महानतम भारतीय

सर्वेक्षण

महानतम भारतीय (अङ्ग्रेजी: The Greatest Indian) सिएनएन आइबिएनहिस्ट्री च्यानलसँगको साझेदारीमा रिलायन्स कम्युनिकेसन्सद्वारा प्रायोजित र आउटलुकद्वारा आयोजित सर्वेक्षण थियो । सन् २०१२ सालको जून देखि अगस्ट सम्म आयोजित यस सर्वेक्षणसँग सम्बन्धित कार्यक्रम टेलिभिजनमा प्रसारण गरिएको थियो । ११ अगस्टमा बाबासाहेब आम्बेडकरलाई यस सर्वेक्षणमा विजयी घोषणा गरिएको थियो ।[१]

बाबासाहेब आम्बेडकरलाई "महानतम भारतीय" घोषणा गरिएको थियो ।

"आजको भारत सन् १९४७ मा स्वतन्त्रता पाएको भारतको तुलनामा अत्यन्तै परिवर्तित छ । लाखौँ भारतीयका योगदानका कारणले यस राष्ट्र अहिलेको स्थानमा पुग्न सफल भएको छ । यो सर्वेक्षण स्वतन्त्र भारतमा सबैभन्दा बढी योगदान पुर्याउने ती एक व्यक्ति पत्ता लगाउने प्रयास हो ।"[२]

मनोनयन र निर्वाचन प्रक्रिया सम्पादन गर्नुहोस्

अभिनेता, लेखक, खेलाडी, उद्यमी तथा आ-आफ्ना क्षेत्रमा ख्याती प्राप्त गरेका व्यक्तित्वलाई समावेश गरिएको २८ जना सदस्यको निर्णायक मण्डलको समक्ष १०० नामको सूची प्रस्तुत गरिएको थियो ।[३] उक्त निर्णायक मण्डल अन्तर्गत द हिन्दुका भूतपूर्व प्रमुख सम्पादक नरसिंहन राम, आउटलुकका तत्कालका प्रमुख सम्पादक विनोद मेहता, भूतपूर्व भारतीय महाधिवक्ता सोली सोराबजी, बलिउड अभिनेत्री र केन्द्रिय फिल्म प्रमाणन बोर्डकी भूतपूर्व अध्यक्ष शर्मिला टेगोर, क्रिकेट खेलाडी हर्षा भोगले, लेखक चेतन भगत, इतिहासकार रामचन्द्र गुहा, राजनीतिज्ञ तथा लेखक शशि थरूर, उद्यमी नन्दन नीलेकणि, चलचित्र निर्देशक राजकुमार हिरानी, अभिनेत्री शबाना आजमी र राजनीतिज्ञ अरुण जेटली समावेश भएका थिए ।[४][५] उनीहरूलाई प्रदान गरिएको १०० नामको सूचीबाट ५० नामको छनोट गरियो जसलाई सिएनएन आइबिएनका तत्कालीन प्रमुख सम्पादक राजदीप सरदेसाईद्वारा ४ जून २०१२ मा सामान्य जनताको समक्ष सार्वजनिक गरिएको थियो । त्यसपछि शीर्ष १० व्यक्तित्वको छनोट गर्नका लागि निर्णायक मण्डलको मत, अनलाइन मत र नीलसेन कम्पनीको सर्वेक्षणमा दान गरिएको मतलाई समान भार वा महत्त्व दिने गरी निर्वाचन गरिएको थियो ।[३] अनलाइन मतदानमा कुल ७१,२९,०५० जनताले भाग लिएका थिए ।[६] सार्वजनिक मतदान ४ जून देखि २५ जून सम्ममा सकाएर ३ जुलाईमा शीर्ष १० नामलाई सार्वजनिक गरिएको थियो ।[१][७] प्रथम निर्वाचन आयोजना गरेको तरिकाले नै १ जुलाई देखि १ अगस्ट सम्ममा दोस्रो निर्वाचन सम्पन्न गरिएको थियो ।[७] सर्वेक्षणको दोस्रो निर्वाचनमा कुल २,००,००,००० जनताको सहभागिता रह्यो ।[८] ११ अगस्टमा निर्वाचनको विजयीको घोषणा गरिएको थियो ।[९] १४ अगस्ट र १५ अगस्टमा भारतको स्वतन्त्रता दिवसको अवसरमा अमिताभ बच्चनद्वारा आयोजित यस सर्वेक्षणको विशेष कार्यक्रम प्रसारण गरिएको थियो ।[१०]

मूल पचास प्रत्याशीहरूको सूची सम्पादन गर्नुहोस्

महानतम भारतीयको सर्वेक्षण भएको समयमा मूल पचास प्रत्याशीहरूमा पन्ध्र जना भारत रत्नद्वारा सम्मानित भएका थिए, जसमध्ये छ जना महिला थिए । सर्वेक्षणको समयमा सर्वाधिक आयु भएका प्रत्याशी ९२ वर्षीय रवि शङ्कर, ८८ वर्षीय अटल बिहारी वाजपेयी र ८७ वर्षीय एम. एस. स्वामीनाथन थिए भने सबैभन्दा सानो उमेरका प्रत्याशी ३९ वर्षीय सचिन तेन्दुलकर थिए ।

  1. डा. बी. आर. आम्बेडकर
  2. ए. पी. जे. अब्दुल कलाम
  3. बल्लभ भाई पटेल
  4. जवाहरलाल नेहरु
  5. मदर टेरेसा
  6. जहाङ्गीर रतनजी दादाभाई टाटा
  7. इन्दिरा गान्धी
  8. सचिन तेन्दुलकर
  9. अटल बिहारी वाजपेयी
  10. लता मङ्गेशकर
  11. जयप्रकाश नारायण
  12. कांशीराम
  13. राममनोहर लोहिया
  14. चक्रवर्ती राजगोपालाचारी
  15. स्याम मानेकश
  16. मुरलीधर देवीदास आमटे
  17. इला भट्ट
  18. विनोबा भावे
  19. कमलादेवी चट्टोपाध्याय
  20. रवि शङ्कर
  21. एम. एस. सुब्बुलक्ष्मी
  22. मकबूल फिदा हुसेन
  23. बिस्मिल्ला खाँ
  24. आर. के. नारायण
  25. आर.के. लक्ष्मण
  26. बेल्लूर कृष्णमचारी सुन्दरराज अयङ्गार
  27. अमिताभ बच्चन
  28. राज कपूर
  29. कमल हासन
  30. सत्यजित राय
  31. ए. आर. रहमान
  32. किशोर कुमार
  33. दिलीप कुमार
  34. देव आनन्द
  35. मोहम्मद रफी
  36. होमी जहाङ्गीर भाभा
  37. धीरूभाई अम्बानी
  38. भर्गीज कुरियन
  39. घनश्यामदास बिडला
  40. एन.आर. नारायणमूर्ती
  41. विक्रम साराभाई
  42. एम. एस. स्वामीनाथन
  43. रामनाथ गोयनका
  44. अमर्त्य सेन
  45. एलात्तुवलपिल श्रीधरन
  46. कपिल देव
  47. सुनील गावस्कर
  48. ध्यानचन्द सिंह
  49. विश्वनाथन आनन्द
  50. मिल्खा सिंह

शीर्ष दस प्रत्याशीहरूको सूची सम्पादन गर्नुहोस्

शीर्ष दस महानतम भारतीयहरूको सूची ।[११] यिनीहरू सबै जना भारत रत्नद्वारा सम्मानित भएका छन् ।
क्रमाङ्क तस्वीर नाम राज्य प्रसिद्धि
  डा. बी. आर. आम्बेडकर
महाराष्ट्र बहुज्ञ, विद्वान्, समाजसुधारक तथा दलित समुदायका नेता, आम्बेडकरलाई भारत गणराज्यका निर्माता मानिन्छ ।[१२][१३][१४][१५][१६][१७] भारतका प्रथम कानुन एवम् न्याय मन्त्री आम्बेडकरलाई भारतीय संविधानका जनक पनि मानिन्छ ।[१८] हिन्दु वर्ण व्यवस्थाको विरोध गरी दलित समुदाय प्रतिको भेदभाव विरुद्ध अभियान चलाएको हुनाले उनलाई उनका अनुयायीहरूले सम्मानको रूपमा "बाबासाहेब" भन्ने गर्छन् ।[१९] नवबौद्ध आन्दोलनसँग पनि सम्बन्ध राख्ने आम्बेडकरले १४ अक्टोबर १९५६ मा आफ्ना करिड पाँच लाख अनुयायीका साथ बौद्ध धर्ममा लागेका थिए ।[२०] उनलाई भारतमा बौद्ध धर्मलाई पुनर्जीवित गराएको श्रेय दिइन्छ ।[२१][२२]
  ए. पी. जे. अब्दुल कलाम तमिलनाडु अन्तरिक्ष तथा सैन्य वैज्ञानिक कलाम भारतको उपग्रह प्रक्षेपण यानमा संलग्न थिए र एकीकृत मार्गदर्शित मिसाइल विकास कार्यक्रमका वास्तुकार थिए । भारतीय राष्ट्रिय अन्तरिक्ष अनुसन्धान समिति, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनरक्षा अनुसन्धान एवम् विकास सङ्गठनमा काम गरेका कलामलाई पछि रक्षा मन्त्रीको वैज्ञानिक सल्लाहकार, रक्षा अनुसन्धान एवम् विकास सङ्गठनको सचिव र महानिर्देशकको पदमा नियुक्त गरिएको थियो ।[२३] सन् २००२ देखि सन् २००७ सम्म उनलाई भारतको एघारौँ राष्ट्रपतिको पदमा छानिएको थियो ।[२४]
  बल्लभ भाई पटेल गुजरात "आइरन म्यान अफ इन्डिया" (अङ्ग्रेजी: "Iron Man of India") भनेर चिनिने पटेल भारतको स्वतन्त्रताका लागि अभियानमा लागेका सामाजिक कार्यकर्ता र भारतका प्रथम उपप्रधानमन्त्री (सन् १९४७ - सन् १९५०) थिए ।[२५] भारतले स्वतन्त्रता प्राप्त गरेपछि सरदार पटेल ५५५ ब्रिटिस भारतीय रियासतको विघटन गरी एकीकृत भारतीय सङ्घको निर्माण गर्न वाप्पला पङ्गुन्नि मेननसँग काम गरेका थिए ।[२६][२७]
  जवाहरलाल नेहरु उत्तर प्रदेश सामाजिक कार्यकर्ता, भारतको स्वतन्त्रताका लागि अभियानमा कार्यरत अभियन्ता तथा लेखक नेहरु भारतका प्रथम तथा सर्वाधिक कार्यकाल भएका प्रधानमन्त्री (सन् १९४७ - सन् १९६०) हुन् । उनलाई भारत रत्नद्वारा सम्मानित गरिएको समयमा उनी स्वयम् भारतका प्रधानमन्त्री थिए ।[२८][२९]
  मदर टेरेसा पश्चिम बङ्गाल
(वर्तमानको उत्तर म्यासेडोनियामा अवस्थित स्कोप्येमा जन्मेकी)
"सेन्ट मदर टेरेसा अफ कलकत्ता" (अङ्ग्रेजी: "Saint Mother Teresa of Calcutta") एक क्याथोलिक नन थिइन् जसले एचआइभी/एड्स, कुष्ठरोग र क्षयरोग लागेका व्यक्तिहरूको स्याहारसुसारका लागि मिसनेरिज अफ च्यारिटी नामक रोमन क्याथोलिक धार्मिक मण्डलीको स्थापना गरेकी थिइन् । उनका मानवीय कार्यका लागि उनलाई सन् १९७९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । १९ अक्टोबर २००३ मा पोप जोन पौल दोस्रोले उनको आत्माले परमानन्द प्राप्त गरोस् भन्ने उद्देश्यले रोमन क्याथोलिक पूजाको आयोजना गरेका थिए । ४ सेप्टेम्बर २०१६ मा पोप फ्रान्सिसद्वारा उनलाई "सेन्ट" (अङ्ग्रेजी: "Saint", अनुवाद: "धर्मात्मा") उपाधि दिइएको थियो ।[३०]

 

जहाङ्गीर रतनजी दादाभाई टाटा महाराष्ट्र उद्योगपति, परोपकारी तथा उड्डयन अग्रगामी टाटाले भारतको प्रथम ध्वजावाहक विमान सेवा एयर इन्डियाको स्थापना गरेका थिए । यसका साथै उनले टाटा मूलभूत अनुसन्धान संस्थान, टाटा स्मारक केन्द्र, टाटा सामाजिक विज्ञान संस्थान, टाटा मोटर्स, राष्ट्रिय प्रगत अनुसन्धान संस्थाननेसनल सेन्टर फर पर्फोर्मिङ आर्ट्सको पनि स्थापना गरेका थिए ।[३१][३२]
  इन्दिरा गान्धी उत्तर प्रदेश "आइरन लेडी अफ इन्डिया" (अङ्ग्रेजी: "Iron Lady of India") भनेर चिनिने गान्धी सन् १९६६ देखि सन् १९७७ सम्म र सन् १९८० देखि सन् १९८४ सम्म भारतको प्रधानमन्त्री थिइन् ।[२८] [३३] सन् १९७१ को भारत-पाक युद्धमा उनको नेतृत्वमा रहेको सरकारले बङ्गलादेशको स्वतन्त्रता युद्धलाई समर्थन गरी बङ्गलादेशलाई स्वतन्त्र मुलुकको रूपमा स्थापित गर्न सहयोग गरेको थियो ।[३४] उनलाई भारत रत्नद्वारा सम्मानित गरिएको समयमा उनी स्वयम् भारतका प्रधानमन्त्री थिइन् ।
  सचिन तेन्दुलकर महाराष्ट्र सन् १९८९ मा क्रिकेट खेलाडीको रूपमा आफ्नो कार्य जीवन सुरु गरेका तेन्दुलकरले आफ्नो दुई दशक भन्दा बढी चलेको कार्यकालमा ६६४ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेका छन् । एक सय अन्तर्राष्ट्रिय शतक हानेका एक मात्र खेलाडी हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रियमा द्वितीय शतक स्कोर गर्ने र ओडिआइ र टेस्ट क्रिकेटमा ३०,००० रन बनाउने उनी एक मात्र खेलाडी हुन् ।[३५][३६]
  अटल बिहारी वाजपेयी मध्य प्रदेश चार दशक सांसद रहेका वाजपेयी नौ पटक लोक सभाको सदस्य, दुई पटक राज्य सभाको सदस्य र तीन पटक भारतको प्रधानमन्त्रीको पदमा नियुक्त गरिएको थियो । उनी सन् १९९६, सन् १९९८ र सन् १९९९ देखि सन् २००४ सम्म भारतका प्रधानमन्त्री भएका थिए ।[२८] उनी सन् १९७७ देखि सन् १९७९ सम्म भारतको विदेश मन्त्री थिए र सन् १९९४ मा उनलाई "सर्वश्रेष्ठ सांसद" घोषणा गरिएको थियो ।[३७]
१०   लता मङ्गेशकर महाराष्ट्र "भारतकी कोकिला" भनेर चिनिने पार्श्वगायिका मङ्गेशकरले सन् १९४० को दशकमा आफ्नो कार्य जीवनमा न्यूनतम ३६ भाषामा गीत गाएकी छिन् ।[३८][३९] सन् १९८९ मा मङ्गेशकरलाई दादासाहेब फाल्के पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।[४०]

परिणाम सम्पादन गर्नुहोस्

११ अगस्ट २०१२ मा बाबासाहेब आम्बेडकरलाई महानतम भारतीय घोषणा गरिएको थियो । सामान्य जनताले यस निर्णयमा सहमति जनाउनुका साथै रामचन्द्र गुहाएस. आनन्द जस्ता प्रख्यात विद्वान् व्यक्तित्वले पनि आम्बेडकरलाई बधाई दिएका थिए ।[३][४१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "The Greatest Indian: Terms of Use", अन्तिम पहुँच ३ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१३ मिति
  2. "The Greatest Indian: FAQ", अन्तिम पहुँच ३ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१३ मिति
  3. ३.० ३.१ ३.२ "The Hindu, 21 July 2012: Indians great, greater, greatest?", अन्तिम पहुँच २ मार्च २०१३ 
  4. "Indian Television, 18 May 2012: History TV18, CNN IBN name jury members for 'The Greatest Indian'", अन्तिम पहुँच २ मार्च २०१३ 
  5. "TwoCircles.net, 5 June 2012: Now vote for 'The Greatest Indian'", अन्तिम पहुँच २ मार्च २०१३ 
  6. "India Info Online, 3 July 2012: HISTORY TV18 & CNN IBN reveals names of 'The Greatest Indian'", अन्तिम पहुँच २ मार्च २०१३ 
  7. ७.० ७.१ "Outlook, 11 June 2012: The Greatest Indian After Gandhi", अन्तिम पहुँच २ मार्च २०१३ 
  8. "The Hindu Business Line, 14 August 2012: Ambedkar voted "Greatest Indian" in poll", अन्तिम पहुँच २ मार्च २०१३ 
  9. "Asian Human Rights Commission, 16 August 2012: INDIA: Dr. B.R. Ambedkar – the greatest Indian", अन्तिम पहुँच २ मार्च २०१३ 
  10. "Indian Television, 13 August 2012: 'Dr. B R Ambedkar is 'The Greatest Indian after the Mahatma'", अन्तिम पहुँच २ मार्च २०१३ 
  11. "A Measure Of The Man", आउटलुक, २० अगस्ट २०१२। 
  12. "Profile: Bhimrao Ramji Ambedkar", इनसाइक्लोपिडिया ब्रिटानिका, मूलबाट ७ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
  13. https://time.com/5770511/india-protests-br-ambedkar/
  14. https://c250.columbia.edu/c250_celebrates/remarkable_columbians/bhimrao_ambedkar.html
  15. https://indianexpress.com/article/parenting/learning/ambedkar-jayanti-2019-facts-babasaheb-for-kids-5672744/
  16. https://www.bloombergquint.com/opinion/in-india-dalits-show-power-of-building-statues
  17. https://www.business-standard.com/article/current-affairs/ambedkar-jayanti-president-pm-pay-tributes-on-129th-birth-anniversary-120041400324_1.html
  18. "Some Facts of Constituent Assembly", भारतीय संसद, राष्ट्रिय सूचना-विज्ञान केन्द्र, मूलबाट ११ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१४ 
  19. जैन, अनुरोध ललित (१४ अप्रिल २०१३), "Let's help realise the vision of Ambedkar for Dalits", द हिन्दु, मूलबाट १४ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१५ 
    • Untouchability, The Dead Cow And The Brahmin, आउटलुक, २२ अक्टोबर २००२, मूलबाट ९ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१५ 
  20. Vajpeyi, Ananya (२७ अगस्ट २०१५), "Owning Ambedkar sans his views", The Hindu, मूलबाट ७ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१५ 
  21. https://thebuddhistcentre.com/stories/ambedkar/
  22. https://thewire.in/religion/buddhism-teachings-ambedkar
  23. "Bio-data: Avul Pakir Jainulabdeen Abdul Kalam", पत्र सूचना कार्यालय, २६ जुलाई २००२, मूलबाट १३ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१४ 
  24. "Former President of India", राष्ट्रपति सचिवालय, मूलबाट १६ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१४ 
  25. "PM Modi pays tributes to Sardar Patel on his death anniversary", नयाँ दिल्ली: आइबिएन लाइभ, १५ डिसेम्बर २०१४, मूलबाट २६ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
  26. Patel's communalism—a documented record, फ्रन्टलाइन, १३ डिसेम्बर २०१३, मूलबाट २ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०१५ 
    • "Sardar Patel: Builder of a Steel Strong India", पत्र सूचना कार्यालय, मूलबाट ५ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०१५ 
    • "Who betrayed Sardar Patel?", द हिन्दु, १९ नोभेम्बर २०१३, मूलबाट ८ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०१५ 
  27. "Profile: Vallabhbhai Jhaverbhai Patel", इन्साइक्लोपिडिया ब्रिटानिका, मूलबाट २ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  28. २८.० २८.१ २८.२ "Prime Ministers of India", प्रधानमन्त्री कार्यालय, मूलबाट ९ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१४ 
  29. गुहा, रामचन्द्र (११ जनवरी २०१४), "Leave it to history: India's best and worst prime ministerse", द टेलिग्राफ, कोलकाता, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१५ 
  30. "Profile: Blessed Mother Teresa", इन्साइक्लोपिडिया ब्रिटानिका, मूलबाट ६ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
    • "Mother Teresa—Biographical", नोबेल फाउन्डेसन, मूलबाट ११ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१४ 
    • "The Nobel Peace Prize 1979", नोबेल फाउन्डेसन, मूलबाट १६ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०१४ 
  31. "Profile: J.R.D. Tata", इन्साइक्लोपिडिया ब्रिटानिका, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
  32. शाह, शशाङ्क; राममूर्ति, भी.ई. (सन् २०१३), Soulful Corporations: A Values-Based Perspective on Corporate Social Responsibility, स्प्रिङ्गर सायन्स एन्ड बिजनेस मिडिया, पृ: १४९, आइएसबिएन 978-81-322-1275-1, मूलबाट २८ फेब्रुअरी २०१८-मा सङ्ग्रहित। 
  33. ठेलिकोराला, सुलाक्षी (१८ नोभेम्बर २०११), "Indira Gandhi: Iron Lady of India", एसियन ट्रिब्युन, वर्ल्ड इन्स्टिट्युट फर एसियन स्टडिज, मूलबाट १ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
  34. "Profile: Indira Gandhi", इन्साइक्लोपिडिया ब्रिटानिका, मूलबाट ५ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१५ 
  35. "Profile: Sachin Tendulkar", इन्साइक्लोपिडिया ब्रिटानिका, मूलबाट ६ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१५ 
  36. "Records/Combined Test, ODI and T20I records/Batting records; Most runs in career", इएसपिएन क्रिक इन्फो, १३ सेप्टेम्बर २०१५, मूलबाट २१ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१५ 
  37. "Profile of Shri Atal Behari Bajpayee", पत्र सूचना कार्यालय, मूलबाट १० अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१५ 
  38. "India's Nightingale Lata Mangeshkar turns 82 today", फर्स्टपोस्ट, २८ सेप्टेम्बर २०११, मूलबाट ३० जनवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जून २०१४ 
  39. गुल्जार; निहलानी, गोविन्द; चटर्जी, सैबल, सम्पादकहरू (सन् २००३), इन्साइक्लोपिडिया अफ हिन्दी सिनेमा, पप्युलर प्रकाशन, आइएसबिएन 978-81-7991-066-5 
  40. https://indianexpress.com/article/entertainment/music/lata-mangeshkar-pays-her-respects-to-dadasaheb-phalke-2778051/
  41. "Outlook, 20 August 2012: A Case For Bhim Rajya", अन्तिम पहुँच ३ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ मे २०१४ मिति