पञ्जाब, भारत
पञ्जाब अथवा पञ्जाब (/[invalid input: 'icon']pʌnˈdʒɑːb/ ( )) (पञ्जाबी: ਪੰਜਾਬ) भारतको एक राज्य हो । यो राज्य वृह्द पञ्जाब क्षेत्रको एक भाग हो । यसको अर्को भाग पाकिस्तानमा छ । पञ्जाब क्षेत्रका अन्य भाग भारतको हरियाणा र हिमाचल प्रदेश राज्यमा पर्दछन् । यस राज्यको पश्चिममा पञ्जाब (पाकिस्तान), उत्तरमा जम्मू कश्मीर, उत्तर-पूर्वमा हिमाचल प्रदेश, दक्षिण तथा दक्षिण-पूर्वमा हरियाणा, दक्षिण-पूर्वमा केन्द्र शासित प्रदेश चण्डीगढ र दक्षिण-पश्चिममा राजस्थान राज्य पर्दछ । यस राज्यको कुल जनसङ्ख्या २,४२,८९,२९६ छ भने कुल क्षेत्रफल ५०,३६२ वर्ग किलोमीटर रहेको छ । केन्द्र शासित प्रदेश चण्डीगढ पञ्जाबको राजधानी हो । चण्डिगढ हरियाणा राज्यको पनि राजधानी हो । पञ्जाबका प्रमुख शहरहरूमा अमृतसर, लुधियाना, जालन्धर, पटियाला र बठिन्डा पर्दछन् ।
पञ्जाब
ਪੰਜਾਬ | |
---|---|
![]() पञ्जाबको नक्सा | |
उपनाम(हरू): पाँच नदीहरूको भूमी | |
![]() भारत को नक्सामा पञ्जाबको अवस्थिती | |
Clockwise from top: Harmandir Sahib, Quila Mubarak, Gandhi Bhavan, Wagah Border, Jallianwala Bagh Memorial | |
राष्ट्र | ![]() |
स्थापना | १९६६-११-०१ |
राजधानी | चण्डिगढ |
ठुलो सहर | लुधियाना |
जिल्ला | २२ |
सरकार | |
• राज्यपाल | Shivraj Patil[१] |
• मुख्यमन्त्री | Parkash Singh Badal (SAD) |
• व्यवस्थापिका | एक सदनात्मक (११७ seats) |
• संसदीय निर्वाचन क्षेत्र | १३ |
• उच्च अदालत | पञ्जाब तथा हरियाणा उच्च अदालत |
क्षेत्रफल | |
• जम्मा | ५०,३६२ किमी२ (१९,४४५ वर्ग माइल) |
क्षेत्रफल क्रम | 19th |
जनसङ्ख्या (2011)[२] | |
• जम्मा | २७,७०४,२३६ |
• घनत्व | ५५०/किमी२ (१,४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+05:30 (IST) |
आइएसओ ३१६६ सङ्केत | IN-PB |
HDI | ![]() |
HDI rank | 9th (2005) |
साक्षरता | ७६.६८% |
सरकारी भाषा | पञ्जाबी, हिन्दी |
वेबसाइट | punjab.gov.in |
सन् १९४७ मा भारतको विभाजन पछि तत्कालिन बृह्द पञ्जाबलाई विभाजन गरेर आधा पञ्जाब भारतमा र आधा पाकिस्तानमा राखिएको थियो । सन् १९६६ मा भारतीय पञ्जाबको पनि विभाजन भयो । यसमा पञ्जाबलाई विभाजन गरेर हरियाणा, हिमाचल प्रदेश र पञ्जाब गरेर तिन राज्य बनाइए । यो भारतको एकमात्र राज्य हो जहाँ सिख धर्मावलम्बीहरूको बहुमत छ ।
युनानीहरू पञ्जाबलाई पैंटापोटाम्या नामले जान्दथे । पैंटापोटाम्यो अर्थ पाँचवटा सहायक नदीहरू मिलेर बनेको नदी समूह भन्ने हो । पारसीहरूको पवित्र ग्रन्थ अवैस्टामा पञ्जाब क्षेत्रलाई पुरातन हप्ता हेंदू या सप्त-सिंधु (सात नदीहरूको धरती) सँग जोडिएको छ । बर्तानवीहरू यसलाई "हाम्रो प्रशिया" भनेर बोलाउने गर्थे । ऐतिहासिक तौरमा पञ्जाब युनानि, मध्य एसियाई, अफगानी र ईरानीहरूको लागि भारतीय उपमहाद्वीपको प्रवेश-द्वार रहेको छ ।
कृषि पञ्जाबको सबै भन्दा ठुलो उद्योग हो; यो भारतको सबै भन्दा ठुलो गहूँ उत्पादक क्षेत्र हो । यहाँका प्रमुख उद्योगहरूमा वैज्ञानिक साज, कृषि, खेल र बिजली सम्बन्धित सामान, सिलाई मशीन, मशीन यन्त्रहरू, स्टार्च, साइकल, मल आदिको निर्माण, वित्तीय रोजगार, सैर-सपाटा र देवदारको तेल तथा चिनी उत्पादन पर्दछन् । पञ्जाबको गोबिन्दगढमा भारतकै सबै भन्दा बढी स्टिल को मील अथवा कारखानाहरू छन् ।
