भारत रत्न
भारत रत्न भारतको सर्वोच्च नागरिक सम्मान हो।[१][२][३] यो सम्मान राष्ट्रिय सेवाको लागि दिइन्छ। यी सेवाहरूमा हुन् कला, साहित्य, विज्ञान वा सार्वजनिक सेवा। यस सम्मानको स्थापना २ जनवरी, १९५४ मा भारतका तत्कालीन राष्ट्रपति श्री राजेन्द्र प्रसादद्वारा गरिएको थियो। अन्य अलंकरणकै समान यस सम्मानलाई पनि नामको साथ पदवीको रूपमा लिइंदैन।[४][५] प्रारम्भमा यस सम्मानला मरणोपरान्त दिने प्रावधान थिएन, यो प्रावधान सन् १९५५ मा जोडिएको हो । त्यस पश्चात अहिले सम्मको सम्मानमा १० व्यक्तिहरूलाई मरणोपरान्त भारत रत्न प्रदान प्रदान गरिएको छ ।
भारत रत्न | ||
![]() | ||
सम्मानको जानकारी | ||
---|---|---|
प्रकार | नागरिक | |
श्रेणी | सामान्य | |
स्थापना वर्ष | १९५४ | |
अंतिम अलंकरण | २००८ | |
कुल अलंकरण | ४३ | |
अलंकरणकर्ता | भारत सरकार | |
विवरण | सूर्यको प्ल्याटिनम छवि को साथ भारत रत्न देवनागरी लिपिमा खोपिएको, एउटा पीपलको पातमा | |
प्रथम अलंकृत | सर्वपल्ली राधाकृष्णन | |
अंतिम अलंकृत | सचिन तेन्दुलकर तथा सि.एन.आर.राव | |
सम्मान श्रेणी | ||
कोही छैन ← भारत रत्न → पद्म विभूषण |
अन्य प्रतिष्ठित पुरस्कारहरूमा पद्म विभूषण, पद्म भूषण र पद्मश्रीको नाम लिन सकिन्छ।
पदक सम्पादन
मूल रूपमा यस सम्मानको पदकको डिजाइन ३५ मिमि गोलाकार स्वर्ण मेडल थियो। जसमा अगाडि भागमा सूर्य बनाइएको थियो, माथि भारत रत्न लेखिएको थियो र तल फूलको माला थियो । र पछाडि पट्टि राष्ट्रिय चिह्न र मोटो थियो। तर यस पदकको डिजाइनलाई बदलेर तामाको बनेको पीपलको पातमा प्लेटिनमको चम्किलो सूर्य बनाइयो। जसको मनीपट्टि चाँदीमा भारत रत्न, र यो सेतो फीतामा गलामा लगाइन्छ ।
सम्मानित व्यक्तित्व सम्पादन
बिबाद सम्पादन
सुभास चन्द्र बोस सम्पादन
सन् १९९२ मा भारत सरकारले नेताजी सुभास चन्द्र बोसलाई भारत रत्न सम्मान मरणोपरान्त प्रदान गरिएको थियो तर उनको मृत्यु बिबादित भएको कारणले पुरस्कार मरणोपरान्त दिने स्वरूप माथि प्रश्न उठाइएको थियो जसले गर्दा भारत सरकारले यो सम्मानलाई फिर्ता लियो । यो सम्मान फिर्ता लिने यो मात्र एउटा उदाहरण हो ।
मौलाना अबुल कलाम आजाद सम्पादन
भारतको प्रथम शिक्षा मन्त्री श्री मौलाना अबुल कलाम आजादलाई जब भारत रत्न दिने कुरा आयो त्यस समय उनले यो सम्मान नलिने कुरा गर्नुभयो,उनको अनुसार जुन व्यक्ति भारत रत्न चयन समितिमा काम गरिसकेका छन् उनलाई यो सम्मान दिनु हुदैन । पछि उनलाई सन् १९९२ मा मरणोपरान्त यो सम्मान दिइयो ।
सन्दर्भ सम्पादन
- ↑ पायली, मूलमट्टोम वार्के (१९७१), द कन्स्टीट्यूशन अफ इण्डिया, नई दिल्ली: एस चांद एण्ड कम्पनी लि., पृ: ११४, आइएसबिएन 81-219-2203-8।
- ↑ महाजन, विद्याधर (१९७१), द कन्स्टीट्यूशन अफ इण्डिया, लखनऊ, उत्तर प्रदेश: ईस्टर्न बुक कंपनी, पृ: 169।
- ↑ होएबर्ग, डेल; इन्दु रामचन्दानी (२०००), स्टूडेन्ट्स ब्रिटैनिका इण्डिया, नई दिल्ली: ब्रिटैनिका विश्वकोश (भारत), भाग.३, पृ.१९८, आइएसबिएन 0-85229-760-2।
|coauthors=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ बसु, दुर्गा दास (१९८८), Shorter Constitution of India, नई दिल्ली: प्रेन्टिस हल अफ इन्डिया।
- ↑ बसु, दुर्गा दास (१९९३), Introduction to the Constitution of India, नई दिल्ली: प्रेन्टिस हल अफ इन्डिया।