
धर्म | हिन्दू |
डा. लोहनीले संयुक्त राज्य अमेरिकामा फुलब्राइट कार्यक्रम अन्तर्गत इन्डियाना युनीभर्सिटीबाट एम.बि.ए. र यु.सी.एल.ए.(University of California Los Angeles, UCLA)बाट विद्याबारिधि गरेका थिए. त्यसपछि यिनले क्यालिफोर्निया स्टेट युनीभर्सिटी, नोर्थ रिज, क्यालिफोर्नियामा अध्यापन गरे र अन्तमा नेपाल फर्केर राजनीति गर्न थाले.[२]