नामोत्पत्तिसम्पादन
'पञ्जाब' शब्द, फारसी शब्द 'पंज' (پنج) पाँच र 'आब' (آب) पानीका मेलबाट बनेको छ । यसको शाब्दिक अर्थ 'पाँच नदीहरूको क्षेत्र' हो । यि पाँच नदीहरू हुन्: सतलुज, व्यास, रावी, चिनाब र झेलम। धार्मिक आधारमा सन् १९४७ मा भएको भारत विभाजनका दौरान चिनाब ल झेलम नदीहरू पाकिस्तान को पञ्जाब राज्यमा पर्न गए ।
इतिहाससम्पादन
प्राचीन पञ्जाब कुनै बेलामा विस्तृत भारत-ईरानी क्षेत्रको एक भाग थियो । पछिल्ला वर्षहरूमा यहाँ मौर्य, बैक्ट्रियन, यूनानी, शक, कुषाण, गुप्त जस्ता अनेक शक्तिहरूको उत्थान र पतन भयो । मध्यकालमा पञ्जाब मुसलमानहरूको अधीनमा रहयो । सब भन्दा पहिले गजनवी, गौरी, गुलाम वंश, खिलजी वंश, तुगलक, लोधी र मुगल वंशहरूको पञ्जाबमा अधिकार रहयो । पन्ध्रौँ र सोह्रौँ शताब्दीमा पञ्जाबको इतिहासले नयाँ मोड लियो । गुरु नानक देव का शिक्षाले गर्दा यहाँ भक्ति आन्दोलन मच्चियो । सिख पन्थहरूले एक धार्मिक तथा सामाजिक आन्दोलनलाई जन्म दिए, आन्दोलनको मुख्य उद्देश्य धर्म र समाजमा फैलिएका कुरीतिहरूलाई हटाउनु थियो । दशौँ गुरु गोबिन्द सिंहले सिखहरूलाई खालसा पन्थका रूपमा संगठित गरे तथा एकजुट गरे । उनले देशभक्ति, धर्मनिरपेक्षता र मानवीय मूल्यमा आधारित पञ्जाबी राज्यको स्थापना गरे । एक फारसी लेखको शब्दहरूमा महाराजा रणजीत सिंहले पञ्जाबलाई सिख साम्राज्यमा बदली दिए । उनको देहावसान पछि भित्री मतभेद र अंग्रेजहरूक चालका कारण पूरा साम्राज्य छिन्न-भिन्न भयो । अंग्रेज र सिखहरू बीच दुईवटा निष्फल युद्धहरू पश्चात सन् १९४९ मा पञ्जाब बेलायती शासनको अधीनमा भयो ।
स्वतन्त्रता आन्दोलनमा गान्धी जीको आगमन भन्दा पहिले नै पञ्जाबमा बेलायती शासनका विरुद्व संघर्ष शुरु भइ सकेको थियो । अंग्रेजहरूका विरुद्व यो संघर्ष सुधारवादी आन्दोलनको रूपमा प्रकट भइरहेको थियो । सबै भन्दा पहिले आत्म अनुशासन र स्वशासनमा विश्वास गर्ने नामधारी सम्प्रदायले संघर्षको बिगुल फुके । त्यसपछी लाला लाजपत रायले स्वतन्त्रता संग्राममा अग्रणी भूमिका निभाए । चाहे देशमा होस् या विदेशमा, पञ्जाब स्वतन्त्रता संग्रामको हर मोर्चामा अगाडि रहयो । देशको स्वतन्त्रता पछि पञ्जाबलाई विभाजनको सामना गर्नु पर्यो जसले गर्दा ठुलो संख्यामा रक्तपात तथा विस्थापन भयो । विस्थापितहरूलाई पुनर्वासका साथै राज्यलाई नयाँ ढङ्गले संगठित गर्नु पर्ने चुनौती थियो ।
पूर्वी पञ्जाबका आठ रियासतहरूलाई मिलाएर नयाँ राज्य 'पेप्सू' तथा पूर्वी पञ्जाब राज्य "सघ-पटियाला" निर्माण गरिए । पटियालालाई यसको राजधानी बनाइयो । सन् १९५६ मा पेप्सूलाई पञ्जाबमा मिलाइयो । पछि गएल पञ्जाबी सूबा आन्दोलनका कारण १९६६ मा पञ्जाबबाट केही हिस्सा निकालेर हरियाणा बनाइयो ।
पञ्जाब भारतको उत्तर-पश्चिमी भागमा स्थित छ । यसको पश्चिममा पाकिस्तान, उत्तरमा जम्मू कश्मीर, उत्तर-पूर्वमा हिमाचल प्रदेश र दक्षिणमा हरियाणा तथा राजस्थान राज्यहरू पर्दछन् ।
जनसङ्यासम्पादन
धर्मसम्पादन
