इला रमेश भट्ट (७ सेप्टेम्बर १९३३ – २ नोभेम्बर २०२२) एक भारतीय सहकारी आयोजक, कार्यकर्ता र गान्धीवादी थिइन्,[१] जसले सन् १९७२ मा स्वरोजगार महिला सङ्घ (सेवा) नामको महिला व्यापार संघको स्थापना गरेकी थिइन्, र सन् १९७२ देखि १९९६ सम्म यसको महासचिवको रूपमा सेवा गरेकी थिइन्। उनले भारतका महिलाहरूको सामाजिक र आर्थिक विकासको लागि महत्त्वपूर्ण कार्य गरेकी थिइन्। यसमा १२ लाख भन्दा धेरै महिला सदस्यहरू छन्। उनले सेवा सहकारी बैङ्कको पनि स्थापना गरेकी थिइन्। उनी ७ मार्च २०१५ देखि १९ अक्टोबर २०२२ सम्म गुजरात विद्यापिठको कुलपति थिइन्।[२] उनी १३ मे २०१० मा वर्षको निवानो शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन्।

इला भट्ट
सन् २०१३ मा भट्ट
जन्म(१९३३-०९-०७)७ सेप्टेम्बर १९३३
अहमदाबाद, गुजरात
मृत्यु२ नोभेम्बर २०२२(2022-11-02) (उमेर ८९)
वासस्थानअहमदाबाद, गुजरात
राष्ट्रियताभारतीय
पेशावकिल, परोपकारी
जीवनसाथीरमेश भट्ट
पुरस्कारपद्म श्री, पद्मभूषण, रमन म्याग्सेसे पुरस्कार
वेबसाइटsewa.org

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

इला भट्टले सन् १९५६ मा रमेश भट्टसँग विवाह गरेकी थिइन्, त्यसपछि दम्पतीका दुई सन्तान अमिमायी (जन्म १९५८) र मिहिर (जन्म १९५९) भएका थिए।[३] उनी आफ्नो परिवारसँग गुजरातको अहमदाबादमा बस्दै आएकी थिइन्। उनको मृत्यु २ नोभेम्बर २०२२ मा भएको थियो।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Duncan, Natricia (२७ जुन २०१४), "Empowering Indian women through employment", The Guardian 
  2. "Chancellors of Gujarat Vidyapith", Gujarat Vidyapith, अन्तिम पहुँच २ नोभेम्बर २०२२ 
  3. "Awardees Biography", Ramon Magsaysay Award Foundation, मूलबाट १० जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०१६ मिति
  4. "SEWA founder Elaben Bhatt passes away", Desh Gujarat, २ नोभेम्बर २०२२, अन्तिम पहुँच २ नोभेम्बर २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्