रामबहादुर थापा "बादल" (जन्म:२०१२ जेठ ८) एक, नेपाली साम्यवादी राजनीतिज्ञ र नेपालका भूतपूर्व गृहमन्त्री हुन्।[१] उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालयका सदस्य हुन्। नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा अघि उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव थिए। उनी २०७४ मा वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए।[३][४][५] सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि उनले माओवादी छोडेर एमाले प्रवेश गरेपछि उनी राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका थिए। २०७८ जेठ ६ मा भएको उपनिर्वाचनमा उनी एमालेको उम्मेदवार भएका थिए। तर विपक्षी गठबन्धनको उमेदवार डा. खिमलाल देवकोटा संग पराजित भए। डा. किमलाल देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षको समर्थन थियो।

रामबहादुर थापा "बादल"
गृहमन्त्री
कार्यकाल
२०७४ फागुन १४[१] – २०७८ जेठ ६[२]
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पूर्वाधिकारीशेरबहादुर देउवा
वाग्मतीबाट राष्ट्रिय सभाका सदस्य
रक्षा मन्त्रालय
कार्यकाल
२०६५ भदौ २ – २०६६ जेठ ११
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीप्रचण्ड
व्यक्तिगत विवरण
जन्म२०१२ जेठ ८
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) (२०७२-२०७४)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (२०७४-२०७७)
नेकपा (एमाले) २०७७ फागुन देखि

प्रारम्भिक र व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

उनको जन्म २०१२ वैशाख १९ गते गुल्मीको बडागाउँ भन्ने ठाउँमा भएको थियो।[६] उनी कर्णबहादुर थापा र नन्दकुमारी थापाको जेठो छोरा हुन्।[७] थपाले चितवनको रामपुर स्थित कृषि तथा वन विश्वविद्यालयबाट कृषिमा स्नातक हासिल गरेका थिए।[८] उनका बुबा भारतीय सेनाको अवकाशप्राप्त कर्णेल हुन्। स्नातक पश्चात् उनी इन्जिनियरिङ पढ्नका लागि तात्कालिक सोभियत सङ्घ गएका थापा पछि अध्ययन पुरा नगरिकन नेपाल फर्किएका थिए। उनको विवाह २०४० सालमा नैनकला थापासँग भएको थियो।[९] उनीहरूका एक छोरा र एक छोरी छन्। वि.सं २०१३ मा, तात्कालिक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग उनको भेट सोही विश्वविद्यालयमा भएको थियो र उनीहरू बीच सहकार्य बढ्न थालेको थियो।[१०]

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

प्रवेशिका तह सम्मको अध्ययन पुरा गरेर छात्रवृत्तिमा चितवनको रामपुर स्थित विश्वविद्यालयमा अध्ययनका लागि आएका उनको प्रचण्डसँग भेट भएको थियो। [११]उनी प्रचण्डसँगको सहकार्यमा राजनीतिमा प्रवेश गरेका थिए। प्रारम्भिक चरणमा, उनीहरूले अमिक शेरचनबाट कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण गरेका थिए।[१२] बीचमै पढाई छाडेर सोभियत सङ्घबाट फर्किए पछि, उनी भूमिगत राजनीतिमा लागेका थिए। २०३७ साल देखि राजनीति प्रवेश गरेका उनले २०६३ साल सम्म भूमिगत राजनीतिक जीवन व्यतीत गरेका थिए।[८] वि.सं २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिस्कारमा लागेका बादल पक्राउ परेका थिए र उनले भरतपुर र वीरगञ्जको कारागारमा क्रमशः ९ र १० महिना बसेपछि रिहा भएका थिए। त्यसपछि उनी टुक्रिएको दल नेकपा (मशाल)मा आवद्ध भएका थिए र ४२ सालमा उनी ०४२ सालमा यसको केन्द्रीय सदस्य बनेका थिए।[६] केन्द्रीय सदस्य बनेसँगै उनले राप्ती अञ्चलको जिम्मेवारी प्राप्त गरेका थिए र ४४ सालमा उनी वाग्मती अञ्चलको इन्चार्ज बनेका थिए। त्यसको दश वर्ष पछि तात्कालिक माओवादीले सुरु गरेको जनयुद्धमा, उनी संलग्न भएका थिए।[८]

