लाला लाजपत राय
लाला लाजपत राय ( पंजाबी: ਲਾਲਾ ਲਾਜਪਤ ਰਾਏ, जन्म: २८ जनवरी १८६५ - मृत्यु: १७ नोभेम्बर १९२८) भारत को जैन धर्म को अग्रवंश मा जन्मिएका एक प्रमुख स्वतन्त्रता सेनानी थिए। यिनलाई पञ्जाब केसरी पनि भनिन्छ। यिनले पञ्जाब नैशनल बैङ्क र लक्ष्मी बीमा कम्पनी को स्थापना पनि गरेका थिए। यिनी भारतीय राष्ट्रीय कांग्रेस मा गरम दल को तीन प्रमुख नेताहरु लाल-बाल-पाल मध्ये एक थिए। सन् १९२८ मा यिनले साइमन कमीशन को विरुद्ध एक प्रदर्शन मा हिस्सा लिए, जिसको दौरान भएको लाठी-चार्ज मा यिनी नराम्रो सँग घायल भए र अन्ततः १७ नोभेम्बर सन् १९२८ मा यिनको महान आत्मा ले पार्थिव देह त्याग गर्यो।
लाला लाजपत राय | |
---|---|
![]() | |
जन्म | २८ नोभेम्बर १८६५ दुधिके, पञ्जाब , अविभाजित भारत (अहिले भारत मा छ) |
मृत्यु | १७ नोभेम्बर १९२८ (उम्र ६३) लाहौर, अविभाजित भारत (अहिले पाकिस्तान मा छ) |
संस्थान | भारतीय राष्ट्रीय कांग्रेस, आर्य समाज, हिन्दू महासभा |
राजनीतिक कृयाकलाप | भारतीय स्वतन्त्रता आन्दोलन |
धर्म | जैन धर्म |
जीवन वृत्तसम्पादन
लाला लाजपत राय को जन्म पञ्जाब को मोगा जिल्ला मा एक अग्रवाल परिवार मा भएको थियो। यिनले केही समय हरियाणा को रोहतक र हिसार सहरहरु मा वकालत गरे। यिनी भारतीय राष्ट्रीय कांग्रेस को गरम दल को प्रमुख नेता थिए। बाल गङ्गाधर तिलक र बिपिन चन्द्र पाल को साथ यस त्रिमूर्ति लाई लाल-बाल-पाल को नामबाट जाना जानिन्थ्यो । यिनै तीन नेताहरूले सबभन्दा पहले भारत मा पूर्ण स्वतन्त्रता की माँग गरेका थिए पछि समूचा देश यिनीहरूको साथ लागो । यिनले स्वामी दयानन्द सरस्वती सँग मिलेर आर्य समाज लाई पञ्जाब मा लोकप्रिय बनाए। लाला हंसराज एवं कल्याण चन्द्र दीक्षित को साथ दयानन्द एंग्लो वैदिक विद्यालयों को प्रसार गरे, मानिसहरूले यिनीहरूलाई आजकल डीएवी स्कूल्स वा कालेज को नामबाट चिन्दछ्न। लालाजी ले विभिन्न स्थानहरु मा अनिकाल मा शिविर लगाएर मानिसहरु को सेवा पनि गरेका थिए। ३० अक्टूबर १९२८ मा यिनले लाहौर मा साइमन कमीशन को विरुद्ध आयोजित एक विशाल प्रदर्शन मा हिस्सा लिए, जस को दौरान भएको लाठी-चार्ज मा यिनी नराम्रो सँग घायल भए । त्यस समय यिनले भनेका थिए: "मेरो शरीर मा परेको एक-एक लाठी ब्रिटिश सरकार को कफिन मा एक-एक किला को काम गर्नेछ ।" र त्यही भयो पनि; लालाजी को बलिदान को २० वर्ष को भित्र नै बेलायती साम्राज्य को सूर्य अस्त भयो। १७ नोभेम्बर १९२८ मा यिनै चोटहरूको कारणबाट यिनको देहान्त भयो।
- लालाजी को मृत्यु को बदला
लाला जी को मृत्युबाट सारा देश उत्तेजित उठ्यो र चंद्रशेखर आज़ाद, भगत सिंह, राजगुरु, सुखदेव र अन्य क्रान्तिकारीहरूले लालाजी माथी ज्यान लिने लाठीचार्ज को बदला लिने निर्णय गरे । यी देशभक्त हरूले आफ्नो प्रिय नेता को हत्या को ठीक एक महीना पछि आफ्नो प्रतिज्ञा पूरा गरे र १७ डिसेम्बर १९२८ मा बेलायती प्रहरी को अधिकारी सांडर्स को गोलीले उडाईदिए । लालाजी को मृत्यु को बदला सांडर्स को हत्या को मामिलामा नै राजगुरु, सुखदेव र भगतसिंह लाई फाँसी को सजाय सुनाईयो ।
हिन्दी सेवासम्पादन
लालाजी ले हिन्दी मा शिवाजी, श्रीकृष्ण र धेरै महापुरुषहरूको को जीवनी लेखे । उनले देश मा र विशेषतः पञ्जाब मा हिन्दी को प्रचार-प्रसार मा धेरै सहयोग दिए । देश मा हिन्दी लागु गर्नको लागि उनले हस्ताक्षर अभियान चलाएका थिए ।
रचनाहरुसम्पादन
- Young India
- England's Debt to India
- The Political Future of India
- Unhappy India
- The Story of My Life (आत्मकथा)
अनमोल वचनसम्पादन
- अतीत लाई हेरी रहनु व्यर्थ हो, जबसम्म त्यस अतीत माथी गर्व गर्न योग्य भविष्य को निर्णाण को लागि कार्य गरिदैन।
- नेता त्यो वह हो जसको नेतृत्व प्रभावशाली हुन्छ, जो आफ्नो अनुयायीहरु देखी सदैव आगे रहन्छ, जो साहसी र निर्भीक हुन्छ।
- पुरा निष्ठा र ईमानदारी को साथ शान्तीपूर्ण साधनहरूबाट उद्देश्य पूरा गर्ने प्रयास लाई नै अहिंसा भनिन्छ।
- पराजय र असफलता कहिले काही विजय को तर्फ जरूरी कदम हुदछ।
यसलाई पनि हेर्नु होससम्पादन
बाह्य कडीसम्पादन
ढाँचा:भारतीय स्वतन्त्रता सङ्ग्राम
यो जीवनचरित लेख आफ्नो प्रारम्भिक अवस्था मा छ, अर्थात एक आधार हो। तपाईं यसलाई बढाएर विकिपिडिया को सहायता गर्न सक्नुहुन्छ।