प्राणी वर्गीकरण विज्ञान

प्राणी वर्गीकरण विज्ञान वा जीव वर्गीकरण विज्ञान (अङ्ग्रेजीमा: ट्याक्सोनोमी, प्राचीन युनानी: τάξις ताक्सिस, "व्यवस्थापन," र -νομία -नोमी, विधि[१]) जीव विज्ञानको एउटा शाखा हो। यसमा जीवहरूको पहिचान, गुण वा लक्षणको समानता र भिन्नताको आधारमा त्यसलाई बेग्ला-बेग्लै श्रेणी (समूह)मा श्रेणीकृत गर्नुका साथै ती श्रेणीहरूलाई (समूह) नामकरण पनि गर्ने गरिन्छ। जीवहरूको नामकरण गर्दा वैज्ञानिक पद्दति अनुसारको सिद्धान्तलाई पालन गरिन्छ।[२][३] आधुनिक प्रयोगमा रहेका प्रमुख पदहरू अधिजगत (अङ्ग्रेजी: Domain), जगत (अङ्ग्रेजी: Kingdom), सङ्घ (अङ्ग्रेजी: Phylum) ('सङ्घ'को ठाउँमा कहिलेकाहीँ वनस्पति शास्त्रमा 'विभाग'को प्रयोग गरिन्छ), वर्ग (अङ्ग्रेजी: Class), गण (अङ्ग्रेजी: Order), कुल (अङ्ग्रेजी: Family), वंश (अङ्ग्रेजी: Genus), उपवंश (अङ्ग्रेजी: Subgenus) र प्रजाति (अङ्ग्रेजी: Species) रहेका छन्। स्विडेनको वनस्पतिविद् कार्ल लिनियसलाई वर्तमान वर्गीकरण प्रणालीको पिता भन्ने गरिन्छ, किनकि उनले जीवहरूलाई वर्गीकरण गर्नको लागि द्विपदीय नामकरण पद्धति 'लिनियन वर्गीकरण' प्रणाली विकसित गरेका थिए।

सिस्तेमा नातुराए (पुस्तक) सन् १७३५ को आवरण पृष्ठ

वर्गीकरण सम्पादन गर्नुहोस्

हालसम्म वनस्पतिको लगभग चार लाख प्रजातिहरू र जनावरहरूको लगभग तेह्र लाख प्रजातिहरूको नामकरण र वर्णन गरिएको छ। हुन त यो सङ्ख्या अन्तिम होइन किनकि, लगभग प्रत्येक दिन, नयाँ प्रजातिहरूको वर्णन जोडिने गरिएको छ। एउटा अनुमान अनुसार भविष्यमा यदि सबै जीवित जीवहरूलाई श्रेणीकरण गरी वर्णन गरिएमा यिनीहरूको सङ्ख्या लगभग दस लाखसम्म बढ्न सक्छ।

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Harper, Douglas, "Taxonomy", Online Etymology Dictionary, अन्तिम पहुँच ०२ नवंबर २०१५ 
  2. Judd, W.S., Campbell, C.S., Kellogg, E.A., Stevens, P.F., Donoghue, M.J. (2007) Taxonomy. In Plant Systematics – A Phylogenetic Approach, Third Edition. Sinauer Associates, Sunderland.
  3. Simpson, Michael G. (२०१०), "Chapter 1 Plant Systematics: an Overview", Plant Systematics (2nd संस्करण), Academic Press, आइएसबिएन 978-0-12-374380-0