उस्तै लैङ्गिकताका व्यक्तिहरू वा आफू जस्तै लैङ्गिकताका व्यक्तिहरू प्रति यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्नुलाई समयौनिकता भनिन्छ । समयौनिक व्यक्तिहरू आफू जस्तै लैङ्गिक पहिचानका व्यक्तिहरू तर्फ यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्छन् । [१] [२] [३] [४] [५]

2011 TW-KHH 2nd LGBT Pride DSC7323 (6181587842).jpg
NYC Pride Parade 2012 - 072 (7457208302).jpg
National laws
  Marriage
  Other partnerships
  Laws against expression
  Fines or prison (not applied)
  Fines or prison
  Death penalty (not applied)
  Death penalty
UN declarations on LGBT rights
  Supporting (2008 or 2011)
  In opposition

नामाङ्कनसम्पादन

समलिङ्गीसम्पादन

समलिङ्गी शब्द सन् २००१ देखि समयौनिक आन्दोलनबाट प्रचलनमा आएको शब्द हो । पुरुष-पुरुष र महिला-महिला बीचको सम्बन्ध जनाउनका निम्ति समलिङ्गी शब्दको प्रयोग गरिन्छ । समयौनिक आन्दोलनमा यो शब्दको प्रचलन हराइसक्यो । 'लिङ्गी' उपमाले यौनाङ्ग केन्द्रित व्याख्या दिने र महिला-महिला वा पुरुष-पुरुष बीचको सम्बन्ध शिश्न-शिश्न वा योनी-योनीको सम्बन्धका रूपमा यौनाङ्ग केन्द्रित व्याख्या रहेको एवं पारलैङ्गिक पहिचानका समयौनिक व्यक्तिहरू अनुकूल नरहेकाले यो शब्दावली प्रतिस्थापित भएको हो ।

समलैङ्गिकसम्पादन

'समलिङ्गी' शब्दको प्रतिस्थापनमा 'समलैङ्गिक' शब्दको प्रयोग गरिन्छ । 'समलैङ्गिक' शब्दले उस्तै लैङ्गिकताका व्यक्तिहरू हुन् भन्ने जनाउँछ । यद्यपि 'समलैङ्गिक' शब्द यौन अभिमुखिकरण जनाउने शब्द होइन । पुरुष-पुरुष बीचको सम्बन्ध 'समलैङ्गिक' सम्बन्ध हो । उक्त पुरुष-पुरुष जोडीमा दुबैको वा कुनै एकको यौन अभिमुखिकरण 'समयौनिक' हुन सक्छ, अथवा दुबैको वा कुनै एकको यौन अभिमुखिकरण 'द्वियौनिक' हुन सक्छ, सर्वयौनिक हुन सक्छ वा इत्यादी हुन सक्छ । 'समयौनिक' र 'समलिङ्गी' शब्दहरू एउटै अर्थ दिने शब्द भने होइनन् । [६]

लैङ्गिकतासम्पादन

पुरुषसम्पादन

 
अर्जेन्टिना मा समयौनिक पुरुषहरूको भेला

पुरुष तर्फ यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्ने पुरुषहरू समयौनिक पुरुष हुन् ।

महिलासम्पादन

 
दुई समयौनिक महिलाको चित्र

महिला तर्फ यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्ने महिलाहरू समयौनिक महिला हुन् ।

पारलैङ्गिक व्यक्तिहरूको समावेशितासम्पादन

पारलैङ्गिक व्यक्तिहरू पनि समयौनिक हुन सक्छन् । समयौनिकता अन्तर्गत पारलैङ्गिक व्यक्तिहरूको समावेशिता समयौनिक आन्दोलनको प्रमुख मुद्दाहरू मध्ये पर्दछन् । पारलैङ्गिक व्यक्तिहरूको समावेशिता सुनिश्चित गर्न समान लैङ्गिक सम्बन्धलाई 'समलिङ्गी' (यौनाङ्ग केन्द्रित) नगरी 'समलैङ्गिक' भनिने रुचाइन्छ । परम्परागात हिसाबमा पारलैङ्गिक महिलाहरू पुरुष प्रति मात्र आकर्षित हुन्छन् वा पारलैङ्गिक पुरुषहरू महिला प्रति मात्र आकर्षित हुन्छ भन्ने मान्यता थियो भने त्याचलैङ्गिक व्यक्तिहरू जस्तै पारलैङ्गिक व्यक्तिहरूको पनि विविध यौन अभिमुखिकरण हुने र त्यसलाई समावेश गर्न पर्ने मुद्दाहरू छन् । [७] [८]

