युइएफए च्याम्पियन्स लिग
युइएफए च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घद्वारा आयोजित एक महाद्वीपीय क्लब फुटबल प्रतियोगिता हो जसमा शीर्ष-विभाजित युरोपेली क्लबहरूले प्रतिस्पर्धा गर्दछन्। यो विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो र युरोपेली फुटबलमा सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धा पनि हो। युइएफए च्याम्पियन्स लिगको फाइनल विश्वभर सबैभन्दा धेरै हेरिएको वार्षिक खेल हो। २०१२-१३ संस्करणको च्याम्पियन्स लिगको फाइनल सबैभन्दा बढी दूरदर्शन मुल्याङ्कन पाएको थियोे र यो खेल ३६ करोड टेलिभिजन दर्शकहरूले प्रत्यक्ष हेरेको थिए।
![]() | |
स्थापना | १९५५ |
---|---|
क्षेत्र | युरोप (युइएफए) |
समूह सङ्ख्या | ३२ (समूह चरण) ७९, ८० वा ८१ (जम्मा) |
वर्तमान विजेता | ![]() |
सबैभन्दा सफल क्लब | ![]() |
टेलिभिजन सहयोगी | युइएफए च्याम्पियन्स लिगका प्रसारणकर्ताहरू |
वेबसाइट | uefa.com |
![]() |
यो प्रतियोगिता सन् १९५५ मा युरोपेली च्याम्पियन्स क्लब कपको नामबाट स्थापना गरिएको थियो जसलाई सामान्यतया युरोपेली कप पनि भनिन्थ्यो। यो सुरुमा सोझो नकआउटक प्रतियोगिता थियो जुन प्रत्येक राष्ट्रिय प्रतियोगिताबाट प्रतिनिधित्व गर्ने विजेता क्लबहरूको लागि मात्र उपलब्ध रहेको थियो। सन् १९९२ देखि यस प्रतियोगिताको नाम हालको नामबाट खेल खेलाउन सुरु गरिएको थियो जसमा राउन्ड रोबिन र समूह चरण समावेश गरिएको थियो र युरोपका केही फुटबलमा उत्कृष्ट देशहरूबाट सहभागीहरूलाई सोही ढाँचा अनुसार खेल खेलाइएको थियो।[२]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "सिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिग", अनलाइन खबर, अन्तिम पहुँच जेष्ठ १७, २०७८।
- ↑ "फुटबलको प्रिमियर क्लब प्रतियोगिता", युरोपेली फुटबल सङ्घ, ३१ जनवरी २०१०, अन्तिम पहुँच २३ मे २०१०।