साँखर
विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो ।[१] साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका (१ देखि ६) वडाहरूलाई चापाकोटको वडा नं. ६ र (७ देखि ९) वडाहरूलाई नगरपालिकाको वडा नं. ७ मा गाभिएको छ ।[२]
साँखर | |
---|---|
शीर्ष बायाँ देखि दाँया काली गण्डकी, मजुवा, केलादी, भट्टराई डाँडा,राधादामोदर संस्कृत विद्यापीठ, केलादीघाट मन्दिर, पटसार र मोहमी माध्यमिक विद्यालय | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | स्याङ्जा जिल्ला |
नगरपालिका | चापाकोट |
क्षेत्रफल | |
• जम्मा | २७.०७ किमी२ (१०.४५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४,६३० |
• घनत्व | १७०/किमी२ (४४०/वर्ग माइल) |
• जातीयता | ब्राह्मण क्षेत्री मगर गुरुङ नेवार |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६३ |
केन्द्र | चापाकोटको वडा नं. ९ सुन्तलीटार |
साँखर, नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाउँ विकास समिति थियो । साँखर गाविसको गाविस कार्यालय वडा नं ७ पटसार मा अवस्थित थियो । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार साँखरको कुल जनसङ्ख्या ४,६३० मध्ये २,६४८ महिला र १,९८२ पुरुषहरू १,०५५ व्यक्तिगत घरहरूमा बसोबास गर्दछन ।[३][४][५]
कालीगण्डकी नदीको तटमा पर्ने केलादीघाटमा नेपालकै प्राचीन राधाकृष्ण मन्दिर अवस्थित छ । यस मन्दिरमा अखण्ड भजन कृतन चलिरहन्छ । यहाँ वैदिक धर्म अनुसार हरेक दिन हवन चलिरहन्छ । यहाँ श्रीकृष्ण जन्माष्टमीमा भब्य उत्सव मनाउने गरिन्छ । यस दिन थुप्रै भक्तजनहरू लाई मिष्टान्न तथा भोजन गराइन्छ । माघे सक्रांतिको अवसर मा धार्मिक प्रवचन कार्यक्रम सञ्चालन हुन्छ । यहाँ दुईवटा बृद्धाआश्रम रहेका छन। यो मन्दिर देखि २०० मिटरको दुरीमा रहेको कालीगण्डकी नदीमा वैशाख सङ्क्रान्ति, हरितालीका तिज, हरिबोधनी एकादशी र माघे सङ्क्रान्तिका अवसरहरूमा पवित्र नदी नुहाउने श्रदालु भक्तजनहरूको घूइंचो लाग्नुका साथै ठुलो बजार लाग्छ । हरितालीका तिजको अवसरमा तीजगीत प्रतियोगिता तथा लाखे नाच, हरिबोधनी एकादशीमा तोरण तार्ने र माघे संक्रान्तिका अवसरमा धार्मिक तथा सास्कृतिक कार्यक्रमहरू हरेक वर्ष आयोजित गरिन्छन ।[६]
रामजानकीको मन्दिर रहेको रामघाटधाम पवित्र तिर्थस्थलमा रामनवमीमा ठुलो मेला (बजार) लाग्छ । यसै दिन यो रामघाट क्षेत्रमा सेती नदीको पानी कालीगण्डकी नदी सँग मिसिन्छ भन्ने उल्लेख हिन्दू धर्म शास्त्रहरूमा गरिएको छ ।
साँखर गाउँ विकास समितिको वडा नं ३, खार्दीमा रहेको चमेरे गुफा पर्यटकीय दृस्टिले महत्त्वपूर्ण भूमिका खेल्दछ । यद्यपि यसमा राष्ट्रिय दृष्टीकोण भने नपरेको देखिन्छ । साँखरको काखमा रहेको वडा नं ६ र ८ को उर्वरा मजुवा फाटले यस क्षेत्रलाई आर्थिक रूपले सुदृढ पार्दछ । हाल यो फाँट बाक्लो बस्तिमा रूपान्त्रित भैरहेको छ । केलादीघाटमा निर्मित केलादीघाट पुलले साँखर तथा यस क्षेत्र वरपरको दिगो विकासमा ठुलो टेवा पुर्याएको छ ।[७] साँखर गाविसको वडा नं ६, जयटारमा उत्तरमध्यमा र शास्त्री तह सम्म कक्षा सञ्चालनमा आएको जिल्लाकै एकमात्र संस्कृत क्याम्पस, राधादामोदर संस्कृत विद्यापीठ आर्थिक संकटमा परेको छ ।[८]
क्र.सं. | साँखर | साबिक ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटियो । साँखर (१ देखि ६) चापाकोटको वडा नं. ६ र साँखर (७ देखि ९) लाई वडा नं. ७ मा गाभियो । | जम्मा | |
---|---|---|---|---|
१ | वडा नं. १ | गडभञ्याङ • ज्वईतडाँडा • जालिमडाँडा | ३ | |
२ | वडा नं. २ | सामाकोट • पंधेरा • ताङ्गले • गहते • अजिंगरे | ५ | |
३ | वडा नं. ३ | कुसुण्डे • खार्दी • ताहूँ • धारापानी | ४ | |
४ | वडा नं. ४ | मानेचौर | १ | |
५ | वडा नं. ५ | मोहमी • घर्तिगाउँ • कुवापानी • सर्लाही | ४ | |
६ | वडा नं. ६ | भट्टराई डाँडा • जयटार • केलादी • सोल्टीहोटल • ज्ञानीचौर • डिही • मजुवा | ७ | |
७ | वडा नं. ७ | पटसार • वड्डाँडा • गोठादी • चीहान • पाङ्गलुङ्ग • रिमालगाउँ • हिउँदी | ६ | |
८ | वडा नं. ८ | भर्ले • अर्चले • ढुङ्गेठाँटी • ढकालडाँडा • पर्खालेगाउँ • भट्टराईगाउँ • सालीसाउनी • सपौंदे • बाँझबारी • केवलघारी • मिलनचोक • टार • रामघाट • अम्मटे | १४ | |
९ | वडा नं. ९ | खासा • मैफेस • थुम्का • जैसीबारी • पिपलछाप • कालीमाटी • ढकालडाँडा • एक्ले • वनकाटा | ९ | |
९ | साँखरका गाउँहरूको कूल संख्या | ५२ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२९ मिति
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "साँखर गाविस (संक्षिप्त परिचय)", मेरो स्याङ्जा डटकम, ३१ जेष्ठ, २०६७, अन्तिम पहुँच ३१ जेष्ठ।[स्थायी मृत कडी]
- ↑ "केलादी घाटका मठमन्दिर जीर्ण"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२४ मिति
- ↑ जानु पंगेनी, माधब अर्याल, पुर्ण बिके र (वैशाख १४), "काठमाडौँ पुग्न २ सय किमि छोटो", कान्तिपुर समाचार, अन्तिम पहुँच २०७१।[स्थायी मृत कडी]
- ↑ "संस्कृत विद्यापीठ आर्थिक अभवमा", नेपालीसमाचार.कम, नेपालीसमाचार.कम, २० जुन २०११, अन्तिम पहुँच २० जुन २०११।[स्थायी मृत कडी]