माछापुच्छ्रे हिमाल
माछापुछ्रे, तमु भाषा : कतासुँ क्लिको, एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ । यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन ।
माछापुच्छ्रे | |
---|---|
कतासुँ क्लिको | |
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
| |
सर्वोच्च बिन्दु | |
उचाई | ६,९९३ मी (२२,९४३ फिट) |
प्रमुखता | १,२३३ मी (४,०४५ फिट) ![]() |
भूगोल | |
स्थान | नेपालको मध्यभागको उत्तरमा |
राज्य/प्रदेश | NP |
मातृ हिमशृङ्खला | अन्नपूर्ण हिम शृङ्खला |
आरोहण | |
सफल आरोहण | आरोहण अनुमति छैन |
स्थितिसम्पादन
माछापुछ्रे हिमाल एउटा लामो प्रेणदायक श्रेणीको पुछारमा, अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किदैगएको छ, पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको रूप प्रदान गर्छ । यो संरक्षण क्षेत्र पर्यटकहरूको एउटा मनपर्ने ट्रेकिंग गन्तव्य हो र अन्नपूर्णको दक्षिणतर्फबाट आधार शिविर र अन्य प्राकृतिक छटा एकदमै मनमोहक हुन्छ । यो मनमोहक शिखर मुख्य शहर पोखराबाट लगभग २५ किलोमिटरको दूरीमा छ ।
नामकरणसम्पादन
माछाको पुच्छर जस्तो हुनाले नै यो हिमालको नाम माछापुच्छ्रे रहेको हो । यसलाई अङ्ग्रेजीमा फिस टेल पनि भनिन्छ । यसलाई तमु भाषामा कतासुँ क्लिको भनिन्छ।