समाज र संस्कृतिसम्पादन

विवाहसम्पादन

समलैङ्गिक विवाह भन्नाले पुरुष-पुरुष र महिला-महिला बीचको विवाहलाई जनाउँछ । समलैङ्गिक विवाह अन्तर्गत जुनसुकै यौन अभिमुखिकरणका व्यक्तिहरू हुन सक्छन् । समयौनिक व्यक्तिहरूको अधिकारको आन्दोलनमा समलैङ्गिक विवाहको मुद्दा ज्वलन्त देखिन्छ ।

इतिहाससम्पादन

अभिभावकत्वसम्पादन

अधिकारसम्पादन

प्राणी जगतसम्पादन

समयौनिकता मानव प्रजाति बाहेक अरु जीव जन्तुहरूमा पनि हुन्छ । यी प्रवृत्ति अन्तर्गत यौन कृयाकलाप, सम्बन्ध, घनिष्ठत्व, अभिभावकत्व, इत्यादी हुन सक्छन् । ५०० भन्दा बढी जीवजन्तुहरूमा समयौनिकता रहेको अभिलेखिकरण भइसकेको छ । [९] [१०]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "यौभिकयौता दस्तावेज", तान नेपाल। 
  2. "यौभिकयौता दस्तावेज", सहायम् नेपाल। 
  3. "नेपाली भाषाको समावेशी तथा मैत्रीपूर्ण भाषाको प्रयोग सम्बन्धी साझा बुझाई", बडी एण्ड डाटा। 
  4. "यौभिकयौता सम्बन्धी आधारभूत परिभाषा", क्वयेर युथ ग्रुप। 
  5. "यौभिकयौता व्याख्यात्मक दस्तावेज", क्वयेर युथ ग्रुप। 
  6. "समलिङ्गी, समलैङ्गिक र समयौनिक : कुन उपयुक्त", क्वयेर युथ ग्रुप। 
  7. "transbian", Urban Dictionary। 
  8. "Can a trans person be gay?", Grindr। 
  9. Harrold, Max (१६ फेब्रुअरी १९९९), "Biological Exuberance: Animal Homosexuality and Natural Diversity", The Advocate (LGBT magazine), reprinted in Highbeam Encyclopedia, अन्तिम पहुँच १० सेप्टेम्बर २००७ 
  10. Gordon, Dr Dennis (१० अप्रिल २००७), "'Catalogue of Life' reaches one million species", National Institute of Water and Atmospheric Research, मूलबाट १३ जुलाई २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० सेप्टेम्बर २००७ 

थपसम्पादन

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग पुलिङ्गी स्त्रीलिङ्गी अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष महिला त्याचलैङ्गिक व्यक्ति पारलैङ्गिक व्यक्ति पारलैङ्गिक महिला पारलैङ्गिक पुरुष मिश्रितलैङ्गिक व्यक्ति अलैङ्गिक व्यक्ति दुईलैङ्गिक व्यक्ति द्रवलैङ्गिक व्यक्ति लैङ्गिक गैर-अनुरूपी व्यक्ति लैङ्गिक क्वयेर अर्धलैङ्गिक व्यक्ति गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान विषुलिङ्गी तेस्रोलिङ्गी सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी फेम् पुरुष माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
विषमयौनिक समयौनिक द्वियौनिक अयौनिक द्रवयौनिक सर्वयौनिक खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा गौरव महिना गौरव झण्डा
अधिकार
योग्याकार्ता सिद्धान्त देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा