संरक्षण स्थिति
जीवहरूको समूहको संरक्षण स्थिति (उदाहरणका लागि प्रजाति) ले समूह अझै अवस्थित छ वा छैन र यो समूह निकट भविष्यमा लोप हुने सम्भावना पनि रहे नरहेको भनेर सङ्केत गर्दछ। एकदमै न्यून सङ्ख्या बाँकी रहेको, तर समयावधिमा जनसङ्ख्यामा समग्र वृद्धि वा कमी, सफलताको दर, प्रजनन सफलता दर, र ज्ञात खतराहरू जस्ता कारकहरूलाई संरक्षणको स्थितिको मूल्याङ्कन गर्दा खेरी धेरै ध्यानमा राखिन्छन्। संरक्षण स्थितिको विभिन्न प्रणालीहरू अवस्थित छन् जुन अन्तर्राष्ट्रिय, बहु देश, राष्ट्रिय र स्थानीय स्तरका साथै उपभोक्ता उपयोगको लागि प्रयोगमा रहेका छन्।
संरक्षण स्थिति | |
---|---|
लोप भएका | |
असुरक्षित | |
कम जोखिम | |
अन्य श्रैणीहरू | |
| |
सम्बन्धित शीर्षकहरू | |
अन्तर्राष्ट्रिय प्रणालीहरू
सम्पादन गर्नुहोस्अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची
सम्पादन गर्नुहोस्अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची खतरामा परेका प्रजातिहरूको एक उत्तम र विश्वव्यापी संरक्षण स्थितिको सूचीकरण र वरियता प्रणाली हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीद्वारा प्रजातिहरूलाई नौ समूहहरूमा वर्गीकृत गरिन्छ। [१] जुन वर्गीकरण विभिन्न मापदण्डहरू जस्तै गिरावटको दर, जनसङ्ख्याको आकार, भौगोलिक वितरणको क्षेत्र, जनसङ्ख्या र वितरण खण्डको डिग्रीद्वारा निर्दिष्ट छन्।
- लोप – हराएका र कहिल्यै देखा नपर्ने प्रजातिहरू।
- वनबाट लोप भएका – केवल कैदमा बाँच्न सक्ने, मूल वासस्थानबाट बाहिर, पूर्ण सर्वेक्षण पछि अनुमानित।
- गम्भीर रूपमा लोपप्राय – एक विशेष र अत्यन्तै लोपप्राय अवस्थामा
- लोपोन्मुख – वनमा लोपको उच्च जोखिममा
- असुरक्षित – ५ रातो सूचीको मापदण्ड मध्ये एक भेटिएमा र अप्राकृतिक (मानव-कारण) लोपको उच्च जोखिममा।
- सङ्कटासन्न – निकट भविष्यमा लोपको उच्च जोखिममा।
- कम चासोका – नजिकको भविष्यमा लोप नहुने।
- तथ्याङ्कको कमी
- निर्धारण नगरिएका
(अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको सूचीमा), "असुरक्षित"
वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलन
सम्पादन गर्नुहोस्वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनको उद्देश्य जङ्गली जनावर र बोटबिरुवाहरूको नमूनामा भएको अन्तर्राष्ट्रिय व्यापारले उनीहरूको अस्तित्व खतरामा नपरेको भनी सुनिश्चित गर्नु हो। वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनमा सूचीबद्ध बोट र जनावरहरू आयात गर्नका लागि वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनको अनुमति चाहिन्छ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची श्रेणी र मापदण्डको उपयोगको लागि दिशानिर्देश, १३औँ संस्करण, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, मार्च २०१७, अन्तिम पहुँच २०१८-०१-०४।
- ↑ "BfN Bundesamt für Naturschutz: Richtlinien und naturschutzfachliche Anforderungen, die in der FFH- und Vogelschutzrichtlinie verankert sind. abgerufen am 14. Juni 2015", २४ जुन २०१५।