जाकिर हुसेन (राजनीतिज्ञ)

भारतको तेस्रो राष्ट्रपति


डाक्टर जाकिर हुसेन ( ८ फरवरी, १८९७ - ३ मई, १९६९[]) स्वतन्त्रता सेनानी एवं भारत के तेश्रो राष्ट्रपति तथा प्रथम मुस्लिम राष्ट्रपति थिए जसको कार्यकाल १३ मे १९६७ देखी ३ मे १९६९ सम्म थियो । डा. जाकिर हुसेन को जन्म ८ फरवरी, १८९७ ई. मा हैदराबाद, तेलंगाना को धनाढ्य पठान परिवार मा भएको थियो। केही समय पछि उनको पिता उत्तर प्रदेश मा रहन आएका थिए ।[] केवल २३ वर्ष को अवस्था मा उनी 'जामिया मिलिया इस्लामिया विश्वविद्यालय' को स्थापना दल को सदस्य बने। जाकिर हुसेन भारत को तेश्रो राष्ट्रपति तथा प्रमुख शिक्षाविद थिए। उनी अर्थशास्त्र मा पीएच. डी की डिग्री को लागि जर्मनी को बर्लिन विश्वविद्यालय गए र फर्किएर जामिया को उप कुलपति को पदमा पनि आसीन भए। १९२० मा उनले जामिया मिलिया इस्लामिया को स्थापना मा योग दिए तथा यसको उपकुलपति बने। उनको नेतृत्व मा जामिया मिलिया इस्लामिया को राष्ट्रवादी कार्यहरु तथा स्वाधीनता संग्राम को तर्फ झुकाव रह्यो । स्वतन्त्रता प्राप्ति को पश्चात उनी अलीगढ़ विश्वविद्यालय को उपकुलपति बने तथा उनकी अध्यक्षता मा ‘विश्वविद्यालय शिक्षा आयोग’ पनि गठित गरियो । यसको अलावा उनी भारतीय प्रेस आयोग, विश्वविद्यालय अनुदान आयोग, यूनेस्को, अन्तर्राष्ट्रीय शिक्षा सेवा तथा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सँग पनि जोडिरहे। १९६२ ई. मा उनी भारत को उपराष्ट्रपति बने। उनलाई वर्ष १९६३ मा भारत रत्नबाट सम्मानित गरियो । १९६९ मा असमय देहावसान को कारण उनले आफ्नो राष्ट्रपति कार्यकाल पूरा गर्न सकेनन ।

डाक्टर जाकिर हुसेन
भारतको तेश्रो राष्ट्रपति
कार्यकाल
१३ मे १९६७ – ३ मे १९६९
उपराष्ट्रपतिशंकरदयाल शर्मा
पूर्वाधिकारीसर्वपल्ली राधाकृष्णन
उतराधिकारीवराहगिरी वेंकट गिरी
व्यक्तिगत विवरण
जन्म(१८९७-०२-०८)८ फेब्रुअरी १८९७[]
हैदराबाद, आंध्र प्रदेश, भारत
मृत्यु३ मे १९६९(1969-05-03) (उमेर ५८)[]
नयाँ दिल्ली, भारत
पेशाराजनीति

डॉ॰ जाकिर हुसेन भारत मा आधुनिक शिक्षाको सबभन्दा ठुलो समर्थकहरु मध्ये एक थिए र उनले आफ्नो नेतृत्व मा जामिया मिलिया इस्लामिया को नामबाट एक केन्द्रीय विश्वविद्यालय को रूप मा नयाँ दिल्ली मा त्यसलाई स्थापित गरे, जहाँबाट हजारौ विद्यार्थीले प्रत्येक वर्ष विभिन्न विषय मा शिक्षा ग्रहण गर्दछन। डॉ॰ जाकिर हुसेन ले बिहार को राज्यपाल को रूप रूपमा पनि सेवा गरे र यस पछि उनी देशको उपराष्ट्रपति रहे तथा पछि उनी भारतको तेश्रो एवं प्रथम मुस्लिम राष्ट्रपति बने। डॉ ज़ाकिर हुसेन एक यस्तो मुस्लिम स्वतन्त्रता सेनानी हुन जो राष्ट्रपति पद सम्म पुग्न मा सफल भए ।

यो पनि हेर्नु होस

सम्पादन गर्नुहोस्

भारत को राष्ट्रपतिय को सूची

  1. १.० १.१ १.२ Dr. Zakir Husain (१८९७-१९६९ ), indiapress.org पर भारत को पूर्व राष्ट्रपतियों की जीवनी
  2. "डॉ॰ जाकिर हुसेन की जीवनी", कल्चरल-इन्डिया, अन्तिम पहुँच २६/११/२०१५ 

ढाँचा:भारत को उपराष्ट्रपति