अनलाइन भिडियो मञ्चद्वारा प्रदान गरिएको भिडियो साझेदारी सेवाले प्रयोगकर्ताहरूलाई इन्टरनेटमा भिडियो उर्ध्वभरण, रूपान्तरण, भण्डारण र भिडियो बजाउन (चलाउन) सक्षम गर्दछ जो प्रायः एक संरचित माध्यम मार्फत सञ्चालन गरिने एक ठूलो मात्राको प्रणाली हो जसले राजस्व उत्पन्न गर्दछ। प्रयोगकर्ताहरूले प्राय: साझेदारी सेवाको वेबसाइट, मोबाइल, डेस्कटप अनुप्रयोग, वा अन्य इन्टरफेन (एपिआई) मार्फत भिडियो सामग्री उर्ध्वभरण गर्न सक्नेछन्। उर्ध्वभरण गरिएको भिडियो सामग्रीहरू सानो लम्बाई, ठूलो लम्बाई र दूरदर्शन कार्यक्रम र चलचित्रहरू मध्ये कुनै एक हुन्छन्। भिडियोमा यसको सेवा प्रदायकले प्रयोगकर्ताहरूलाई विभिन्न प्रकारको इम्बेड अङ्क वा सूत्रहरू सक्षम गर्ने क्षमता प्रदान गर्दछ जसले अन्य भिडियो सामग्री हेर्न अनुमति दिन्छ। यस प्रकारको वेबसाइटलाई भिडियो आयोजक वेबसाइट पनि भनिने गरिएको छ।

सामग्रीहरू सम्पादन गर्नुहोस्

अङ्कीय क्यामरा र मोबाइल फोन छिटो भिडियोहरू कैद गर्न सक्षम छन्। भिडियो साझेदारी सेवाहरू अन्य चीजहरूको माझ, त्यस्ता छोटा चलचित्र वा दृश्यको आत्म प्रकाशनको लागि एक मञ्च हुन्। सामग्रीहरू मुख्य रूपमा यी सेवाका प्रयोगकर्ताहरूबाट आएको हुनाले, यसलाई प्रयोगकर्ता उत्पन्न सामग्री पनि भनिन्छ।[१]

स्व-उत्पादित सामग्रीहरूका अतिरिक्त, तेस्रो पक्षीय वा आंशिक रूपमा सुरक्षित भिडियोहरू यस्ता खालका सेवाहरूमा उर्ध्वभरण गरिन्छन् जसमा साङ्गीतिक भिडियो, दूरदर्शन शृङ्खला वा चलचित्रहरू समावेश छन्।[२] प्रतिलिपि अधिकार उल्लङ्घन, प्रयोगकर्ताहरूका लागि सँधै स्पष्ट रूपमा पहिचान योग्य हुँदैन।

धेरै भिडियो साझेदारी सेवाहरूमा उर्ध्वभरण गरिएका भिडियोहरूका लागि अधिकतम फाइल आकार र लम्बाई निर्धारित गरिएको हुन्छ जसले भिडियो गुणस्तरमा कमी ल्याउँदछ।[३] भिडियोहरूको अधिकतम लम्बाईलाई आंशिक रूपमा धेरै व्यक्तिगत चलचित्रहरूमा विभाजन गर्नबाट बचाउन सकिन्छ।

भिडियो साझेदारीको उद्देश्य (प्रयोगकर्ताहरूका लागि) सम्पादन गर्नुहोस्

  • ब्याण्डविड्थ र आयोजना लाग्ने लागतहरू प्रायः पूर्ण रूपमा मेटाउन;
  • भिडियो सामग्री साझेदारी र अवलोकन गर्नको लागि एक निश्चित स्थान सृजना गर्न;
  • एक प्रयोगकर्ता मैत्री वातावरणको सृजना गर्न जुन सामान्यतया वेब ब्राउजर मार्फत प्राप्त गरिन्छ, र प्रयोगकर्ताद्वारा साना प्रोग्रामिङ अनुभवको साथ सञ्चालन गर्न सकिन्छ।

