सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ। यो व्यक्तिहरू र समुदायलाई साझा सहभागी बनाउने एउटा माध्यम पनि हो।[१][२] यसको उपयोग सामाजिक सम्बन्ध वाहेक उपयोगकर्ता सामग्रीलाई संशोधनको लागि उच्च पारस्परिक मञ्च बनाउनको लागि मोबाइलवेब आधारित प्रविधिको प्रयोगको रूपमा समेत हेर्न सकिन्छ।[२]

स्वरूप सम्पादन गर्नुहोस्

सामाजिक सञ्जालको धेरै रुप छन् जसमा इन्टरनेट फोरम, वेबलग, सामाजिक ब्लग, माइक्रोब्लगिङ, विकी, सामाजिक सञ्जाल, पोडकास्ट, तस्वीर, भिडियो, चलचित्र आदि सबै आउने गरेको छ। आफ्नो सेवाहरू अनुसार सामाजिक सञ्जालको लागि धेरै सञ्चार प्रविधिहरू उपलब्ध छ।[२][३] उदाहरणको लागि-

 
फेसबुक– विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल वेबसाइट
  • सहयोगी परियोजना (उदाहरणको लागि, विकिपिडिया)
  • ब्लग र माइक्रोब्लग (उदाहरणको लागि, ट्विटर)
  • सामाजिक खबर सञ्जाल वेबसाइट (उदाहरणको लागि, डिग र लेकरनेट)
  • सामग्री समुदाय (उदाहरणको लागि, युट्युबडेलिमोसन)
  • सामाजिक सञ्जाल वेबसाइट (उदाहरणको लागि, फेसबुक)
  • आभासी खेल संसार (उदाहरको लागि, वर्ल्ड अफ वारक्राफ्ट)
  • आभासी सामाजिक संसार (जस्तै सेकेन्ड लाइफ)

विशेषता सम्पादन गर्नुहोस्

सामाजिक सञ्जालमा पहुँच, आवृत्ति, प्रयोग, ताजापन र स्थायित्व जस्ता तत्वहरू सामेल रहेका छन्। निएलसनका अनुसार ‘इन्टरनेट प्रयोगकर्ताहरू अन्य वेबसाइटहरूको अपेक्षा सामाजिक सञ्जाल वेबसाइटहरूमा बढी समय व्यतित गर्ने गर्छन्।

वर्तमान विश्वमा दुई किसिमको सभ्यता, भर्चुअल र भौतिक सभ्यताको सुरुवात भइसकेको छ। आउने केही दशकभित्रै संसारको जनसङ्ख्याभन्दा दुई तीन गुणा बढी जनसङ्ख्या इन्टरनेटमा देखा पर्नेछन्। वास्तवमा बदलिदो परिवेशसँगै इन्टरनेट एउटा यस्तो प्रविधिको रूपमा हाम्रो सामुन्ने आएको छ जो उपयोगको लागि सबैलाई उपलब्ध छ र सर्वहितमा छ।[४][५][६][७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Kietzmann, Jan H.; Kristopher Hermkens (२०११), "Social media? Get serious! Understanding the functional building blocks of social media", Business Horizons (Submitted manuscript) 54 (3): 241–251, डिओआई:10.1016/j.bushor.2011.01.005 
  2. २.० २.१ २.२ Obar, Jonathan A.; Wildman, Steve (२०१५), "Social media definition and the governance challenge: An introduction to the special issue", Telecommunications Policy 39 (9): 745–750, एसएसआरएन 2647377, डिओआई:10.1016/j.telpol.2015.07.014 
  3. Kaplan Andreas M.; Haenlein Michael (२०१०), "Users of the world, unite! The challenges and opportunities of social media", Business Horizons 53 (1): ६१, डिओआई:10.1016/j.bushor.2009.09.003, मूलबाट २०११-११-२४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०११-११-२४ मिति
  4. "सामाजिक सञ्जालको सदुपयोग कि दुरुपयोग ?" (नेपालीमा), अन्तिम पहुँच २०२०-०१-३०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-३० मिति
  5. "सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने ?", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०२०-०१-३० 
  6. "सामाजिक सञ्जालको कति धेरै बेफाइदा !", Ujyaalo Online (नेपालीमा), अन्तिम पहुँच २०२०-०१-३० 
  7. "सामाजिक सञ्जाल दुरुपयोग बढी, सदुपयोग कम", प्रशासन (नेपालीमा), २०१९-०२-१९, अन्तिम पहुँच २०२०-०१-३०