गण्डकी प्रदेश
गण्डकी प्रदेश नेपालको संविधान २०७२ लागू भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य पुनर्संरचना गरी बनेका ७ प्रदेशहरू मध्ये एक प्रदेश हो। कुल ११ जिल्लाहरू रहेको यस प्रदेशको प्रादेशिक राजधानी पोखरा कायम भएको छ।[१]
गण्डकी प्रदेश | |
---|---|
शीर्ष बायाँ देखि दाँया अन्नपूर्ण, माछापुच्छ्रे, मुस्ताङ, तिलिचो ताल, मनकामना मन्दिर, मुक्तिनाथ मन्दिर, फेवा ताल र गोरखा दरबार | |
निर्देशाङ्क: २८°१२′३४″उ॰ ८३°५९′२९″पू॰ / २८.२०९४४°N ८३.९९१३९°Eनिर्देशाङ्कहरू: २८°१२′३४″उ॰ ८३°५९′२९″पू॰ / २८.२०९४४°N ८३.९९१३९°E | |
राष्ट्र | नेपाल |
साक्षरता | ७३% उच्च |
स्थापना | २०७२ असोज ३ |
राजधानी | पोखरा |
सरकार | |
• मुख्यमन्त्री | सुरेन्द्रराज पाण्डे |
क्षेत्रफल | |
• जम्मा | २१,५०४ किमी२ (८३०३ वर्ग माइल) |
उच्चतम उचाई | ८,०९१ मिटर (२६५४५ फिट) |
• क्रम | अन्नपूर्ण हिमाल विश्वको दशौँ अग्लो |
जनसङ्ख्या | |
• जम्मा | २,४१३,९०७ |
• घनत्व | ११०/किमी२ (२९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
भूसङ्केत | NP-FO |
वेबसाइट | gandaki |
गण्डकी प्रदेशको इतिहास
सम्पादन गर्नुहोस्नेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट बि.सं. २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भयो। यसै संविधान बमोजिम नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो। उक्त नेपालको संविधान बमोजिम नेपाललाई ७ (सात) प्रदेशहरूमा विभाजन गरियो। यी मध्ये साविकका धौलागिरी अञ्चलका ४ जिल्ला, गण्डकी अञ्चलका ६ जिल्ला र लुम्बिनी अञ्चलको नवलपुरको भू-भाग समेटी कुल ११ जिल्लाको प्रदेश नं. ४ कायम भयो। भौगोलिक रूपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तीन वटै धरातलीय स्वरूपलाई समेटेको छ। त्यस्तै हावापानीको दृष्टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको हावापानी विद्यमान रहेको छ।
अवस्थिति
सम्पादन गर्नुहोस्भौगोलिक अवस्थितिलाई हेर्दा यो प्रदेश २७°२०' उत्तरी अक्षांश देखि २९°२०' उत्तरी अक्षांश र ८२° ५२' पूर्वी देशान्तर देखि ८५° १२' पूर्वी देशान्तरका बीच रहेको छ। यस प्रदेशको सबैभन्दा अग्लो भू-भागको रूपमा धौलागिरी हिमाल र होचो भू-भागको रूपमा नवलपुरको त्रिवेणीसुस्ता रहेको छ।
क्षेत्रफल
सम्पादन गर्नुहोस्नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये प्रदेश नं. ४ ले २१,७३३ वर्ग कि.मि. अर्थात् १४.६६% क्षेत्रफल ओगटेको छ। यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ५,८१९ वर्ग कि.मि. (२६.८%), पहाडी भू-भाग १४,६०४ वर्ग कि.मि. (६७.२%) र तराई भू-भाग १,३१० वर्ग कि.मि. (६%) पर्दछ। यस प्रदेशमा पहाडी भु-भाग बढी रहेको छ। यो प्रदेश नेपाल राज्यको करीब मध्य भागमा पर्दछ। नेपालकै सबैभन्दा ठूलो महानगरपालिकाको रूपमा रहेको पोखरा समेत यस प्रदेशमा रहेको छ।
सिमाना
सम्पादन गर्नुहोस्यस प्रदेशको सिमाना पूर्वमा बाग्मती प्रदेशका रसुवा, धादिङ्ग र चितवन जिल्ला, पश्चिममा लुम्बिनी प्रदेशका पूर्वी रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पाल्पा र नवलपरासी (सुस्ता बर्दघाट पश्चिम) र कर्णाली प्रदेशका डोल्पा जिल्ला पर्दछन्। त्यस्तै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेशको पाल्पा जिल्ला र भारतको विहार राज्य रहेका छन्।
प्रशासनिक विभाजन
सम्पादन गर्नुहोस्नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप सङ्घीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र सङ्घीय सरकारको रूपमा विभाजन गरिएको छ। यो विभाजन मध्ये यस गण्डकी प्रदेश अन्तर्गत तत्कालीन धौलागिरी अञ्चलका ४ जिल्ला म्याग्दी, मुस्ताङ्ग, पर्वत र बागलुङ्ग, गण्डकी अञ्चलका गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्की र तनहुँ एवं लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग नवलपुर गरी जम्मा ११ जिल्ला रहेका छन्। १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन्। त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन्। प्रदेश सभामा समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ।
जनसांख्यिकीय विवरण
सम्पादन गर्नुहोस्२०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २,९१,९२,४८० मध्ये यस प्रदेशको जनसङ्ख्या २४,६६,४२७ रहेको छ जुन कुल जनसङ्ख्याको ८.4 प्रतिशत हुन आउँछ। यस मध्ये पुरुषको जनसङ्ख्या ११७०८३३ र महिलाको जनसङ्ख्या १२९५५९४ रहेको छ
भौगोलिक प्रदेशगत आधारमा गण्डकी प्रदेशको जनसङ्ख्या हिमाली प्रदेशको जनसङ्ख्या १९,९९० (०.८%), पहाडी प्रदेशको जनसङ्ख्या २०,७२,१६२ (८६.५%) र तराई प्रदेशको जनसङ्ख्या ३,१०,८६४ (१२.७%) रहेको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’", २१ जेठ २०७५, अन्तिम पहुँच २३ जेठ २०७५।