सारस
सारस (Antigone antigone) नेपाल लगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसिया एवं अस्ट्रेलियाको रैथाने चरा संसार कै ठुलो चराहरु मा गणना हुन्छ | यो चरा एकै क्षेत्रमा बस्न रुचाउँछ र बसाई सराई गर्दैन | सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुने यो चरा लाई अङ्ग्रेजीमा 'सारस क्रेन' (Sarus Crane) भनिन्छ | वैज्ञानिक नाम 'ग्रस एन्टिगन' (Grus antigone) रहेको यो प्रजातिको सारसलाई विश्वमै दुर्लभ श्रेणीको चरा मानिन्छ। यो प्रजातिको सारस ६ फिटसम्म अग्लो र साढे ३ किलो तौलको हुने र पखेटा फैलाउँदा दुवै पखेटाको लम्वाइ ८ फिटसम्म पुग्छ।
सारस | |
---|---|
दक्षिण एसियाली प्रजाति Grus antigone antigone | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | G. antigone
|
वैज्ञानिक नाम | |
Grus antigone (Linnaeus, 1758) | |
Subspecies | |
Approximate current global distribution
| |
पर्याय | |
Ardea antigone protonym |
विबरण
सम्पादन गर्नुहोस्वयस्क सारस फुस्रो रङको हुन्छ र यसको नाङ्गो रातो टाउको हुन्छ तथा घाँटीको माथिल्लो भागमा नाङ्गो खरानीहरियो तालु हुन्छ। उडानका बेला काला मुख्य पखेटाहरु बाँकी पखेटासँग प्रष्ट फरक देखिन्छन् । बच्चाको टाउको र घाटीतिर खियामैला रङ्का प्वाखहरू र माथिल्लो भाग खैरो चिन्हरू हुन्छन्। पुराना अल्पवयस्कहरू वयस्क जस्तै देखिने तर यिनको टाउको तथा घाँटीको माथिल्लो भाग फिक्का रातो र वयस्कको जस्तो हरियो हरियो तालु हुदैन् । यो उड्ने चरा मध्ये सबैभन्दा अग्लो चरा हो। समान्यतया यसको तौल ५ देखि १२ किलोग्राम (११ देखि १२ पाउण्ड), उचाई ११५ देखि १६७ सेन्टिमिटर (४५०५ देखि ६५.५ इन्च) तथा पंखेटा २२० देखि २५० सेन्टिमिटर (८६.५ देखि ९८०५ इन्च) हुन्छ।
वितरण तथा वासस्थान
सम्पादन गर्नुहोस्नेपालमा यस को मुख्य वासस्थान चितवन रहेको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले उक्त प्रजातिको सारसलाई संरक्षित पंक्षीको सूचिमा समाविष्ट गरेको छ भने साइटिसले अनुसूची २ र आईयुसीएनले रातो किताबमा संवेदनाशील सूचीमा राखेको छ। यो प्रजातिको पंक्षी दलदल (सिमसार) क्षेत्रमा बसोवास गर्ने गर्दछ।
खतरा तथा संरक्षण अवस्था
सम्पादन गर्नुहोस्यो प्रजाति नेपाल लगायत विश्वमा संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । नेपाल सरकारले यसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ। सारसको अण्डा, मासु र प्वाँखका लागि यसको अवैध सिकार हुने गरेको छ | कोलाह, प्रदूषण र बासस्थान विनाशका कारण यिनको संख्या पनि दिन प्रतिदिन घट्दै गइरहेको छ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Grus antigone", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
- ↑ Blanford, W.T (१८९६), "A note on the two sarus cranes of the Indian region", Ibis 2: 135–136।