एन्ड्रोइड (सञ्चालन प्रणाली)
एन्ड्रोइड लिनक्समा आधारित मोबाइलको अपरेटिङ सिस्टम हो।यो विशेषत ट्ब्याब्लेट कम्प्युटर तथा स्मार्ट मोबाइल फोनहरूमा प्रयोग गरिएको पाइन्छ।यो गूगलको अग्रसरतामा ओपन हान्डसेट एलाईन्सले विकसित गरेको हो।यो ओपन सोर्स प्रोग्राम हो जहाँ जाभा प्रोग्रामिङ भाषामा आधारित भइ जो कोइले पनि स्वतन्त्ररूपमा कोड लेख्न सक्दछ। आजको स्मार्टफोन विश्व बजारमा एन्ड्रोइड को प्रमुख हिस्सा रहिआएको छ।
जस्ता विश्व बिख्यात मोबाइल कम्पनिहरूले एन्ड्रोइड मा आधारित मोबाइलको उत्पादन तथा बिक्रि बितरण गर्दछन। एन्ड्रोइड मा विकासकर्ताहरूको ठूलो समुदाय छ,जस्ले एप्स लेख्ने गर्दछन ,एप्सले मोबाइल फोनको कार्यक्षेत्र बढाउँदछ।हाल अनुमानित ४००,००० एप्सहरू उप्लब्ध छन एन्ड्रोइड मा कुल ६००,००० मध्ये।ती एप्सहरू गूगलको एप्स भण्डार एन्ड्रोइड मार्केटबाट डाउनलोड गर्न सकिन्छ अथवा थर्ड पार्टी साइटबाट पनि सिधै डाउनलोड गर्न सकिन्छ।
इतिहाससम्पादन
एन्ड्रोइड निगम पालो एल्टो,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिकामा सन २००३मा एन्डि रूविन(सायक संस्थापक डेन्जर),रिच मिनर(सायक संस्थापक वाइल्ड फायर कम्युनिकेसन) ,निक सियर,तथा क्रिस् वाइटले(डिजान तथा इन्टरफेस विकास प्रमुख वेवटिभी),रूविनकै शब्दमा "...स्मार्ट मोबाइल जो मालिकको स्थान तथा रोजाइहरूको जानकारी राख्न सक्दछ"त्यस्ता स्मार्ट फोन विकास गर्ने हेतुले स्थापना गरेका थिए। सोहि वर्ष रूविनलाई पैशाको अभाव भयो र उनले स्टिभ पर्लम्यानसँग $१००,००० सापटि लिएका थिए। गूगलले एन्ड्रोइड निगमलाई अगस्ट २००५मा किनेको थियो।गूगलले किने पश्चात पनि यसका संस्थापकहरू एन्डि रूविन ,रिच मिनर, क्रिस् वाइट एन्ड्रोइड सँग आबद्द रहिरए।गूगलले एन्ड्रोइड लाई किन्दासम्म त्यति केही जानकारी थिएन तर पनि धेरैले गूगल मोबाइलको बजारमा छिरिसकेको अनुमान लगाएका थिए।
एन्ड्रोइड भर्सनसम्पादन
यस मानचित्रमा एन्ड्रोइड डिभाइसले हालै गुगल प्ले स्टोरमा गर्दै आएको उपयोग तथा एन्ड्रोइड भर्सनको हालसम्म बजार स्थिति देखाइएको छ (तथ्य ५ अक्टोबर २०१५ सम्मको हो)[१]
भर्सन | कोड नाम | जारि मिति | एपिआई स्तर | वितरण |
---|---|---|---|---|
५.१.x | लोलिपप | मार्च ९,२०१५ | २२ | ७.९ % |
५.०-५.०.२ | नोभेम्बर ३,२०१४ | २१ | १५.६% | |
४.४-४.४.४ | किटक्याट | अक्टोबर ३१,२०१३ | १९ | ३८.९ % |
४.३.x | जेली बिन | जुलाई २४,२०१३ | १८ | ४.३ % |
४.२.x | नोभेम्बर १३,२०१२ | १७ | १४.५% | |
४.१.x | जुलाई ९,२०१२ | १६ | ११.४ % | |
४.०.३–४.०.४ | आइस क्रिम स्यान्ड विच | डिसेम्बर १६,२०१२ | १५ | ३.४ % |
२.३.३–२.३.७ | जीन्जर ब्रेड | फेब्रुअरी ९,२०११ | १० | ३.८ % |
२.२ | फ्रोयो | मे २०,२०१० | ८ | ०.२ % |
प्रयोगसम्पादन
एन्ड्रोइड को अपरेटिङ सिस्टम धेरै जसो इलोक्ट्रोनिक्स साधनहरूमा हुन्छ।यसको प्रयोग स्मार्टफोन, ल्यापटप, नेटबुक, ट्याबलेट कम्प्युटर , गूगल टिभी, रिस्टवाच, हेडफोन, कार सिडि, डिभिडि प्लेयर तथा अन्य साधनहरूमा हुन्छ। यसको मुख्य हार्डवेर प्ल्याटफर्म भनेको एआरएम आर्किटेक्चर हो।
सन्दर्भसम्पादन
- ↑ "Dashboards", Android Developers, android.com, २०१३-१२-०२, अन्तिम पहुँच २०१३-१२-०३।
बाह्य लिङ्कसम्पादन
विकिसमाचारमा यससँग सम्बन्धित समाचार छ: Google Android smartphone sales triple in the UK this year |
विकिमिडिया कमन्समा एन्ड्रोइड (सञ्चालन प्रणाली) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- आधिकारिक वेबसाइट
- एन्ड्रोइड (सञ्चालन प्रणाली) कर्लीमा
- Car mechanic simulator 2015 mods Patch - Android and windows Mods
- Android: Building a Mobile Platform to Change the Industry: lecture given by Google Mobile Platforms Manager, Richard Miner at Stanford University (video archive)
- Android Internals: Fragment of a course detailing the architecture of Android and interaction of its components
- Diagram of Android internals
विकिमिडिया कमन्समा एन्ड्रोइड (सञ्चालन प्रणाली) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |