प्वाँख केही प्राणीहरू, विशेषगरि पन्छीको शरीरलाई छोप्ने अङ्ग हो वा यसलाई अर्को भाषामा भन्नु पर्दा प्वाँख चराहरूको बाहिरी छालामा टाँसिएर रहने केराटिनले बनेको एक प्रकारको संरचना हो। प्वाँखहरू मिलेर प्वाँखका सतहहरू बन्छन् भने त्यस्ता सतहहरू मिलेर बाहिरी महत्त्वपूर्ण आवरण बन्ने गर्दछ। प्वाँखहरूसँग सम्बन्धित विज्ञानको एक भागलाई जर्मनेली भाषामा प्लुमलोगी भनिन्छ।[१]

भिन्न भिन्न प्वाँखहरू
उडिरहेका पन्छीहरूका स्पष्ट रूपमा देखिएका प्वाँखहरू

प्वाँखहरूले एकातिर चरालाई पानी र चिसोबाट जोगाउँछन् भने अर्को तिर प्वाँखले चराहरूलाई आकर्षक देखाउनुका साथ साथै यसले शत्रुका विरूद्ध छलकपट गर्न पनि मद्दत गर्छ। यसका अतिरिक्त यो दृश्य सञ्चारको माध्यम पनि हो। यसमा अवस्थित ठोस प्रकारको वस्तुले चराहरूलाई उड्नमा मद्दत गर्दछ। यद्यपि एउटा प्वाँख अत्यन्तै हलुका छ भने चराको प्वाँखको तौल यसको अस्थिपञ्जर भन्दा दुई गुणा बढी हुन्छ। पन्छीहरूको शरीरमा हुने प्वाँख आजभन्दा करोडौं वर्ष पहिले पृथ्वीको प्राकृतिक इतिहास अनुसार डायनोसरहरूको शरीरमा समेत हुने गरेको थियो।[२] जीव वैज्ञानिकहरूको अनुसार प्वाँख प्राणीहरूको छाला प्रणालीसँग सम्बन्धित सबैभन्दा जटिल अङ्ग हो।

पन्छीमा हुने प्वाँखको धेरै फाइदा छ। प्वाँखको सहयोगले पन्छीहरू उड्ने गर्छ, चिसो-गर्मी र वर्षाबाट शरीरलाई रक्षा गर्छ, रङ्गको कारण एकआपसमा आफ्नो जातको पहिचान गराउँछ, भालेलाई पोथीतर्फ आकर्षित गर्नमा सहायक हुन्छ, एक-अर्कालाई सङ्केत पठाउनका निम्ति काम आउनुका साथै युद्धमा समेत यसको काम पर्छ।[३]

वास्तवमा प्वाँख पन्छीको छालाको एउटा विशिष्ट प्रकारको श्रृङ्गाकार उद्वर्ध हो, जसले पन्छीलाई हवाई जीवनको आवश्यकतालाई पूर्ति गर्ने गर्छ। यसको कारण पन्छीको शरीरको गर्मी बाहिर निस्कँदैन र तौल बढ्न पाउँदैन।

वयस्क प्वाँख सम्पादन गर्नुहोस्

सामान्य वयस्क प्वाँखमा एउटा लामो र पातुलो अक्षीय मेरुदण्ड हुने गर्छ, जसको दुवैपट्टी स-साना समानान्तर पिच्छिल हुने गर्छ। प्रत्येक पिच्छिलमा धेरै शाखाहरू हुन्छ, जसलाई पिच्छिला भनिन्छ। नजिकैको पिच्छिलाको पिच्छिल सूक्ष्म अंकुशीय पिच्छिलप्रवर्धद्वारा अन्तर्ग्रथित हुन्छ जसको फलस्वरूप झिल्लीमय फलक बन्ने गर्छ। पिच्छिल ढाकिएको तल्लो भागमा सम्बद्ध हुदैनन् र तीनको बनावट असङ्गठित हुने गर्छ।

प्वाँखको प्रकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Manfred Eichhorn (२००५), "Langenscheidt Fachwörterbuch Biologie Englisch : englisch - deutsch, deutsch - englisch", Berlin u. a.: Langenscheidt, पृ: ५३७, आइएसबिएन 3-86117-228-3 
  2. Did Dinosaurs Have Feathers?, Kathleen Weidner Zoehfeld, HarperCollins, 2003, ISBN 978-0-06-445218-2, ... Birds have feathers, but did you know some dinosaurs did too? New fossils have shown that as long as 145 million years ago, some dinosaurs had feathers, just as birds do ...
  3. How Animals Work, DK Publishing, pp. 22, Penguin, 2010, ISBN 978-0-7566-6626-2, ... Birds are the only animals that have feathers and without them, they would be unable to fly. However, feathers have many other important uses. They help keep birds warm and dry, and they can also play a vital part in courtship ...

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्