सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रत्येक सात वटै प्रदेशको संवैधानिक प्रमुख प्रदेश प्रमुख हुन् भने नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गर्छन् भने प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ। कुनै मन्त्रालय नियुक्त गर्न वा खारेज गर्न सक्ने, राष्ट्रपतिको आवद्दताका लागि राष्ट्रपतिको शासन सिफारिस गर्ने लगायतका कार्यहरू नेपालको संविधानले प्रदेश प्रमुखलाई आफ्नो विवेकअनुसार काम गर्न सक्ने अधिकार दिएको छ। प्रदेश प्रमुखले प्रदेश सभा मा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्छन् भने मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुन्छ।[१]
नेपालको संविधानको धारा १६४ मा निम्नानुसार व्यवस्था गरिएको छ:
- सङ्घीय संसदको सदस्य हुनको लागि योग्यता भएको,
- पैतीस वर्षको उमेर पूरा गरेको, र
- कुनै कानूनद्वारा अयोग्य छैन।
प्रदेश अनुसार प्रदेश प्रमुखहरूको सूची
सम्पादन गर्नुहोस्
क्र.
|
नाम
|
पदभार ग्रहण
|
पदभार मुक्त
|
पदावधि
|
१
|
झा, उमाकान्तउमाकान्त झा
|
१९ जनवरी २०१९[२][३]
|
३ नोभेम्बर २०१९[४]
|
२८८ दिन
|
२
|
यादव, धर्मनाथधर्मनाथ यादव
|
५ नोभेम्बर २०१९[५][६]
|
२७ जुलाई २०२१
|
१ वर्ष, २६४ दिन
|
३
|
अमिक शेरचन
|
२७ जुलाई २०२१
|
पदासिन
|
२ वर्ष, २६० दिन
|
- ↑ "भाग–१३ प्रदेश कार्यपालिका"। कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति १० अप्रिल २०२१।
- ↑ २.० २.१ २.२ २.३ २.४ २.५ २.६ Republica, "Newly-appointed provincial governors sworn-in", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०६।
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ "President to administer oath of office to newly appointed guvs at 4:00 pm", The Himalayan Times (en-USमा), २०१८-०१-१९, अन्तिम पहुँच २०२१-०१-०६।
- ↑ ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ ४.६ "Governors of all seven provinces sacked", The Himalayan Times (en-USमा), २०१९-११-०४, अन्तिम पहुँच २०२१-०१-०६।
- ↑ ५.० ५.१ ५.२ ५.३ ५.४ Poudel, K. P., "प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण", www.presidentofnepal.gov.np (Nepaliमा), अन्तिम पहुँच २०२०-०६-०५। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०५ मिति
- ↑ ६.० ६.१ ६.२ ६.३ ६.४ "President administers oath of office to newly-appointed governors", The Himalayan Times (en-USमा), २०१९-११-०५, अन्तिम पहुँच २०२०-०६-०५।
- ↑ ७.० ७.१ "President removes Tilak Pariyar as Province 2 governor, appoints Rajesh Jha", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०२-१९।
- ↑ "Hari Shankar Mishra appointed as Province 2 Chief", Republica (Englishमा), अन्तिम पहुँच अगस्ट १७, २०२१।
- ↑ "Bagmati Province Chief Prasai removed from his post", myRepública, अन्तिम पहुँच अगस्ट २०, २०२१।
- ↑ "President Bhandari appoints Yadav Chandra Sharma as Chief of Bagmati Province", Khabarhub, अन्तिम पहुँच अगस्ट २०, २०२१।