पारलैङ्गिक व्यक्ति

जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू अथवा जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भन्दा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू पारलैङ्गिक (अङ्ग्रेजी: Transgender) व्यक्ति हुन् । [१] [२] [३] [४]

पारलैङ्गिक महिला सम्पादन

पारलैङ्गिक महिला (Transgender Female / Trans woman ) भन्नाले महिला लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलैङ्गिक महिलाहरू जन्मदाँ पुलिङ्गी इङ्गित गरिएका हुन्छन् । शिश्न लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटा वा बालक भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटी वा महिलाको गुण विकास हुन्छ र आफूलाई महिला भनी पहिचान गर्दछन् ।

पारलैङ्गिक पुरुष सम्पादन

पारलैङ्गिक पुरुष (Transgender Male / Trans man ) भन्नाले पुरुष लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलैङ्गिक पुरुषहरू जन्मदाँ स्त्रीलिङ्गी इङ्गित गरिएका हुन्छन् । योनी लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटी वा बालिका भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटा वा पुरुषको गुण विकास हुन्छ र आफूलाई पुरुष भनी पहिचान गर्दछन् ।

हेर्नुहोस् सम्पादन

सन्दर्भ सम्पादन

थप सम्पादन

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग पुलिङ्गी स्त्रीलिङ्गी अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष महिला त्याचलैङ्गिक व्यक्ति पारलैङ्गिक व्यक्ति पारलैङ्गिक महिला पारलैङ्गिक पुरुष मिश्रितलैङ्गिक व्यक्ति अलैङ्गिक व्यक्ति दुईलैङ्गिक व्यक्ति द्रवलैङ्गिक व्यक्ति लैङ्गिक गैर-अनुरूपी व्यक्ति लैङ्गिक क्वयेर अर्धलैङ्गिक व्यक्ति गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान विषुलिङ्गी तेस्रोलिङ्गी सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी फेम् पुरुष माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
विषमयौनिक समयौनिक द्वियौनिक अयौनिक द्रवयौनिक सर्वयौनिक खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा गौरव महिना गौरव झण्डा
अधिकार
योग्याकार्ता सिद्धान्त देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा