सिग्नल इडुना पार्क (जर्मनेली भाषा:Signal Iduna Park) डिसेम्बर २००५ सम्म वेस्टफालिया वा वेस्टफाल्नस्टेडियनको नामले पनि चिनिने, जर्मनीको उत्तरी राइन राज्यको डर्टमन्ड सहरमा अवस्थित एक अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला हो। लिग चरणका खेलका लागि यस रङ्गशालाको दर्शक क्षमता ८१,३६५ (उठेर र बसेर) रहेको छ जसमा जर्मनीका बहुचर्चित लिगहरू जस्तै बुन्डेसलिगा र डिएफबी कप समावेश छ।[५] यो युरोपको सातौँ ठूलो र जर्मनीको सबैभन्दा ठूलो रङ्गशाला पनि हो। अन्तर्राष्ट्रिय खेलहरूका लागि यस रङ्गशालाको दर्शक क्षमता ६६,८२९ (बसेर) मात्र छ।[२][३] अन्तर्राष्ट्रिय स्तरमा यस रङ्गशालामा युइएफए च्याम्पियन्स लिगयुरोपा लिगका विभिन्न खेलहरू सञ्चालित भएका थिए। यो रङ्गशाला सन् १९७४ देखि जर्मनीको फुटबल क्लब बोरुसिया डर्टमन्डको गृह मैदान पनि हो र यसले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू जस्तै १९७४ विश्वकप फुटबल२००६ विश्वकप फुटबल पनि आयोजना गरिसकेको छ। यो जर्मनी राष्ट्रिय फुटबल टोलीको पनि गृह मैदान हो।[६]

सिग्नल इडुना पार्क
वेस्टफाल्नस्टाडियोन
बिभिबी स्टेडियन डर्टमन्ड (युइएफए प्रतिस्पर्धाहरू)
युइएफए रङ्गशाला मूल्याङ्कन 4/4 stars
नक्सा
पुरा नामसिग्नल इडुना पार्क
पूर्व नामवेस्टफाल्नस्टाडियोन
फिफा विश्वकप रङ्गशाला डर्टमन्ड (२००६ फिफा विश्वकप)
स्थानडर्टमन्ड, उत्तरी राइन, जर्मनी
मालिकबोरुसिया डर्टमन्ड जिएमबिएच एन्ड कम्पनी केजिए[१]
परिचालकडर्टमन्ड जिएमबिएच एन्ड कम्पनी केजिए
कार्यकारी कक्ष११
दर्शक क्षमता८१,३६५ (गृह खेलहरू),[२]
६५,८२९ (अन्तर्राष्ट्रिय खेलहरू)[३]
क्षमता इतिहास
  • ५३,८७२ (सन् १९७४–१९९२)[४]
    ४२,८०० (सन् १९९२–१९९६)
    ५४,००० (सन् १९९६–१९९९)
    ६८,६०० (सन् १९९९–२००३)
    ८३,००० (सन् २००३–२००५)
    ८१,२६४ (सन् २००५–२००६)
    ८०,७०८ (सन् २००६–२००८)
    ८०,५५२ (सन् २००८–२०१०)
    ८०,७२० (सन् २०१०–२०११)
    ८०,६४५ (सन् २०१२–२०१३)
    ८०,६६७ (सन् २०१४)
उपस्थिति कीर्तिमान८३,०००
६ खेलहरू
मैदान आकार१०५ × ६८ मी (३४४ × २२३ फिट)
निर्माण
निर्माणसन् १९७१–१९७४
खुला२ अप्रिल १९७४
मर्मत सम्भारसन् १९९२, सन् १९९५–९९, सन् २००२–०३, सन् २००६
निर्माण लागतदोएच्स मार्क ३२.७ मिलियन (सन् १९७४)
अनुमानित २०० मिलियन (सन् २००६)
वास्तुकारप्लानुङ्गस्ग्रुप्पे द्राथलर
भाडावाल
बोरुसिया डर्टमन्ड (सन् १९७४–हाल)
जर्मनी राष्ट्रिय फुटबल टोली (छनोट खेलहरू)

इतिहास सम्पादन गर्नुहोस्

 
रङ्गशालाको चम्किँदै गरेको बाहिरपट्टिको एक भाग
 
सन् २०१० मा खिचिएको रङ्गशालाको एक दृश्य

यस रङ्गशालालाई सन् १९७४ को फिफा विश्वकपको लागि तीन वर्ष लगाएर (सन् १९७१ देखि १९७४ सम्म) निर्माण गरिएको थियो। प्रारम्भिक चरणमा यस रङ्गशालामा ५४,००० दर्शक अटाउने क्षमता रहेको थियो। यस रङ्गशाला निर्माण गर्न कुल ३ करोड १७ लाख दोएच्स मार्क (जर्मन मार्क) लागेको थियो जुन यस रङ्गशालाको आकारको तुलनामा सस्तो मूल्य मानिएको थियो। पछि डर्टमन्ड सहरको प्रशासनले नयाँ बनावटका साथ यसलाई पुन निर्माण गर्ने निर्णय गरेको थियो। सङ्घीय सरकार र उत्तरी राइन राज्यले यस रङ्गशाला निर्माण लागतको अधिकांश खर्च व्यहोरेको थियो।

यस रङ्गशालामा २ अप्रिल १९७४ मा बोरुसिया डर्टमन्ड र उक्त क्लबको पुरानो प्रतिद्वन्दी शाल्के ०४ बीचको चन्दा उठाउने अभिप्रायले खेल खेलाइएको थियो। क्लबले आर्थिक रूपमा त्यस समयको कमजोर बोरुसिया डर्टमन्डका लागि निःशुल्क रूपमा खेल खेलेको थियो जसमा साल्के ०४ ले ३-० को जित निकाल्न सफल भएको थियो। यस रङ्गशालामा पछि महिला फुटबल क्लबहरूका बीच पनि खेल खेलाइएको थियो। डार्टमन्ड सहरको टिबिभि मेनजेड ०८ र भिएफबि वाल्ट्रपका महिला टोलीहरूका बीच यसमा प्रथम पटक महिला खेल भएको थियो जसमा भिएफबी वाल्ट्रपले २-१ को जित निकालेको थियो। उक्त खेलमा अपरान्ह ६:१८ मा मार्गरेट स्फेफरहफले पहिलो गोल गरेकी थिइन्।

७ अप्रिल १९७४ मा, पहिलो स्तरीय खेल बोरुसिया डर्टमन्ड र बायर उरिडिनगेन बीच नयाँ रङ्गशालामा भएको थियो जसमा सो खेल गोलहित बराबरीमा टुङ्गिएको थियो। यस रङ्गशालामा खेलिएको पहिलो बुन्डेसलिगा खेल २ अप्रिल १९७६ मा भिफिएल बोचम र एफसी शल्के ०४ बीच भएको थियो। यो खेलमा साल्के ०४ले ४-१ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो। बुन्डेसलिगा लिगको उक्त खेलमा इर्विन क्रेमर पहिलो गोलकर्ता थिए। त्यस समयमा, बोरुसिया दोस्रो बुन्डेसलिगा उत्तरमा खेलिरहेको थियो।

सन् १९९० को दशकसम्म यो रङ्गशाला लगभग अपरिवर्तित रूपमा रहेको थियो। सन् १९९२ मा डर्टमन्ड सहरको भवन विभागले उभिएर खेल हेर्न बाध्य दर्शकहरूलाई बसेर खेल हेर्नका लागि उपयुक्त रूपमा बस्ने ठाउँ व्यवस्था गर्दै रङ्गशालामा ठूलो रूपान्तरण गरेको थियो जसले गर्दा दर्शक क्षमता ४२,८०० मा घटेको थियो।

१६ मे २००१ मा, लिभरपुल फुटबल क्लब र डेपोर्टिभो अलाभसबीच २०००/०१ युइएफए कपको फाइनल यस‌ै रङ्गशालामा भएको थियो जसमा लिभरपुलले उक्त खेल सुनौलो गोलको सहायताले ५-४ को अन्तरले जित्न सफल भएको थियो।[७]

परिमार्जन र विस्तार सम्पादन गर्नुहोस्

सन् १९९५ देखि १९९९ बीचमा रङ्गशालामा पहिलो नवीकरण चरण सम्पन्न भएको थियो। यसको उद्देश्य माथिल्लो तह स्थापित गरेर बढाउने र विस्तार गर्ने थियो। यो मैदानको लामो किनारमा पश्चिम र पूर्व क्षेत्रबाट सुरू भएको थियो। दुईवटा विशाल स्थलको विस्तार पछि, वेस्ट फालेन स्ट्याडियनको क्षमता ५५,००० दर्शकहरू थाम्न सक्ने भएको थियो। यो विशाल क्षेत्र पश्चिम तर्फ रहेको छ जहाँ एक अति महत्त्वपूर्ण क्षेत्र पनि स्थापित भएको थियो।

विस्तारको दोस्रो चरणमा, उत्तर र दक्षिण क्षेत्रहरूलाई पनि विस्तार गरिएको थियो। उत्तरी क्षेत्र तर्फ बस्ने ठाउँ माथिल्लो तह अनुरुप निर्माण गरिएको थियो। त्यसबेला देखि, दक्षिणी क्षेत्रले लगभग २५,००० दर्शकहरूलाई बसेर हेर्ने उपयुक्त ठाउँको सृजना गरेको छ जसले गर्दा यो युरोपको सबैभन्दा ठूलो रङ्गशाला हुन पुगेको थियो। यस विस्तार पछि, रङ्गशालाले कुल ६८,६०० दर्शक क्षमताको प्रस्ताव राखेको छ। अन्तर्राष्ट्रिय खेलहरूमा, यस रङ्गशालाले छोटो समय भित्रमा नै बस्ने ठाउँको प्रयोग गरेको थियो जसले गर्दा दर्शक क्षमता करीव १५,००० ले घटाइएको थियो। अन्तर्राष्ट्रिय खेलहरूका लागि यसको निर्माण पहिलो चरण होचिटाइफ एजी र दोस्रो चरणमा ओस्नाब्रुक निर्माण समूह कोस्टर एजीद्वारा गरिएको थियो। तेस्रो चरणको विस्तार सन् २००२ र सन् २००३ को बीचमा गरिएको थियो जसको उद्देश अघिल्लो रङ्गशालाको कुनाहरू बन्द गर्नु यसको क्षमता बढाउनु थियो।[८]

तेस्रो चरणको विस्तार पछि, यस रङ्गशालाको क्षमता लगभग ८३,००० दर्शकहरू पुगेको थियो। उत्तरी क्षेत्रको बाहिर चम्काइएको थियो भने, भित्र खानपान गर्ने क्षेत्रहरू रहेका थिए। रङ्गशालालाई विभिन्न प्रकारका धातुहरूको प्रयोग गरी चम्काइएको थियो जसलाई यसको छतबाट विस्तार गरिएको थियो र यसलाई सहरका धेरै स्थानहरूबाट प्रष्ट रूपमा देखिने बनाइएको थियो।

सन् २००६ को विश्वकपको लागि रङ्गशला तयार पार्न अन्तिम मर्मत कार्य सन् २००५ को ग्रीष्मकालीन विश्राममा डर्टमन्डमा योजना समूह ड्रटलरका वास्तुशिल्पहरूले गरेका थिए। एक विद्युतिय पहुँच प्रणालीको स्थापना गरिएको थियो, अशक्तहरूका लागि ठाउँ थपेको थियो, अति महत्त्वपूर्ण क्षेत्र, खेलाडीहरूको विश्राम स्थल र सरसफाइ सुविधाहरूमा विशेष रूपले रूपान्तरण गरिएको थियो। रङ्गशालाको पुनर्निर्माणको कारण १,५०० दर्शक क्षमता गुम्न पुगि र रङ्गशालाले ८१,२६४ दर्शकहरूको लागि स्थान प्रदान गरेको थियो।

युरोपेली फुटबल महासङ्घले यस रङ्गशालालाई उच्च दर्जा दिएको घोषण गरेको थियो। यो रङ्गशालामा च्याम्पियन्स लिग वा युरोपा लिगका फाइनल खेल खेलाउन लायक भएको पनि युइएफएले जानकारी दिएको थियो।

दक्षिणी क्षेत्र तर्फ दर्शकहरूको बढी चाप रहेका कारण आफ्ना बालबालिकाहरूको निष्ठा जोखिममा रहेको देखेका एक परिवारका सदस्यको आधिकारिक गुनासो पछि, आर्नसबर्ग जिल्ला सरकारले दक्षिण क्षेत्रमा थप खुला स्थानहरूको निर्माणमा जोड दिएको थियो जसले सुरक्षा अवस्थामा सुधार ल्याएको थियो।

उक्त खुला स्थानहरू उम्कने मार्गहरू स्पष्ट राख्ने उद्देश्यका साथ निर्माण गरिएको थियो। रङ्गशालामा केही आपतकालिन अवस्थामा वा दुर्घटना भएको खण्डमा पनि यही बाटोको प्रयोग गरी सजिलैसँग निस्कन सकिने निर्माण टोलीले जानकारी दिएका थिए। कार्यान्वयनको नतिजाको रूपमा, सन् २००६/०७ बुन्डेसलिगा सत्रको सुरुमा रङ्गशालाको क्षमता फेरि ८०,७०८ मा सिमित गरिएको थियो तथापि, अन्तर्राष्ट्रिय खेलहरूमा दर्शकको क्षमता ६५,७१५ रहेको थियो।

बुन्डेसलिगाको सन् २००८/०९ को संस्करणका लागि आधिकारिक क्षमता १५६ ले कम गरी ८०,५५२ मा घटाइएको थियो। सन् २०१०/११ सत्रको सुरूमा, क्षमता अलिकति बढेर ८०,७२० दर्शकहरूमा पुगेको थियो।[९] खराब दृश्यताका कारण दर्शकहरूको गुनासो पछि सङ्ख्या ८ भवनलाई स्थायी कोठामा रूपान्तरण गरिएको थियो। उत्तरी क्षेत्रमा स्थायी स्थानहरूको सङ्ख्यामा वृद्धि भई २९०५ पुगेको थियो। त्यसपछिका विभिन्न समयहरूका यसमा नयाँ नयाँ प्रविधि जडान गरिएका थिए। नयाँ सौर्य प्रणालीको निर्माण र स्थापनाको काम सौर्य कम्पनी क्यु सेलले गरेको थियो जुन सन् २०११/१२ देखि ५ वर्ष सम्मका लागि बोरुसिया डर्टमन्डको प्रयोजकको रूपमा रहेको थियो।[१०]

जुलाई २०१५ मा यो उत्तरी क्षेत्र तर्फको तल्लो तहमा रहेको ६३ भवनलाई लाई सन् २०१५/१६ सत्रमा स्थायी कोठा भवनको रूपमा प्रयोग गरिने घोषण गरिएको थियो। दर्शकहरूको अधिकतम सङ्ख्या ६९२ ले वृद्धि भई ८१,३५९ मा पुगेको थियो। सन् २०१६/१७ सत्रमा दर्शकहरूको अधिकतम सङ्ख्या एकले वृद्धि भएको थियो। सन् २०१९ को गृष्मकालिन विश्रामको समयमा यस रङ्गशालामा केही आधुनिकीकरण कार्य गरिएको थियो। [११]

विस्तृत दृश्य सम्पादन गर्नुहोस्

सन् २०१० को सुरुवात तिरको रङ्गशालाको एक विस्तारित दृश्य (१३,००० दर्शकहरू)
रङ्गशालाको एक विस्तृत दृश्य

नाम परिवर्तन सम्पादन गर्नुहोस्

 
सिग्नल इडुना पार्कको सडक चिन्ह

१ डिसेम्बर २००५ मा, सिग्नल इडुना पार्कको नाम आधिकारिक रूपमा वेस्टफेलिया स्टेडियोमा परिवर्तन गरिएको थियो। बोरुसिया डर्टमन्डले हाल रङ्गशाला नामकरण अधिकारहरूको लागि खेलकुद सफलताको साथ ५० लाख युरो कमाइरहेको छ। बोरुसिया डर्टमन्ड र सिग्नल इडुना समूह बीच पुन: नामाकरणका लागि सम्झौता सन् २०२६ सम्म मान्य हुने छ। [१२] डाउनटाउन वेस्टको जिल्ला परिषदले सन् २००७ को सुरुमा रङ्गशालाको नजिक एउटा सडकको नाम वेष्टफल्नस्ट्याडियोन दिने निर्णय गरेको थियो। क्लबले यो निर्णयलाई प्रायोजकको लागि असंवेदनशीलको रूपमा मूल्याङ्कन गरेको थियो, जबकि धेरै बोरुसियन डर्टमन्डका प्रशंसक र डर्टमन्ड सहरका मानिसहरू परम्परागत नाम सडकमा कायम रहेकोमा खुसी भएका थिए।

२ डिसेम्बर, २००३ मा, वेस्टफालेनस्टेडियनमा नाम बोर्डहरू "अली-सामी-यन-स्टेडियन", लेखिएको थियो जुन इस्तानबुलको क्लब गालातासारी पूर्व गृह मैदान हो।[१३] सन् २००३/०४ युइएफए च्याम्पियन्स लिगमा यस टोली र युभेन्टस बीचको खेल आतङ्कवादको जोखिमका कारण डार्टमन्ड रङ्गशालामा सारिएको थियो भने उक्त खेलमा गलातासरीले खेल २-० ले खेल जितेको थियो।[१४]

युइएफए च्याम्पियन्स लिगमा खेलहरूका लागि, यस रङ्गशालाको नाम आधिकारिक रूपमा बिभिबि स्ट्याडियन डर्टमन्ड हो।[१५]

१९७४ फिफा विश्वकप सम्पादन गर्नुहोस्

सन् १९७४ को फिफा विश्वकपमा, वेस्टफालेनस्ट्याडियनले तीन समूह चरण खेलहरू र एउटा अन्तिम समूह खेल आयोजना गरेको थियो। रङ्गशालाको अधिकतम क्षमता ५४,००० रहेको थियो थियो।

मिति टोली #१ नतिजा टोली #२ चरण दर्शकहरू
१४ जुन १९७४   स्कटल्यान्ड २–०  जायरे समूह २ २५,०००
१९ जुन १९७४   नेदरल्यान्ड ०–०   स्विडेन समूह ३ ५३,७००
२३ जुन १९७४   नेदरल्यान्ड ४–१   बुल्गेरिया समूह ३ ५२,१००
३ जुलाई १९७४   नेदरल्यान्ड २–०   ब्राजिल समूह १ ५२,५००

२००६ फिफा विश्वकप सम्पादन गर्नुहोस्

सन् २००६ को फिफा विश्वकप खेलाइएका स्थानहरू मध्ये यो रङ्गशाला पनि एक थियो। प्रायोजन सम्झौताको कारण, विश्वकपको बेलामा यस रङ्गशालालाई फिफा विश्वकप रङ्गशाला डार्टमन्ड भनिएको थियो।

प्रतियोगिताको दौरान यस रङ्गशालामा छ वटा खेलहरू खेलाइएका थिए, जसमा जर्मनीको यस रङ्गशालामा पहिलो हार समावेश छ। उक्त खेलमा इटालीले २-० ले जर्मनी माथि जीत हासिल गर्न सफल भएको थियो। साथै, ट्रिनिडाड र टोबागोले विश्वकपको आफ्नो पहिलो खेल, स्विडेन विरूद्ध यही रङ्गशालामा खेलेको थियो।

मिति समय टिम #१ नतिजा टोली #२ चरण दर्शकहरू
१० जुन २००६ १८:००   ट्रिनिडाड र टोबागो ०–०   स्विडेन समूह २ ६२,९५९
१४ जुन २००६ २१:००   जर्मनी १–०   पोल्यान्ड समूह १ ६५,०००
१९ जुन २००६ १५:००   टोगो ०–२   स्विट्जरल्यान्ड समूह ७ ६५,०००
२२ जुन २००६ २१:००   जापान १–४   ब्राजिल समूह ६ ६५,०००
२७ जुन २००६ १७:००   ब्राजिल ३–०   घाना १६ को चरण ६५,०००
४ जुलाई २००६ २१:००   जर्मनी ०–२   इटाली सेमिफाइनल ६५,०००

जर्मनी राष्ट्रिय फुटबल टोलीका खेलहरू सम्पादन गर्नुहोस्

यस रङ्गशालामा जर्मनी राष्ट्रिय फुटबल टोलीले निम्न लिखित खेलहरू खेलेको थियो:

१७ अप्रिल १९७४, मैत्रीपूर्ण खेल
  जर्मनी   हङ्गेरी ५:०
२८ फेब्रुअरी १९७६, युरो कप छनोट खेल
  जर्मनी   माल्टा ८:०
१४ डिसेम्बर १९७७, मैत्रीपूर्ण खेल
  जर्मनी   वेल्स १:१
१८ नोभेम्बर १९८१, युरो कप छनोट खेल
  जर्मनी   अल्बानिया ८:०
१४ मे १९८६, मैत्रीपूर्ण खेल
  जर्मनी   नेदरल्यान्ड ३:१
४ अक्टोबर १९८९, युरो कप छनोट खेल
  जर्मनी   फिनल्यान्ड ६:१
१० सेप्टेम्बर १९९७, युरो कप छनोट खेल
  जर्मनी   आर्मेनिया ४:०
८ सेप्टेम्बर १९९९, युरो छनोट खेल
  जर्मनी   उत्तर आयरल्यान्ड ४:०
१४ नोभेम्बर २००१, युरो कप छनोट खेल
  जर्मनी   युक्रेन ४:१
१० सेप्टेम्बर २००३, युरो कप छनोट खेल
  जर्मनी   स्कटल्यान्ड २:१
२२ मार्च २००६, मैत्रीपूर्ण खेल
  जर्मनी   संयुक्त राज्य अमेरिका ४:१
१४ जुन २००६, फिफा विश्वकप
  जर्मनी   पोल्यान्ड १:०
४ जुलाई २००६, फिफा विश्वकप
  जर्मनी   इटाली ०:२
११ अक्टोबर २००८, युरो कप छनोट खेल
  जर्मनी   रूस २:१
९ फेब्रुअरी २०११, मैत्रीपूर्ण खेल
  जर्मनी   इटाली १:१
७ सेप्टेम्बर २०१४, युरो कप छनोट खेल
  जर्मनी   स्कटल्यान्ड २:१
२२ मार्च २०१७, मैत्रीपूर्ण खेल
  जर्मनी   इङ्ल्यान्ड १:०
९ अक्टोबर २०१९, मैत्रीपूर्ण खेल
  जर्मनी   अर्जेन्टिना २:२

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Borussia Dortmund simplifies group structure / Corporate News / IR News / BVB Aktie", aktie.bvb.de  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०७ मिति
  2. २.० २.१ "Dortmunds Stadionkapazität erhöht sich" (जर्मनेलीमा), Kicker, १६ जुलाई २०१५, अन्तिम पहुँच १७ जुलाई २०१५ 
  3. ३.० ३.१ "SIGNAL IDUNA PARK, Bayern Munich" (जर्मनेलीमा), stadionwelt.de, अन्तिम पहुँच २६ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण २७ नोभेम्बर २०१५ मिति
  4. "30 Jahre Westfalenstadion", मूलबाट २३ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ डिसेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २३ फेब्रुअरी २०१४ मिति
  5. "INFO" (जर्मनेलीमा), Borussia Dortmund, २०१८-०६-१०, अन्तिम पहुँच २०१८-०६-१० 
  6. "Bundesliga-Vergleich - So viele Dauerkarten verkauften die 18 Klubs!", Sport Bild (जर्मनेलीमा) (Berlin: BILD GmbH & Co. KG), २८ जुलाई २०१५, अन्तिम पहुँच १ अगस्ट २०१५ 
  7. "Inhalte aus der deutschen Wikipedia", जर्मनेली विकिपिडिया, अन्तिम पहुँच जनवरी २०२० 
  8. http://www.derwesten.de/staedte/dortmund/Nach-Umbau-hat-das-BVB-Stadion-fuenf-neue-Videowaende-Oekostrom-und-Rasensolarium-id4839878.html वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२९ मिति
  9. Steffi Tenhaven (२०१०-०८-०४), "Bald passen noch mehr Fans ins Stadion", Lensing Medien GmbH & Co. KG, अन्तिम पहुँच २०१२-०८-२६ [dead link]
  10. Borussia Dortmund baut Solaranlage fürs Stadiondach वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-१८ मिति, WAZ vom 14. Juli 2011
  11. Dortmund: Spektakuläre Neuerung im Stadion – BVB baut, was kaum ein Bundesligist hat[dead link] Der Westen vom 14. Juni 2019
  12. "Namensrechte des Westfalenstadions bis 2026 verkauft" वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-०७ मिति, fanzeit.de
  13. Umbenennung 2003, Foto auf stadion-live.de
  14. "Champions League 2019/20 - alle News und Infos", rp-online.de, अन्तिम पहुँच २०२०-०१-२६ 
  15. "Spieldaten des BVB", युइएफए, २०१२-०९-१९। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्