विवरण सम्पादन गर्नुहोस्

अनलाइन भिडियो मञ्चले सफ्टवेयरको रूपमा सेवाको व्यापार नमूना, आफैं गर भन्ने प्रकारको नमूना वा प्रयोगकर्ताद्वारा उत्पन्न गरिएको सामग्रीको नमूनाहरूको प्रयोग गर्न सक्दछ। भिडियो साझेदारी सेवा, भिडियोको लागि अनलाइनको सामग्रीको उर्ध्वभरण, साङ्केतिक शब्दको प्रयोग, व्यवस्थापन, शैली, वितरण, डाउनलोड, प्रकाशन र सेवाको गुणस्तरका लागि अन्त्य देखि अन्त्य सम्मका उपकरणहरूको साथ आउँदछ।

प्रभाव सम्पादन गर्नुहोस्

सन् २०१० तिर, दैनिक जीवनमा प्रविधि र इन्टरनेटमा आएको वृद्धिले गर्दा भिडियो साझेदारी सेवाहरूले विभिन्न प्रकारको मनोरञ्जन (हास्यास्पद, कार्यक्रम, खेल, वा सङ्गीत), समाचार, वृत्तचित्रहरू र शैक्षिक भिडियोहरूका लागि पोर्टलको रूपमा सेवा गरेका छन्। सामग्रीहरू प्रयोगकर्ताद्वारा उत्पन्न, वा व्यावसायिक उत्पादन वा अन्य किसिमका हुन सक्छन्। मनोरञ्जन उद्योगले साङ्गीतिक भिडियो, चलचित्र र दूरदर्शन कार्यक्रमहरूलाई प्रत्यक्ष रूपमा सार्वजनिक गर्नका लागि यही माध्यमको प्रयोग गर्दछन्। धेरै प्रयोगकर्ताहरूसँग असीमित वेब ठाउँ नहुने हुँदा प्रयोगकर्ताहरूले भुक्तानी सेवा वा इन्टरनेट सेवा प्रदायक प्रस्तावको मार्फत ठाउँ खरिद गर्ने गर्दछन्। भिडियो साझेदारी सेवाहरू विशेष गरी ब्लग, इन्टरनेट मञ्च र अन्य अन्तरक्रियात्मक पृष्ठहरूका साथ क्रमिक रूपमा बढ्दै गइरहेको छ। प्रयोगकर्ताद्वारा उत्पन्न गरिएका भिडियोहरूको आपूर्तिमा वृद्धि ल्याएका छन्। व्यक्तिगत भिडियो वितरणको परम्परागत तरिकाहरू जस्तै डिभिडि, कम गुणस्तर र क्यामेरा फोन भिडियोको उच्च मात्रामा अनुपयुक्त छन्। यसको विपरीत, हालको इन्टरनेट जडानहरू मोबाइलमा खिचिएको भिडियोहरूका लागि उपयुक्त छन्। अघिकाङ्श मानिसहरूको आफ्न‌ै वेब सेवकहरू हुँदैनन् जसले गर्दा प्रयोगकर्ताद्वारा उत्पन्न गरिएको भिडियोको माग बढेको छ।[४][५]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "„Neue Konkurrenz durch User Generated Content“"  वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-१० मिति
  2. YouTube löscht fast 30.000 Videos nach Beschwerden von Rechteinhabern auf heise online
  3. Beispiele: YouTube, MyVideo Eine Auflistung der maximalen Dateigröße aller Videoportale gibt es in der englischsprachigen Wikipedia unter
  4. "योग्य अनलाइन भिडियो साझेदारी सेवाहरू", ग्राउण्डवायर डट ओआरजी, अन्तिम पहुँच २०१४-०१-१९ 
  5. दशवटा भिडियो साझेदारी सेवाको तुलना अभिगमन मिति अप्रिल ७ २००६