संयुक्त जनमोर्चा

संयुक्त जनमोर्चा नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष रमेशकुमार घिमिरे हुन् । संयुक्त जनमोर्चाको केन्द्रीय कार्यालय काठमाडौंको कोटेश्वरमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह भरिया थियो।[१] संयुक्त जनमोर्चाले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १४७ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,२२५ मत प्राप्त गरेको थियो ।[२]


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०