क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवस


मे १७ का दिन क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ।

क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवस
अनुयायीविश्वव्यापी
मितिमे १७
आवृत्तिहरेक वर्ष

नाम सम्पादन गर्नुहोस्

अङ्ग्रेजीमा भने यस दिवसलाई फरक फरक नामले चिनिने गरिन्छ। सुरुमा समयौनिक व्यक्तिहरू प्रति घृणा (समद्वेषिता) विरुद्धको दिवसका रूपमा स्थापना भएको हुनाले International Day Against Homophobia (IDAHO) भनेर चिनियो। त्यसमा पछि पारलैङ्गिक थपेर IDAHOT भनी सुरु गरियो। ततपश्चात फेरी IDAHOTIB भनी द्वियौनिक व्यक्तिहरू थपियो। नेपालमा भने "क्वयेरद्वेषिता" अर्थात् "क्वयेर विविधताका व्यक्तिहरू" प्रतिको घृणा विरुद्धको दिवस भनी सघन रूपमा समावेश गरिएको छ ।

नेपाल सम्पादन गर्नुहोस्

२०१९ सम्पादन गर्नुहोस्

नेपालमा विभिन्न सङ्घ संस्थाहरूले यस दिवस मनाएका थिए। [१] यस दिवसका दिन बिहान युवाहरू फिब्वःख्यः (माइतीघर मण्डला)मा भेला भएर धर्ना दिए ।

२०२० सम्पादन गर्नुहोस्

कोभिड-१९ विश्वव्यापी महामारीका कारण सन् २०२० मा यस दिवस अनलाइनमै मनाइएको थियो । केही नागरिक समाजहरूले "नेपालमा क्वयेर अधिकारका समकालीन मुद्दाहरू" विषयक वेबिनार आयोजना गरिएको थियो । यस दिन नेपालमा लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र नामक ऐतिहासिक मागपत्र पनि जारी गरिएको थियो । [२] नेपालमा कार्यरत ११ वटा गैर-सरकारी संस्था तथा समूह, अन्तर्राष्ट्रिय तहमा कार्यरत ४ वटा संस्था र संजाल एवं ३३ व्यक्तिहरूले यस दिनमा उक्त मागपत्र जारी गरेका थिए । नेपालको इतिहासमा यस मागपत्रलाई ऐतिहासिक मानिएको छ किनभने यस मागपत्रले लैङ्गिक पहिचानका सरोकारहरूलाई सघन ढङ्गले उठाएको छ । तसर्थ २०२० मा यस दिवसको नारा "मान्यताका निम्ति ऐक्यबद्धता" रहेको थियो । [३] [४]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Nepal Country Page 2019", May17.org 
  2. "नेपालमा लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र", ११ राष्ट्रिय संस्था, ४ अन्तर्राष्ट्रिय संस्था र ११ स्वतन्त्र व्यक्तिहरू। 
  3. "Nepal Country Page 2020", May17.org 
  4. "National Charter of Demands on Legal Recognition of Gender Identity", Youth Voices Count  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२९ मिति