प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००४ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

<< माघ २०७६ >>
आइत सोम मंगल बुध बिही शुक्र शनि
१० ११
१२ १३ १४ १५ १६ १७ १८
१९ २० २१ २२ २३ २४ २५
२६ २७ २८ २९

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७६ माघ पहिलो सम्पादन गर्नुहोस्

फेसबुक मेसेन्जर (सामान्य रूपमा मेसेन्जरको नामले पनि चिनिने) फेसबुक निगमद्वारा विकसित एक तत्काल सन्देश प्रवाह अनुप्रयोग वा मञ्च हो। मूल रूपमा सन् २००८ मा फेसबुक च्याटको रूपमा विकसित भएको यस सेवालाई यस कम्पनीले सन् २०१० मा आफ्नो सन्देश सेवामा पुन: सुधार गरि अगस्टमा २०११ मा स्वतन्त्र रूपमा आइओएसएन्ड्रोइडमा अनुप्रयोगहरू जारी गरेको थियो। कम्पनीले सन् २०१८ मा, मेसेन्जरमा आधारित सम्पर्कका लागि स्वतन्त्र फेसबुक पोर्टल हार्डवेयरको पनि जारी गरेको थियो। वर्षौंदेखि, फेसबुकले विभिन्न सञ्चालन प्रणालीहरूका लागि नयाँ अनुप्रयोगहरूको जारी गरिरहेको छ। यसले यसको समर्पित वेबसाइट (मेसेन्जर डटकम) सुरू गर्दै सन्देश कार्यक्षमतालाई मुख्य फेसबुक अनुप्रयोगबाट अलग गरेको थियो। यसले प्रयोगकर्ताहरूलाई वेबसाइट प्रयोग गर्न वा स्वतन्त्र अनुप्रयोगहरू मध्ये एक डाउनलोड गर्न अनुमति दिन्छ। (पूरा  पढ्नुहोस्...)

२०७६ माघ दोस्रो सम्पादन गर्नुहोस्

सिग्नल इडुना पार्क डिसेम्बर २००५ सम्म वेस्टफालिया वा वेस्टफाल्नस्टेडियनको नामले पनि चिनिने, जर्मनीको उत्तरी राइन राज्यको डर्टमन्ड सहरमा अवस्थित एक अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला हो। राष्ट्रिय खेलका लागि यस रङ्गशालाले ८१,३६५ दर्शक अटाउन सक्दछ जसमा जर्मनीका बहुचर्चित लिगहरू जस्तै बुन्डेसलिगा र डिएफबी कप समावेश छ। यो युरोपको सातौँ सबैभन्दा ठूलो र जर्मनीको सबैभन्दा ठूलो रङ्गशाला पनि हो। तथापि, अन्तर्राष्ट्रिय खेलहरूका लागि यस रङ्गशालले ६६,०९९ दर्शक अटाउने गर्दछ। अन्तर्राष्ट्रिय स्तरमा यस रङ्गशालामा युइएफए च्याम्पियन्स लिगयुरोपा लिगका विभिन्न खेलहरू सञ्चालित भएका थिए। यो रङ्गशाला सन् १९७४ देखि जर्मनीको फुटबल क्लब बोरूसिया डर्टमन्डको गृह मैदान पनि हो र यसले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू जस्तै १९७४ फुटबल विश्वकप२००६ फुटबल विश्वकप पनि आयोजन गरिसकेको छ। यो जर्मनी राष्ट्रिय फुटबल टोलीको पनि गृह मैदान हो। (पूरा  पढ्नुहोस्...)

२०७६ माघ तेस्रो सम्पादन गर्नुहोस्

भिके (रुसी: ВКонтакте, नेपाली: सम्पर्कमा रहने) एक रूसी अनलाइन सामाजिक सञ्चार माध्यम र सामाजिक सञ्जाल सेवा हो। यो ९० भन्दा बढी भाषाहरूमा उपलब्ध भएतापनि यो रूसी भाषा बोल्ने प्रयोगकर्ताहरूबीच बढी लोकप्रिय रहेको छ। यसमा तस्वीर, श्रव्य र श्रव्य दृश्य साझेदारी गर्ने सुविधा रहेको छ र ब्राउजरमा आधारित खेल्ने खेलहरू र यसले निजी र सार्वजनिक रूपमा सन्देश पठाउन अनुमति दिन्छ। यसको मुख्य सर्भर सेन्ट पिटर्सवर्ग, रूसमा रहेको छ।

अगस्ट २०१८ सम्ममा, भिकेमा कम्तीमा ५०० मिलियन खाताहरू दर्ता भएका छन्। अलेक्साको विश्वव्यापी शीर्ष ५०० साइटहरूमा यो १९औँ स्थानमा रहेको छ (डिसेम्बर २०१९ अनुसार)। यो रूसमा सबैभन्दा लोकप्रिय वेबसाइटहरू मध्ये एक हो। सिमिलर वेबका अनुसार भिके संसारकै ९औँ सबैभन्दा धेरै ब्राउज गरिने वेबसाइट हो। मार्च २०१८ सम्ममा, भिके रूस बाहेक बेलारुसकजाख्स्तानमा पनि सबैभन्दा लोकप्रिय समाजिक सञ्जाल वेबसाइटको रूपमा रहेको छ। (पूरा  पढ्नुहोस्...)

२०७६ माघ चौथौ सम्पादन गर्नुहोस्

पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यो चराको औसत लम्बाई ५५-६५ सेन्टिमिटर (२२-२६ इन्च) हुन्छ। यो पन्छीको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको प्वाँख तथा भुत्लाहरू प्रायजसो खैरो तथा कालो हुन्छ भने यसको ठुँडो (चुच्चो) पहेँलो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड कालो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ। उड्दा खेरी यसले पुरै पखेटा फिजाएर सुस्त चालमा उड्ने गर्दछ।

पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको घना जङ्गलमा दक्षिण देखि मध्य पूर्वी र क्वीन्सल्यान्ड देखि दक्षिणपूर्वी क्षेत्रमा पाइन्छ। यो प्रजातिको पन्छी अस्ट्रेलियाको आयरा प्रायद्वीपमा पनि भेटिन्छन्। अन्य प्रजातिका सुगा जस्तै पहेँलो पुच्छ्रे कालो सुगाले मुख्यतया बीउहरू खाने गर्दछ। यस सुगाले आफ्नो गुँड हलक्क बढ्ने र अग्लो झुरो बोट हुने एक प्रकारको रुखको टुप्पोमा बनाउँछ भने यस पन्छीको गुँड फराकिलो र खोक्रो हुन्छ। यो प्रजातिका पन्छीहरू मुख्यतया आफ्नो बासस्थान दायराभित्रनै बस्ने गर्छन्। (पूरा  पढ्नुहोस्...)