केलादीघाट
केलादीघाटको राधाकृष्ण देवताको मन्दिर - पुरानो
प्राथमिक विवरण
स्थान:केलादी, साँखर
सम्बन्धनहिन्दुत्व
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारमन्दिर
निर्माताअज्ञात

परिचय सम्पादन गर्नुहोस्

केलादीघाट नेपालको प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा पर्ने चापाकोट नगरपालिकाको वडा नं. ६ साँखरमा पर्ने अति रमणीय गाउँ, ऐतिहासिक एवं धार्मिक क्षेत्र हो।[१]

अवस्थिति सम्पादन गर्नुहोस्

स्याङ्जाको ऐतिहासिक एवं धार्मिक क्षेत्र साँखर, ६ केलादीघाटका मठमन्दिर जीर्ण बनेका छन् । सदरमुकाम पुतलीबजारबाट ५७ किलो मीटर दक्षिण पूर्वको यस क्षेत्रका वर्षौ पुराना मठमन्दिर स्थानीय र सम्बन्धित सरोकारवालाको वेवास्ताले जीर्ण बनेको हो। केही मन्दिर सफा गर्ने, पुजा गर्ने चलन रहेपनि धार्मिक रूपमा प्रख्यात यस क्षेत्रमा कसैको ध्यान पुग्न सकेको छैन। स्याङ्जा र पाल्पा जोड्ने केलादीघाटमा पक्की पुल बनेपछि यस क्षेत्रलाई धार्मिक केन्द्रका रूपमा विकास गर्ने सोच बनेको स्थानीयले बताएका छन्। ३ सय ५० वर्षअघि निर्माण भएपनि संरक्षण नहुंदा भत्किदै गएको छ। धार्मिक एवम् ऐतिहासिक आस्था जगाउने राधाकृष्ण, शिव मन्दिर र लक्ष्मीनारायण मन्दिर केलादीघाटमा रहेका छन्। पुराना मठ–मन्दिर प्राचीन समयमा ब्राह्मण (पुरोहित) ले निर्माण गरेका हुन् । उनीहरूको देहवसान पश्चात् केही समयसम्म आफन्तले मठ–मन्दिर संरक्षणका साथै सम्वद्र्धन गर्दै मन्दिर सञ्चालन गरेका थिए। केलादीमा हिन्दु धर्मालम्वीको शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा धेरै दर्शनार्थी आउँछन्। मन्दिरका छानामा वर पिपल उम्रिएका छन् । रुखका जराले मुर्तिलाई पुजा गरेका छन्। मन्दिरको ढोका र मुर्ति धमिराले घर बनाएको छ। केलादीघाटमा रहेका ऐतिहासिक एवम् धार्मिक संरचनाहरु अपहेलित, वेवास्ता र वेवारिसे छन्।[२]

चित्रवाली सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्याङ्जा जिल्लाका विशिष्ट धार्मिक धरोहरहरू : केलादीघाट", उज्यालो लाल्टिन, उज्यालो लाल्टिन, अन्तिम पहुँच २२ जुलाई २०१६ [dead link]
  2. "ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र", जिल्ला प्रशासन कार्यालय, स्याङ्गजा [dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्