धर्म | धर्मानुसार मान्छेहरूको सङ्ख्या | जम्मा % |
---|---|---|
जम्मा जनसङ्ख्या | २,४३,५८,९९९[३] | १००% |
सिख | १,४५,९२,३८७ | ५९.९१% |
हिन्दू | ८९,९७,९४२ | ३६.९४% |
मुस्लिम | ३,८२,०४५ | १.५७ % |
ईसाई | २,९२,८०० | १.२० % |
बौद्ध | ४१,४८७ | ०.१७ % |
जैन | ३९,२७६ | ०.१६ % |
अन्य | ८,५९४ | ०.०४ % |
सिख धर्म पञ्जाबको मुख्य धर्म हो । यस राज्यमा लगभग ६० प्रतिशत नागरिक सिख धर्मको अनुयायी छन् । पञ्जाब भारतको ती छ राज्यहरूमा एक हो जहाँ हिन्दुहरूको बहुमत छैन । सिखहरूको प्रमुख धार्मिक स्थल, हरिमन्दिर साहिब, पञ्जाबको अमृतसर शहरमा छ, यो सिखहरूको पवित्र नगर मानिन्छ । अमृतसर जैन धर्म को अनुयायीहरूका लागि पनि विशेष महत्त्वपूर्ण स्थान हो ।
भाषासम्पादन
अन्तरराष्ट्रीय सीमाको दुवै तर्फका पञ्जाबहरूको भाषा पञ्जाबी हो, तर लिपि भिन्न छ । भारतीय पञ्जाबमा गुरुमुखी लिपीको प्रयोग हुन्छ भने पाकिस्तानी पञ्जाबमा शाहमुखी लिपिको प्रयोग हुन्छ । भारतीय पञ्जाबको लगभग २५ % जनता हिन्दी बोल्छन्, विशेष रुपमा हरियाणा र राजस्थानसँग गाँसिएका भुभागहरूमा हिन्दीको प्रयोग भएको पाइन्छ । हिन्दी लगभग पूरा जनसङ्ख्याले बुझ्दछन् । शहरमा बस्नेहरू त धाराप्रवाह हिन्दी बोल्न पनि सक्दछन् ।
जिल्लाहरूसम्पादन
पञ्जाब राज्यमा २२ वटा जिल्लाहरू छन् । यि जिल्ला हुन्:
- अमृतसर जिल्ला
- बरनाला जिल्ला
- भटिण्डा जिल्ला
- फिरोजपुर जिल्ला
- फाजिल्का जिल्ला
- फतेहगढ साहिब जिल्ला
- फरीदकोट जिल्ला
- गुरदासपुर जिल्ला
- होशियारपुर जिल्ला
- जालन्धर जिल्ला
- कपूरथला जिल्ला
- पठानकोट जिल्ला
- लुधियाना जिल्ला
- मानसा जिल्ला
- मोगा जिल्ला
- मोहाली जिल्ला
- मुक्तसर जिल्ला
- पटियाला जिल्ला
- रूपनगर जिल्ला
- संगरूर जिल्ला
- शहीद भगतसिंहनगर जिल्ला
- तरन तारन साहिब जिल्ला
अर्थव्यवस्थासम्पादन
पञ्जाबको सन् २००४ को अनुमानित कुल सकल घरेलू उत्पाद २७ अरब डलर छ । यो एक विकसित राज्य हो।
कृषिसम्पादन
पञ्जाब एक कृषि प्रधान राज्य हो । यहाँ गहूँको सबै भन्दा बढी खती गरिन्छ । अन्य मुख्य बालीहरूमा चामल, कपास, उखु, बाजुरो, मकै, चना तथा फल शामिल छन् । प्रमुख उद्योगहरूमा कपडा र पिठो शामिल छन् । सडक, रेल र जल यातायात मार्गहरूको पूरा क्षेत्रमा जाल फिंजिएको छ ।
पञ्जाब (पाँच नदीहरूको क्षेत्र) पृथ्वीको सर्वाधिक उपजाउ क्षेत्र रहेको छ । यो गहूँ उत्पादनको लागि आदर्श क्षेत्र हो । चामल, उखू, तरकारी एवं फलहरू पनि यहाँ राम्रै उत्पादन हुन्छ । भारतीय पञ्जाबलाई भारतको "अन्न-भण्डार" भनिन्छ । यहाँ भारतको कुल गहूँ उत्पादनको ६०% र चामलको ४०% उत्पादन हुन्छ । विश्वको परिदृश्यमा यि बालिहरूको विश्वको कुल उत्पादनको १/३० औँ अथवा ३% को योगदान गर्दछ ।
भारतीय पञ्जाबको आधारभूत ढाँचा पूरा भारतमा सर्वाधिक बेहतरमा एक छ । यहाँका बासिन्दा औसतको आधारमा भारतका सर्वाधिक धनीहरू छन् ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Narayanan appointed as WB Governor, Patil gets Punjab, Hindustan Times, January 16, 2010
- ↑ Census of India, 2011. Census Data Online, Population.
- ↑ भारतको जनगणना, २००१