पोप फ्रान्सिस
फ्रान्सिस (रोमन: Franciscus [franˈtʃiskus]; जन्म नाम: जर्ज मारियो बर्गोग्लियो (जन्म: १७ डिसेम्बर १९३६)मा भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका २६६औं पोपको रूपमा १३ मार्च २०१३मा निर्वाचित व्यक्ति हुन् । उक्त पदमा निर्वाचित भएपछि हाल उनी चर्चको प्रमुख तथा विश्वको सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटीको शासकसमेत भएका छन् ।
फ्रान्सिस | |
---|---|
अभिषेक | १३ मार्च २०१३ |
अग्रज | पोप बेनेडिक्ट १३औं |
क्रम | |
नियुक्ति | १३ डिसेम्बर १९६९ रेमोन होजे कयास्टेललानोद्वारा |
प्रतिष्ठापन | २७ जुन १९९२ एन्टोनियो क्वाराकिनोद्वारा |
कार्डिनल नियुक्त | २१ फेब्रुअरी २००१ |
व्यक्तिगत विवरण | |
जन्म नाम | जर्ज मारियो बर्गोग्लियो |
जन्म | ब्युनस आयर्स, अर्जेन्टिना | १७ डिसेम्बर १९३६
राष्ट्रियता | अर्जेन्टिनी र भ्याटिकन |
पछिल्लो पद | अर्जेन्टिनाका जिसस समुहका प्रादेशिक अतिथि (१९७३-१९७९) अर्जेन्टिना बिशप सम्मेलनका अध्यक्ष (२००५-२०११) |
आदर्श वाक्य | Miserando atque Eligendo[१] |
चिह्न |
अर्जेन्टिनाको राजधानी सहर ब्युनर्स आयर्समा जन्मिएका जर्ज मारियोलाई सन् १९६९मा पुजारीको रूपमा नियुक्त गरिएको थियो । उनले सन् १९७३ देखि १९७९ सम्म अर्जेन्टिनाको सोसाइटी अफ जिसस नामक संस्थाको नेतृत्व गरेका थिए । त्यसपछि सन् १९९८मा ब्युनर्स आयर्सकोआर्कबिसप हुँदै उनी सन् २००१मा पोपको चुनावमा मतदान गर्ने कार्डिनलको रूपमा चुनिए । सन् २०१३ फेब्रुअरी २८मा उनका अग्रज पोप बेनेडिक्ट सोर्हौंले राजीनामा दिएपछि पोप छनौटगर्न भ्याटिकन सिटीमा आयोजित एक गोप्य भेलाले उनलाई पोपको रूपमा चुन्यो । पोप चुनिएपछि जर्ज मारियोले प्राचिन सन्त फ्रान्सिस अफ असिसीको सम्मानमा आफ्नो नाम फ्रान्सिस प्रथमको रूपमा परिवर्तन गरे । सोसाइटी अफ जिससबाट पोप हुने प्रथम व्यक्ति पोप फ्रान्सिस, अमेरिकी मुल तथा दक्षिणी गोलार्द्धबाट पनि पहिलो पोप हुन् ।
प्रारारम्भिक जीवन
सम्पादन गर्नुहोस्जर्ज मारियो बर्गोग्लियोको जन्म ब्युनर्स आयर्सको फ्लोरेसमा भएको थियो । [२] उनी इटालियन आप्रवासी मारियो जोसे बर्गोग्लियो र उनकी पत्नी रेगिना मारिया सिभोरीका पाँच सन्तान मध्ये एक थिए । इटालीको पिडमन्ट क्षेत्रको पोर्टाकोमरोमा जन्मिएका मारियो जोसे एक रेलवे कामदार थिए । [३] उनकी पत्नी रेगिना मारिया एक गृहणी थिइन् । रेगिनाको जन्म ब्युनर्स आयर्समा बस्दै आएको एक उत्तरी इटालियन आप्रवासी परिवारमा भएको थियो ।[४][५][६][७][८] जर्ज मारियोकी दिदी मारिया एलेनाका अनुसार उनीहरूका बुबाले इटालीमा भएको तानाशाही शासनले उनलाई देश छोड्न बाध्य बनाएको थियो भनेर पटक पटक भन्ने गरेका थिए । एलेना पोपकी एकमात्र जीवित एकै कोखकी आफन्त हुन् ।
बर्गोग्लियो बाल्यकालदेखि नै स्थानीय सान लरेन्जो डि अलमाग्रो नामक फुटबल क्लबका समर्थक हुन् । [९][१०] उनी कलाकार टिटा मेरेलो अभिनित तथा नियोरियालिजम चलचित्रका प्रशंसक (फ्यान) हुन् भने अर्जेन्टिना र उरूग्वेमा प्रचलित मिलोङ्गा भनिने परम्परागत संगित उनलाई असाध्यै मनपर्छ ।[११] उनले राष्ट्रिय प्राविधिक संस्थान नामक प्राविधिक माध्यमिक विद्यालयमा अध्ययन गरेर [१२] रसायन प्रविधिमा स्नातकसम्मको अध्ययन गरेकाछन् ।[१३] अध्ययन पश्चात बर्गोग्लियोले केही वर्ष हिकेदिअर ब्याचम्यान खाद्यप्रयोगशालामा रसायन प्रविधिकको रूपमा काम गरे ।[१४] केही स्रोतहरूका अनुसार उनले ब्युनर्स आयर्स विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेकाछन् ।[१५][१६] बर्गोग्लियो २१ वर्षको हुँदा उनलाई खतरनाक निमोनिया भयो र उनको फोक्सोमा पानी जमेकोले फोक्सोको एक भाग शल्यक्रिया गरेर हटाइएको थियो ।[१२][१७]
बर्गोग्लियो स्पेनिस, ल्याटिन, इटालियन, जर्मनी[१८] फ्रेन्च,[१९] र अङ्ग्रेजी भाषामा संवाद गर्न सक्षम छन् ।[२०]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Veronica Scarisbrick (१८ मार्च २०१३), "Pope Francis : "Miserando atque eligendo"...", Vatican Radio, अन्तिम पहुँच १९ मार्च २०१३। वेब्याक मेसिन अभिलेखिकरण ५ जुलाई २०१३ मिति
- ↑ Claudio Iván Remeseira: Pope Francis: A humble and outspoken man, and technically also Italian वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२७ मिति NBCLatino, 14 March 2013
- ↑ "La Nación newspaper: ... "Regina María Sívori, su mamá" ..., 17 March 2013", Lanacion.com.ar, अन्तिम पहुँच २०१३-०३-१९।
- ↑ Stella, Gian Antonio (१४ मार्च २०१३), "Tango e battesimo, fidanzata e vangelo l'alfabeto misto di Papa Francesco", Corriere della Sera (Italianमा), अन्तिम पहुँच १४ मार्च २०१३, "Mio padre era di Portacomaro (Asti, ndr) e mia madre di Buenos Aires, con sangue piemontese e genovese"
- ↑ "Bergoglio Card. Jorge Mario, S.I.", College of Cardinals Biographical notes, Vatican.va, ९ नोभेम्बर २०११, मूलबाट १४ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०३-१४।
- ↑ Rice-Oxley, Mark (१३ मार्च २०१३), "Pope Francis: the humble pontiff with practical approach to poverty", The Guardian (UK), अन्तिम पहुँच १३ मार्च २०१३।
- ↑ Donovan, Jeffrey (१३ मार्च २०१३), "Argentina's Cardinal Bergoglio Is Elected Pope Francis", Bloomberg, अन्तिम पहुँच १३ मार्च २०१३।
- ↑ Barney Henderson (१४ मार्च २०१३), "Pope Francis elected leader of Catholic Church: latest", The Daily Telegraph, अन्तिम पहुँच १४ मार्च २०१३।
- ↑ (स्पेनी)Club Atlético San Lorenzo de Almagro (१३ मार्च २०१३), "Francisco, Socio de San Lorenzo, es el Nuevo Papa", अन्तिम पहुँच १४ मार्च २०१३।
- ↑ Club Atlético San Lorenzo de Almagro (१४ मार्च २०१३), "Pope Francis is a card-carrying San Lorenzo supporter"।
- ↑ (स्पेनी) "Bergoglio, sobre todo 'pastor', tanguero y simpatizante de San Lorenzo", Agencia Informativa Católica Argentina, १३ मार्च २०१३, अन्तिम पहुँच १९ मार्च २०१३।
- ↑ १२.० १२.१ "Jorge Bergoglio, un sacerdote jesuita de carrera" [Jorge Bergoglio, a career Jesuit priest], La Nación (Spanishमा), १३ मार्च २०१३।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १६ डिसेम्बर २०१८ मिति - ↑ "Biography: who is Jorge Mario Bergoglio?", News.va, १३ मार्च २०१३, अन्तिम पहुँच १५ मार्च २०१३।
- ↑ "Se etapa de laboratorista", Clarin, १७ मार्च २०१३, अन्तिम पहुँच १७ मार्च २०१३।
- ↑ "Intellect, pastoral skills seen as strength of Argentine primate", Catholic News Service, १ अप्रिल २००५, अन्तिम पहुँच १५ मार्च २०१३।
- ↑ Rocca, Francis X. (१३ मार्च २०१३), "Cardinal Jorge Bergoglio: a profile", Catholic Herald, अन्तिम पहुँच १५ मार्च २०१३।
- ↑ Lifschitz, Alejandro (१३ मार्च २०१३), "Argentina's pope a modest man focused on the poor", Reuters, अन्तिम पहुँच १४ मार्च २०१३।
- ↑ "Pope Francis: 13 key facts about the new pontiff", The Guardian, १३ मार्च २०१३, अन्तिम पहुँच १३ मार्च २०१३।
- ↑ "Briefing di padre Lombardi", News.va, १४ मार्च २०१३, अन्तिम पहुँच १४ मार्च २०१३। वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१७ मिति
- ↑ Peter Walker, Paul Owen and David Batty (२०१३-०३-१४), "Pope Francis, first day after election - live updates | World news", guardian.co.uk, अन्तिम पहुँच २०१३-०३-१९।