भट्टराई डाँडा

नेपालको एक शहर

विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो ।[१] साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका (१ देखि ६) वडाहरूलाई चापाकोटको वडा नं. ६ र (७ देखि ९) वडाहरूलाई नगरपालिका वडा नं. ७ मा गाभिएको छ ।[२]

भट्टराई डाँडा
BhattaraiDanda.jpg
Bhattarai Danda (1).jpg
Radha Damodar Sanskrit Vidhyapith.jpg
Keladighat Temple.jpg
Keladighat.jpg
Keladighat (1).jpg
Keladighat (5).jpg
Jayatar.jpg
शीर्ष बायाँ देखि दाँया
भट्टराई डाँडाका विभिन्न स्थानहरू
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखर र यसका गाउँहरू
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखर र यसका गाउँहरू
निर्देशाङ्क: २७°५२′५९″N ८३°५५′५२″E / २७.८८३°N ८३.९३१°E / 27.883; 83.931निर्देशाङ्कहरू: २७°५२′५९″N ८३°५५′५२″E / २७.८८३°N ८३.९३१°E / 27.883; 83.931
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
नगरपालिकाचापाकोट नगरपालिका
वडा कार्यालयवडा नं. ६, मोहमी
क्षेत्रफल
 • जम्मा२.१५ किमी (०.८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५५१
 • घनत्व२६०/किमी (६६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-६३
केन्द्रचापाकोटको वडा नं. ६ कार्यालय, मोहमी

परिचयसम्पादन

भट्टराई डाँडा चापाकोट नगरपालिकाको वडा नं. ६ मा पर्ने गाउँ हो । भट्टराई डाँडा, स्याङ्जा जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने अति नै रमणीय, सुन्दर, शान्त ठाउँ मध्येको एक हो । खास गरी दक्षिण भागमा बग्ने कालीगण्डकी नदी, जसलाई शालिग्राम शिलाको खानीको रूपमा चिनिन्छ, त्यसले अझ भट्टराई डाँडाको सुन्दरतालाई बयान गर्दछ । भट्टराई डाँडाको जनसङ्ख्या ५५१ रहेको छ । यो गाउँमा १४६ वटा घर छन् ।[३]

समाजसम्पादन

प्रमुख तिर्थस्थल केलादीघाटमा बाहुनहरूको बाहुल्यता रहेको छ । ब्राह्मण, क्षेत्री, नेवार, सुनार, ठकुरी, सार्की, कुमाल, विश्वकर्मा, यहाँका प्रमुख बासिन्दा भए पनि बाहुल्यतामा भने केहि भिन्नता पाईन्छ । त्यस्तै गरी दक्षिण भाग जुन गण्डकी नदीले सिमाना बनाउदै पाल्पा जिल्लासँग छुट्टिएको अनि पश्चिमी भाग जुन सेखामसँग सिमाना जोडिएको छ, त्यो क्षेत्रमा भने प्राय बाहुन जातका मानिसहरु बसोबास गर्ने गर्दछन । जुनसुकै जातजातिका मानिसहरु भएतापनि यो क्षेत्रको प्रमुख धर्म भने हिन्दुनै हो । प्राय यहाँका मानिसहरु दसैं, तिहार, तीज लगायतका चाडहरु धुमधामका साथ मनाउने गर्दछन ।[४][५]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  4. "स्याङ्जा जिल्लाका विशिष्ट धार्मिक धरोहरहरू : केलादीघाट", उज्यालो लाल्टिन, उज्यालो लाल्टिन, अन्तिम पहुँच २२ जुलाई २०१६ 
  5. "ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र", जिल्ला समन्वय समितिको कार्यालय, स्याङ्जा, जिल्ला समन्वय समितिको कार्यालय, स्याङ्जा, अन्तिम पहुँच २२ फाल्गुन २०७३ 

यो पनि हेर्नुहोस्सम्पादन