द्वियौनिकता

आफू भन्दा समान लैङ्गिकता भएका र आफू भन्दा विपरीत लैङ्गिकता दुबैतर्फ आकर्षित हुनु |

आफू भन्दा समान लैङ्गिकता भएका र आफू भन्दा विपरीत लैङ्गिकता भएका दुबैप्रति यौन तथा प्रणयात्मक आकरषण हुनु द्वियौनिकता हो। यस्तो आकर्षण महसुस गर्ने व्यक्तिहरू द्वियौनिक व्यक्तिहरू हुन् । अङ्ग्रेजीमा द्वाियौनिकतालाई बाईसेक्सउवालिटी भनिन्छ।

पहिचान र व्यवहारसम्पादन

महिला र पुरुष दुबै तर्फ यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्नु द्वियौनिकता हो । अमेरिकी मनोवैज्ञानिक संगठनका अनुसार यौन अभिमुखिकरणको अस्तित्व अबाध क्रममा रहेको हुन्छ । यस अर्थात् कोही व्यक्ति केवल विषमयौनिक वा समयौनिक हुँदैनन् र विविध ढङ्गले यौन अकार्षण महसुस गर्न सक्छन् । यौन अभिमुखिकरण व्यक्तिहरूको जीवनको विभिन्न चरणहरूमा विकास हुन सक्छ वा व्यक्तिले जीवनको जुनसुकै समयमा पनि एहसास गर्न सक्छ । [१]

जनसंख्यासम्पादन

वैज्ञानिक आकलनका अनुसार द्वियौनिकताको व्यापकता ०.७% देखि ८% सम्म रहेको अनुमान गरिएको छ । [२] सन् २००२ ताका संयुक्त राष्ट्र अमेरिकामा स्वास्थ्य तथ्याङ्कका लागि राष्ट्रिय केन्द्रले गरेको सर्वेक्षण अनुसार १८ देखि ४४ वर्षका पुरुषहरूमा १.८ प्रतिशत व्यक्तिहरू द्वियौनिक रहेको पाइएको छ । [३]

समाजसम्पादन

द्वियौनिक व्यक्तिहरू क्वयेर विविधता अन्तर्गत पर्दछन् । समयौनिक व्यक्ति र पारलैङ्गिक व्यक्तिहरूसँगै द्वियौनिक व्यक्तिहरूलाई अङ्ग्रेजीमा एलजिबिटी भनेर पनि जनाउने गरिएको छ । [४]

विभेदसम्पादन

द्वियौनिक व्यक्तिहरू आफ्नो यौन अभिमुखिकरणका कारणले विभेदको भोग्नुपरेका छन् । द्वियौनिक व्यक्तिहरूले विषमयौनिक व्यक्तिहरूबाट मात्र नभएर समयौनिक व्यक्तिहरूबाट पनि विभेद र लाञ्छना भोग्दछन् । द्वियौनिक व्यक्तिहरूलाई उनीहरू द्वियौनिक भएकै आधारमा गरिने घृणा, विभेद, लाञ्छना र अवहेलनालाई द्विद्वेषिता (बाइफोबिया) भनिन्छ । [५] [६]

चिन्हसम्पादन

 
द्वियौनिक गौरव झण्डा

द्वियौनिक व्यक्तिहरूलाई जनाउन द्वियौनिक गौरव झण्डाको प्रयोग गरिन्छ । [७]


सन्दर्भसम्पादन

  1. Appropriate Therapeutic Responses to Sexual Orientation, अमेरिकी मनोवैज्ञानिक संगठन, पृ: 63, 86, अन्तिम पहुँच १५ मे २०११, "Sexual orientation identity—not sexual orientation—appears to change via psychotherapy, support groups, and life events." 
  2. "Frequently Asked Sexuality Questions to the Kinsey Institute", The Kinsey Institute, अन्तिम पहुँच १६ फेब्रुअरी २००७ 
  3. "Sexual Behavior and Selected Health Measures: Men and Women 15-44 Years of Age, United States, 2002." Mosher et al. U.S. Department of Health and Human Services.
  4. Estraven (२० अप्रिल २००९), "We are all somewhere between straight and gay", BiNet USA News and Opinions, अन्तिम पहुँच २४ मार्च २०११ 
  5. "द्वियौनिक तथ्य पत्र", UN Free and Equal नेपाली अनुवाद। 
  6. "Bisexual Fact Sheet", UN Free and Equal। 
  7. Page, Michael, "Bi Pride Flag", मूलबाट २९ जनवरी २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ फेब्रुअरी २००७, "The pink color represents sexual attraction to the same sex only, homosexuality, the blue represents sexual attraction to the opposite sex only, heterosexuality, and the resultant overlap color purple represents sexual attraction to both sexes (bi)." 

थपसम्पादन

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग पुलिङ्गी स्त्रीलिङ्गी अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष महिला त्याचलैङ्गिक व्यक्ति पारलैङ्गिक व्यक्ति पारलैङ्गिक महिला पारलैङ्गिक पुरुष मिश्रितलैङ्गिक व्यक्ति अलैङ्गिक व्यक्ति दुईलैङ्गिक व्यक्ति द्रवलैङ्गिक व्यक्ति लैङ्गिक गैर-अनुरूपी व्यक्ति लैङ्गिक क्वयेर अर्धलैङ्गिक व्यक्ति गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान विषुलिङ्गी तेस्रोलिङ्गी सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी फेम् पुरुष माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
विषमयौनिक समयौनिक द्वियौनिक अयौनिक द्रवयौनिक सर्वयौनिक खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा गौरव महिना गौरव झण्डा
अधिकार
योग्याकार्ता सिद्धान्त देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा