ध्यानी बकुल्ला
ध्यानी बकुल्ला ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने बकुल्लो प्रजातिको चरा हो। यसको वैज्ञानिक नाम ल्याटिन भाषाबाट उत्पत्ति भएको थियो।[२] यो प्रजाति पश्चिमी र दक्षिणी युरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका र मध्य, दक्षिणी र पूर्वी एसियामा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, सिमसार क्षेत्र र दलदले क्षेत्रहरूमा पाइन्छन्। यसले अफ्रिका, मध्य र दक्षिणी युरोप, दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।
ध्यानी बकुल्ला | |
---|---|
वयस्क ध्यानी बकुल्ला | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | पेलेसेनिफोर्म्स
|
कुल: | आर्डेइडे
|
वंश: | |
प्रजाति: | अर्डिया पर्पुरिया
|
वैज्ञानिक नाम | |
अर्डिया पर्पुरिया (लिनियस, सन् १७६६) | |
ध्यानी बकुल्लाको प्रजनन क्षेत्र प्रजनन स्थायी गैर-प्रजनन
|
यो हेर्दा खेरी फुस्रो बकुल्ला जस्तो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो हुन्छ भने यसको प्वाँख गाढा खैरो रङ्गको हुन्छ। यो पन्छी पानी भएको क्षेत्र वरिपरि प्रशस्त मात्रामा पाइन्छ। यसले माछा, साना मुसा, भ्यागुता र किरा सहित शिकारको एक निश्चित दायरामा शिकार गर्दछ। यसले शिकार गर्नका लागि ठाउँमा आहारा कुर्ने र अढिरहने गर्दछ। यद्यपि दुवै लिङ्ग उपस्थितिमा समान देखिएतापनि, पोथी भाले भन्दा बढी हलुका हुन्छ। युवा ध्यानी बकुल्ला फुस्रो हुन्छ। यसले लगभग ५ वटा निलो/हरियो खालको अण्डा पार्दछ र अण्डा भने दुबै भाले र पोथीले कोरल्ने गर्दछन्। यसले ४ हप्ता पछि चल्ला काढ्छ र त्यसको ६ हप्ता पछि उक्त बच्चाहरू उड्नको लागि तयार हुन्छन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार हिलो ठाउँको कमी भएका कारण यसको जनसङ्ख्यामा भारि गिरावट आएतापनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई कम चासोका प्रजातिको सूचीमा नामाकरण गरेको छ।
विवरण
सम्पादन गर्नुहोस्यस चराको लम्बाइ ७८–९७ सेमी (३१–३८ इन्च) हुन्छ र यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाई १२०–१५२ सेमी (४७–६० इन्च) हुन्छ भने यसको उभिदाको उचाइ ७० देखि ९४ सेमी (२८ देखि ३७ इन्च) हुन्छ। [३] तथापि, यो पातलो हुन्छ र यसको तौल जम्मा ०.५ देखि १.३५ किग्रा (१.१ देखि ३.० पाउन्ड) हुन्छ। यो हेर्दा खेरी फुस्रो बकुल्ला जस्दो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो र यसको प्वाँख गाढा खैरो हुन्छ र वयस्कमा गाढा खैरो हुन्छ। वयस्क ध्यानी बकुल्लाको निधार हुन्छ र यो हेर्दा श्रीपेच लगाएको जस्तो देखिन्छ। यसको घाँटी पछाडिको भागमा धर्सा धर्सा परेको हुन्छ। यसको टाउको माथि रहेको श्रीपेच फुस्रो बकुल्लाको भन्दा छोटो हुन्छ जुन चाहिँ १४० मिमि (५.५ इन्च) सम्म हुन्छ।यसको पाखुराको प्वाँख चिप्लो खालको हुन्छ। यसको अन्य माथिल्लो भाग र पुच्छर भने खैरो र माटो रङ्गको हुन्छ। यसको घाँटीको अघिल्लो भाग भने अरू भाग भन्दा पहेँलो हुन्छ।[४]
वितरण र वासस्थान
सम्पादन गर्नुहोस्ध्यानी बकुल्ला युरोप, एसिया, हिमालय, अरबी प्रायद्विप र उत्तर अफ्रिकामा पाइन्छ। यसले युरोप, एसिया र अफ्रिकामा प्रजनन गर्दछ। पश्चिमी जातिको यस चराको दायरा भने दक्षिणी स्पेन र उत्तरी अफ्रिकाबाट दक्षिणपश्चिम र पूर्वी युरोपमा काजकिस्थानको बलखास तालसम्म फैलिएको छ। अफ्रिकामा, यसले सेनेगल हुँदै पुर्वी तटीय क्षेत्र र माडागास्करमा प्रजनन गर्दछ। पश्चिमी जातिको यस चराको दायरा भने भारतीय उपमहाद्वीपबाट फैलिएको छ, पुर्वमा पुर्वी चीन देखि फिलिपिन्स सम्म र उत्तरतिरको अमुर नदि र उसुरी नदिको किनारा ४९°उत्तर सम्म फैलिएका छन्। यसको दक्षिणी जाति माडागास्करमा प्रतिबन्धित छन्[५] र केप भर्डमा रहेको यसको थोरै जनसङ्ख्यालाई भने कुनै निकायबाट छुट्टै जातिको रूपमा मान्यता दिएको छ।
अक्टोबर र अगस्ट महिनाभित्र, पश्चिम क्षेत्रमा रहेका चराहरू दक्षिणदेखि उष्ण अफ्रिकामा बसाइँसराइ गर्दछन् भने मार्चको महिनामा भने चराहरू पुन: उत्तरतर्फ नै फर्कने गर्दछन्। पुर्वमा रहेको यसको जनसङ्ख्या भने बसाइँसराइ गर्दैनन, तर उत्तरी भागका केही चराहरू भने दक्षिणतर्फ, कोरिया, थाइल्यान्ड र मलेसियासम्म उड्ने गर्दछन्। अफ्रिकी चराहरू भने बसाइँसराइ गर्दैनन्।[५]
यो म्याङ्ग्रभको हिलो क्षेत्रमा पाइन्छ र यो बस्नको लागि ताजापानी रोज्दछ र प्राकृति वासस्थानमा बस्दछ। यो नदीको किनारा, डुङ्गा र नहरहरूमा पनि भेटिन्छन्।[४] केप भर्डे टापुमा, यो खुल्ला आकाशहरूमा देख्न सकिन्छ।[५]
व्यवहार
सम्पादन गर्नुहोस्यसको उडान ढिलो हन्छ, यसको घाँटी र खुट्टा लामो हुन्छ र यसको खुट्टा भने पुच्छर सम्म पुग्दछ। यसको यही गुणले गर्दा यो सारस र अन्य यस्तै देखिने चराहरू भन्दा अलग देखिन्छ अरु चराहरूले भने उडान भर्ने बेलामा आफ्नो घाँटी तन्काउने गर्दछन्। यस चराले कुरा लुकाउने गर्दछ र फुस्रो बकुल्लाको तुलनामा यसले खुला ठाउँमा धेरै समय बिताउदैन र प्राकृतिक वसस्थानमा वस्न रूचाउँछ। यसको नङ्ग्रा लामो हुन्छ त्यसैले यो हिलोमा वा पानिमा तैरिन सक्दछ र यो कहिलेकाहीँ झाडीहरूमा पनि हिलोमा हिडे जसरीनै हिड्ने गर्दछ। यो रूखको हाँगा समातेर बस्दैन। यो बिरलै मात्र रुखको हाँगामा बस्छ र अधिकांश जमिनमै बस्ने गर्दछ।[४]
यो उषा र गोधुलि बेलामा बढी सक्रिय हुने गर्दछ। यो अन्य चराहरूका साथ मध्यदिन र रातमा वास बस्ने गर्दछ तथापि आमाले भने बच्चा हुर्काउने बेलामा रात्रिकालिन कार्यहरूमा बढवा दिन्छ। यो अलि कम गहिराइ भएको पानीमा यसले आफ्नो शक्तिशाली चुच्चाको प्रयोग गरी माछा समात्ने गर्दछ। यो कहिलेकाहीँ आहार कुर्दै हलचल नगरिकन बस्छ र आहारा देख्ना साथ बिस्तारै अगाडि बढ्दछ। यसको खानामा प्रायः माछा, साना स्तनधारी र उभयचर, चरा, सर्प, छेपारो, किरा, माकुरो आदि हुन्छन्। जमिनमा पाइने किरा, यसको किराहरू मध्ये प्रमुख खाना हो। यसले फटयाङ्ग्रो, मौरी र माखाहरू पनि खाने गर्दछ।[४]
ध्यानी बकुल्लाले प्रायः चराहरूको ठूलो समूहमा प्रजनन गर्दछ तर यसले कहिलेकाहीँ भने गुँड र एकान्तमा पनि प्रजनन गर्ने गर्दछ। यसको अण्डा प्रायः हरियो र निलो हुन्छ जसको लम्बाई ४५ देखि ५६ मिमि (२.२० देखि १.७७ इन्च) सम्म हुन्छ। यसले सामान्यतया ४ देखि ५ वटा अण्डा पार्दछ र कहिलेकाहीँ सात देखि आठ ओटा सम्म पनि पार्ने गरेको छ। अण्डाहरू प्राय: ३ दिनको अन्तरालमा पार्ने गर्दछ। यसले ओथारो १ वटा अण्डा पारेपछि वा सबै अण्डा पारे पश्चात बस्ने गर्दछ। दुबै भाले र पोथीले ओथारो बस्ने गर्दछन्। जुन २४ देखि २८ दिन सम्म हुने गर्दछ। वयस्कले खाना ल्यायो भने बच्चाहरूले सिधै माउको चुच्चोबाट खाना खाने गर्दछन्। वयस्कले खाना टुक्राउने गर्दछन्। बच्चाहरू ६ हप्तामा उड्न लायक हुन्छन् र २ महिनामै स्वतन्त्र हुँदै माउबाट सदाका लागि विदा हुन्छन्।[४]
प्रजनन
सम्पादन गर्नुहोस्ध्यानी बकुल्ला एक व्यापक प्रजाति हो, जसको प्रजनन विभिन्न क्षेत्रमा अध्ययन गरिएको छ। युरोप र उत्तर अफ्रिकामा प्रजनन मुख्यतया वसन्त ऋतुमा हुन्छ। यस पन्छीको प्रजनन अप्रिल देखि मे महिनामा चरम अवस्थामा पुगेको हुन्छ। युरोप र उत्तर अफ्रिकाको उत्तरी क्षेत्र भन्दा दक्षिणी क्षेत्रमा यसको प्रजनन एक महिना अघि सुरु हुन्छ। उत्तर एसियामा जुुन देखि अक्टोबरको गर्मीमा प्रजनन हुन्छ। अफ्रिकामा प्रजनन क्षमता प्रायजसो वर्षा याममा हुन्छ तर सुख्खा मौसममा (जस्तै, अप्रिल–मेमा पूर्वी अफ्रिकामा र सेप्टेम्बर–अक्टोबर देखि दक्षिण अफ्रिकामा) चरम सुख्खा याममा प्रजनन क्षमता बढी हुन्छ। पश्चिमी युरोपमा, अप्रिल महिनाको तेस्रो हप्तादेखि मे महिनाको सुरुसम्म, सन् १९७० दशकको अन्तदेखि १९९० दशकको अन्तसम्म गुँड बनाउने समय सुरु भएको मानिन्छ। यसले आवासको ह्रासले गर्दा हालैका वर्षहरूमा गुँड बनाउन चराहरूलाई बढी समय चाहिन्छ भन्ने सुझाव दिन्छ।[६]
स्थिति
सम्पादन गर्नुहोस्विश्वमा यसको लगभग २,७०,००० देखि ५,७०,००० सङ्ख्यामा ध्यानी बकुल्ला रहेको अनुमान गरिएको छ। यसको जनसङ्ख्या बिस्तारै घटेतापनि, यसको घट्दो दरले असुरक्षित प्रजातिको मापदण्ड पूरा नगरेकाले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई कम चासोका प्रजातिको रूपमा वर्गीकरण गरेको छ।[१] यस चराले हाल हिले क्षेत्रको बिनास र विभिन्न प्राकृतिक बासस्थानको कमीको समस्य भोगेको छ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ बर्डलाइफ इन्टरनेसनल (२०१२), " अर्डिया पर्पुरिया", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीका असुरक्षित प्रजातिहरू (अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ) २०१२: e.T२२६९७०३१A४०२९७६०२, अन्तिम पहुँच नोभेम्बर २०१५।
- ↑ जबलिङ, जेम्स ए (२०१०), क्रिस्टोफर हेल्मको शब्दकोष चराहरूको बैज्ञानिक नाम, लन्डन: क्रिस्टोफर हेल्म, पृ: ५४, ३२५, आइएसबिएन 978-1-4081-2501-4।
- ↑ "ध्यानी बकुल्लाको भिडियो, तस्वीर र तथ्य", आर्काइभ, अन्तिम पहुँच १८ अक्टोबर २०११। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-१६ मिति
- ↑ ४.० ४.१ ४.२ ४.३ ४.४ विदरबाइ, एच एफ, सम्पादक (१९४३), बेलायती चराहरूको हातेपुस्तक ३अौँ संस्करण, एच एफ र जी विदरवाई लिमिटेड, पृ: १३३–१३७।
- ↑ ५.० ५.१ ५.२ हनकक, जेम्स; कुसलन, जेम्स ए (२०१०), बकुल्ला सम्बन्धित हाते पुस्तक, ब्लुमबरी पब्लिसिङ, पृ: १०८–११०, आइएसबिएन 978-1-4081-3496-2।
- ↑ "Purple Heron"। हेरोन कन्जरभेसन (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ मे २०२१।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- उमेर र यौन (पिडिएफ) जेभिएर ब्लास्को-जुमेटा र गर्ड-माइकल हेन्ज वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१४ मिति
- ध्यानी बकुल्ला – दक्षिणी अफ्रिकी चराहरूको नक्सा परियोजना
- पन्छी जीवन प्रजाति तथ्यपान्ना पोडिसेप्स क्रिस्टाटस
- "एभीबेसमा", एभीबेस।
- "इन्टरनेट चरा सङ्कलन सम्बन्धित मिडियाहरू", इन्टरनेट चरा सङ्कलन।
- भिरियो तस्वीर सङ्ग्रह भिरियोमा (ड्रेक्सल विश्वविद्यालय)
- अर्डिया पर्पुरियाको दायरा आइयुसीएन रातो सूची नक्सामा
- रेकर्ड गरिएको आवाज ध्यानी बकुल्लो जेनो-कान्टोमा