मुख्य सूची खोल्नुहोस्


तेन्जिङ नोर्गे शेर्पा वा तन्जीन नोरग्यास शरपा ( शेर्पा: བསྟན་འཛིན་ནོར་རྒྱས་ཤར་པ། ), विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्दछन्। बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भै सगरमाथा आरोहण गरेका तेन्जिङ र अर्का आरोहि एडमण्ड हिलारी सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे सगरमाथा शिखर पुग्ने प्रथम (संयुक्त) आरोहि हुन् |तेन्जिङको जन्म् १९१४मा थ्याङबोचे en:Tengbocheमा भएको अनुमान गरिएको छ। (यिनको जन्म नाम : नामग्याल वान्ग्दि शेर्पा हो ) र उनी ९ मे १९८६मा भारतको दार्जिलिङमा दिवंगत भए।

བསྟན་འཛིན་ནོར་རྒྱས་ཤར་པ།

तेन्जिङ नोर्गे शेर्पा
Tenzing Norgay (cropped).jpg
तेन्जिङ नोर्गे शेर्पा (सन् १९६७ स्वीडेनमा)
व्यक्तिगत विवरण
बाल्यकालको नामनामग्याल वाङ्दुस
རྣམ་རྒྱལ་དབང་འདུས།
प्रमुख क्षेत्रपर्वतारोही
जन्मसन् १९१४ मे २९ तारिख
नेपाल खुम्बु, नेपाल
मृत्यु९ मे १९८६(१९८६-०५-०९) (७१ वर्ष)
दार्जिलिङ, भारत
नागरिकतानेपाली
करियर
सुरुको उमेर१९ वर्ष देखि
सुरुको क्षेत्रपर्वतारोही टुर गाइड
उल्लेखनिय आरोहणसन् १९५३ मा सगरमाथाको पहिलो आरोहण
चर्चित साझेदारीएडमण्ड हिलारी
परिवार
जीवन साथी
  • दावा बुठ्रीद् (१९३५-१९४४)
  • आङ ल्हमो (१९४५-१९६४)
  • दक्कु (?-?)
सन्तान
  • पेम पेम
  • ञिमा दोर्जे
  • ञिमा
  • जम्लिङ
  • नोर्बु
  • देक्यीद
  • दोमेद
अविभावक(?-?)

आरोहीहरूको काठमाडौंमा सम्मानसम्पादन

२०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौंमा सम्मान कार्यक्रम भयो।

इतिहास शिरोमणि बाबुराम आचार्यको संयोजकत्वमा तेन्जिङ शेर्पा स्वागत समिति गठन गरिएको थियो। बनेपादेखि खुला जिपमा काठमाडौं ल्याइएका सगरमाथा आरोहीद्वय शेर्पा र हिलारीलाई डिल्लीबजारको उकालोबाट बग्गीमा नगर परिक्रमा गराई वसन्तपुर गद्दी बैठकमा अभिनन्दन गर्ने कार्यक्रम थियो। बग्गीको दायाँ-बायाँ र अगाडि-पछाडि रिसल्ला, मोटरसाइकल र सैनिक ब्यान्डबाजाको प्रबन्ध मिलाईएको थियो।

सबैभन्दा अगाडि दुई महिला घोडचढी रिसल्लाद्वारा लस्करको अगुवाइ गर्ने कार्यक्रम थियो। एकैनासको पहिरन थियो, हलुका र आकर्षक । घोडा चढ्दा असजिलो नहोस् भनेर सर्ट-फ्रकसहित शिरमा फेटा बाँधिएको थियो र छड्के चुन्नी पनि थियो। घोडचढीको अगुवाइमा जुलुसले सहरका विभिन्न भागको परिक्रमा गर्‍योट । सहरका मानिसहरूले ठूलो करतल ध्वनि र उत्साहका साथ जुलुसको स्वागत गरे। मुसलधारे वर्षा जसरी अबिर र फूलको वर्षा गरियो । हात हल्लाएर अभिवादन गर्नेहरूको लावालस्कर पनि लामै थियो। हामी वसन्तपुर दरबार पुगेपछि कन्या मन्दिरका छात्राले 'छ स्वागत, छ स्वागत नेपालपुत्र लायक' बोलको गीत गाएर स्वागत गरे। ज्यादै आकर्षक ढंगले मञ्च सजाइएको थियो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सगरमाथा आरोहीद्वयलाई त्यही मञ्चमा अबिर र माला लगाएर स्वागत गर्दै लामो मन्तव्य दिनुभयो । त्यसै दिन बेलुका दरबारका तर्फबाट उहाँहरूको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो।[१]

सम्मानसम्पादन

 
हिलारि र तेन्जिन्ग सन १९७१ ताका.
 
तेन्जिन्ग र हिलारिको आरोहण मार्ग.

Conquerors of Everest

सन्दर्भसम्पादन

  1. तेन्जिङ शेर्पाको सम्मानमा: इन्दिरा श्रेष्ठ कान्तिपुर