सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति

(एलजिबिटी बाट पठाईएको)

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति भन्नाले यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र/वा यौन विशेषताका आधारमा सामाजिक सिमान्तिकरणमा परेका व्यक्तिहरू हुन् । यौन अभिमुखिकरणमा विपरीत लैङ्गिकता तर्फ हुने आकर्षण बाहेकका विविधताहरू, लैङ्गिक पहिचानमा जन्मँदा यौनाङ्गको आधारमा इङ्गित गरिएको लैङ्गिकतासँग मेल खाने लैङ्गिक पहिचान बाहेकका विविधताहरू र यौन विशेषतामा अन्तरलिङ्गी विविधताका व्यक्तिहरूलाई यो छाता शब्दले जनाइन्छ । [१]

नामाङ्कनसम्पादन

क्वयेरसम्पादन

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई क्वयेर व्यक्ति (Queer person) पनि भनिन्छ । अङ्ग्रेजी भाषामा पहिले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई अवहेलना गरिने शब्द सन् १९८० पश्चात् ती व्यक्तिहरू आफैले पुनःदाबी र पुनःव्याख्या गरी अपनाएको शब्द हो । [२] सन् २००० देखि समाजमा 'सामान्य' नकहलिएका लैङ्गिक तथा यौनिक विविधाहरूलाई सम्बोधन गर्ने एउटा छाता शब्दका रूपमा 'क्वयेर' शब्दको स्थापना भयो । अहिले यस शब्दलाई शैक्षिक क्षेत्रमा अत्याधिक प्रयोग गरिएको पाइन्छ । यस विषयमा गरिने अध्ययन क्वयेर शास्त्र (Queer Studies) एउटा प्रख्यात शैक्षिक विधाका रूपमा पनि स्थापित भइसकेको छ । [३]

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसम्पादन

नेपालको संविधानमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई जनाउन "लैङ्गिक तथा यौनिक अल्पसंख्यक" शब्दावलीको प्रयोग गरिएको छ । राज्य तहबाट यस शब्दावलीको औपचारिक बुझाई बारे कुनै दस्तावेज जारी भएको छैन । [४] सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अल्पसंख्यक हुन् कि हैनन् भन्ने विषयमा विवाद छ । त्यसै गरी "यौन अल्पसंख्यक" भन्नाले सामाजिक मूलधारबाट फरक यौन अभ्यास गर्ने व्यक्तिहरूलाई जनाउने शब्दावली पनि हो । समयौनिक वा द्वियौनिक यौन व्यवहारलाई परम्परागत धारणाले असमाजिक मानिएकाले 'यौन अल्पसंख्यक' भनेको जस्तै बहुस्नेही अभ्यास, दम्पत्ती अदलाबदली अभ्यास, ठूलो उमेर खाडल भएका व्यक्तिहरू बीचको सम्बन्ध, गुनुत्वरीडाष्टी सम्बन्ध राख्ने व्यक्तिहरू लगायतका थुप्रै गैर-मूलधारका यौन अभ्यास गर्ने व्यक्तिहरूलाई समेत 'लैङ्गिक तथा यौनिक अल्पसंख्यक' शब्दावलीले जनाउँछ । [५] [६]

एलजिबिटीसम्पादन

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अन्तर्गत पनि पाँचवटा पहिचान समयौनिक महिला (एल), समयौनिक पुरुष (जि), द्वियौनिक (बि) र पारलैङ्गिक व्यक्ति (टि) गरी एलजिबिटी भन्ने अङ्ग्रेजी सांक्षेपिकरण पनि प्रचलित छ । यसमा अन्तरलिङ्गी (आइ) पनि समावेश गरी एलजिबिटीआइ पनि भन्ने गरिएको छ । यस बाहेक अयौनिक (ए) सहित एलजिबिटीआइए, सर्वयौनिक (पि) सहित एलजिबिटीआइपि र 'लगायत' सहित एलजिबिटीआइ प्लस जस्ता अङ्ग्रेजी सांक्षेपिकरणहरू पनि प्रचलित छन् । यद्यपि यी अङ्ग्रेजी सांक्षेपिकरणले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको यावत् विविधता सबैलाई समेटी सम्बोधन गर्न सक्दैन ।

विविधतासम्पादन

यौन विशेषताका आधारमासम्पादन

  1. अन्तरलिङ्गी, Intersex

लैङ्गिक पहिचानका आधारमासम्पादन

  1. पारलैङ्गिक व्यक्ति, Transgender person
  2. अलैङ्गिक व्यक्ति, Agender person
  3. दुईलैङ्गिक व्यक्ति, Bigender person
  4. मिश्रितलैङ्गिक व्यक्ति, Androgyne person
  5. द्रवलैङ्गिक व्यक्ति, Gender fluid person
  6. लैङ्गिक गैर-अनुरूपी व्यक्ति, Gender non-confirming person
  7. गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान, Non-binary gender identities
  8. अर्धलैङ्गिक व्यक्ति, Demigender person

अरुसम्पादन

  1. सांस्कृतिक लैङ्गिक पहिचान
  2. तेस्रोलिङ्गी, Third gender
  3. विषुलिङ्गी, Transsexual

लैङ्गिक अभिव्यक्तिसम्पादन

  1. विषुपहिरणी
  2. फेम् पुरुष
  3. माएस्क महिला

यौन अभिमुखिकरणका आधारमासम्पादन

  1. समयौनिक, Homosexual
  2. द्वियौनिक, Bisexual
  3. अयौनिक, Asexual
  4. सर्वयौनिक, Pansexual
  5. द्रवयौनिक, Sexual Fluid
  6. बहुयौनिक, Polysexual
  7. खैर्याउनिक, Gray-sexual

अधिकारसम्पादन

दिवसहरूसम्पादन

क्वयेर विविधतासँग सम्बन्धित दिवसहरू देहाय बमोजिम छन् :-

  1. अन्तरलिङ्गी जनचेतना दिवस
  2. अन्तरलिङ्गी दृश्यताको अन्तर्राष्ट्रिय दिवस
  3. अन्तर्राष्ट्रिय विषुपहिरणी दिवस
  4. अयौनिक जनचेतना दिवस
  5. अर्धलैङ्गिक दृश्यता तथा जनचेतना दिवस
  6. अलैङ्गिक दृश्यता तथा जनचेतना दिवस
  7. क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवस
  8. तेस्रोलिङ्गी दिवस
  9. दुईलैङ्गिक दृश्यता तथा जनचेतना दिवस
  10. द्रवलैङ्गिक गौरव दिवस
  11. पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस
  12. पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवस
  13. पारलैङ्गिक स्मृति दिवस

भाषासम्पादन

गौरवसम्पादन

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूले आफ्नो पहिचानमा 'गौरव' गरी आन्दोलन अघि बढाएको सम्बन्धीका विषयहरू:-

हेर्नुहोस्सम्पादन

सन्दर्भसम्पादन

  1. "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", Queer Youth Group। 
  2. "Queers Read This", A leaflet distributed at pride march in NY published anonymously by Queers। 
  3. "Queer Studies COLLEGE OF ARTS AND SCIENCES", Washington State University। 
  4. "भाग–३ मौलिक हक र कर्तव्य", नेपाल कानुन आयोग।  १८. समानताको हक, ४२. सामाजिक न्यायको हक
  5. Savin-Williams, Ritch C. "A critique of research on sexual-minority youths." Journal of adolescence 24.1 (2001): 5-13.
  6. Nichols, Margaret, and M. I. C. H. A. E. L. Shernoff. "Therapy with sexual minorities." Principles and practice of sex therapy 4 (2000): 353-367.

थपसम्पादन

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग पुलिङ्गी स्त्रीलिङ्गी अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष महिला त्याचलैङ्गिक व्यक्ति पारलैङ्गिक व्यक्ति पारलैङ्गिक महिला पारलैङ्गिक पुरुष मिश्रितलैङ्गिक व्यक्ति अलैङ्गिक व्यक्ति दुईलैङ्गिक व्यक्ति द्रवलैङ्गिक व्यक्ति लैङ्गिक गैर-अनुरूपी व्यक्ति लैङ्गिक क्वयेर अर्धलैङ्गिक व्यक्ति गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान विषुलिङ्गी तेस्रोलिङ्गी सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी फेम् पुरुष माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
विषमयौनिक समयौनिक द्वियौनिक अयौनिक द्रवयौनिक सर्वयौनिक खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा गौरव महिना गौरव झण्डा
अधिकार
योग्याकार्ता सिद्धान्त देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा