मंगलसेन दरबार अछाम जिल्लाको पर्यटकीय स्थल तथा ऐतिहासिक धरोहर हो । माओवादीले २०५८ फागुन ४ गतेको राति ११ बजेतिर अछाम सदसरमुकाम मंगलसेनमा भीषण आक्रमण गरेपछी यो दरबार ध्वस्त भयो ।

मंगलसेन दरबार
सामान्य विवरण
वास्तुकलाको ढाँचानेपाली
सहरमंगलसेन
राष्ट्रनेपाल
निर्माणकार्यको थालनी१८००
सम्पन्न१९३५
भत्काइएको२०५८ फागुन ४
लागतUnknown
ग्राहकअछामी राजा दलबहादुर शाह
प्राविधिक विवरण
बनावट-

इतिहास सम्पादन गर्नुहोस्

मंगलसेन दरबार तत्कालीन अछामी राजा दलबहादुर शाहको पालामा १९३५ मा निर्माण भएको थियो । झन्डै डेढ सय वर्षअघि उनका पिता राजा टीकाभुक शाहको पालामा यसको निर्माण सुरु भएको थियो । यो दरबारलाई २०२९ सालमा अछामी राजाका सन्तानबाट सरकारले किनेको थियो । परम्परागत शैलीमा निर्माण गरिएको उक्त तीनतले दरबारमा ३० कोठा थिए । तत्कालीन समय जिल्ला प्रशासन कार्यालय रहेको मंगलसेन दरबारलाई अछामको पुरानो ऐतिहासिक सम्पदाका रूपमा लिइन्छ ।[१][२]

पुनर्निर्माण सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. डेढ दशकसम्म दरबार पुनःनिर्माण भएन
  2. दरबार ढल्यो, गीत हरायो