जनयुद्धमा होमिएका उनी यसको तयारीमा उनी रोल्पा गएका थिए र जनयुद्धको थालनी नेतृत्व समेत ग्रहण गरेका थिए। लामो समय रोल्पा बसेर सशस्त्र युद्ध चलाएका उनले जनयुद्धमा फौजी योजना बनाइ प्रहरी चौकी, सैनिक ब्यारेक तथा जिल्ला सदरमुकाम आक्रमण प्रमुख योजनाकारको रूपमा सेवा गरेका थिए। दश वर्षभन्दा लामो नेपाली गृहयुद्लाई अन्त्य गरेको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीले वि.सं. २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो।[१३] माओवादी शान्ति प्रक्रियामा आएपछि, भएको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा उनी रक्षामन्त्री बनेका थिए। नेकपा माओवादीको विघटन पश्चात्, उनी मोहन वैद्य पक्षमा आवद्ध भएका थिए र पछि, त्यस समूहका महासचिव बनेका थिए।[१४] वैद्य समूहबाट केही सहयोगीहरू लिएर फेरि प्रचण्डको नेतृत्वको माओवादी केन्द्रमा फर्किएका थिए। उनी २०७४ मा वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए। उनी २०७४ को निर्वाचन ३ हजार ३ सय ९६ मत ल्याउँदै राष्ट्रियसभाको सदस्यको रूपमा विजयी भएका थिए।[१५] उनी २०७४ फाल्गुन १४ गते नेपालको गृहमन्त्रीमा नियुक्त भएका थिए।[१६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "राम बहादुर थापा 'बादल'"गृह मन्त्रालय ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  2. महरा, जयसिंह (जेष्ठ ६, २०७८), "सात गैर सांसद मन्त्रीको नियुक्ति बदर", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-०५-२० 
  3. "बादल ३ हजार ३ सय ९६ मतका साथ विजयी"एबिसी नेपाल ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  4. "राम बहादुर थापा 'बादल' राष्ट्रिय सभामा निर्वाचित"नयाँ पेज ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  5. "राम बहादुर थापा 'बादल' राष्ट्रिय सभामा निर्वाचित"अस नेपाल ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  6. ६.० ६.१ "को हुन् गृहमन्त्री 'बादल': कसरी ठहरिए ओली सरकारको सफल मन्न्री?"नेपाल टक ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  7. रविन राई। "गोरखा सैनिकका छोरा गृहमन्त्री"नयाँ पेज ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  8. ८.० ८.१ ८.२ "गृहमन्त्री बनेका रामबहादुर थापा 'बादल' को हुन् ?"देशको न्युज ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  9. "को हुन् गृहमन्न्री राम बहादुर थापा 'बादल'? जिवनी सहित"सौराह अनलाइन ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  10. "गृहमन्त्री बनेका बादल हुन् चाहिँ को ?"रातोपाटी ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  11. "प्रचण्ड–बादल सम्बन्ध : निर्णायक संघर्षमा सधैँ धोका !"बाह्रखरि ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  12. रमेश लम्साल। "बादल : मिथकीय पात्रदेखि रक्षा–गृहमन्त्रीसम्म"खरिबोट ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  13. "अनुसूची ४ – नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता"नेपाल कानुन आयोग ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  14. "वैद्य नेतृत्वको माओवादी फूट्यो"थाह सञ्चार ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  15. "माओवादी नेता रामबहादुर थापा 'बादल' विजयी"लोकपथ ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  16. "नवनियुक्त गृहमन्त्री रामबहादुर थापा (बादल) मन्त्रालयमा पदवहाली ग्रहण गर्दै"डाँडापारी सन्देश ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१