फेवा ताल नेपालको (पुर्ववत् पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, हाल गण्डकी प्रदेश) कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल एवम् नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो।[१] पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ। 'फेवा' गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो। 'वैदाम' गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। तालको बीचमा 'बराही मन्दिर' रहेको छ।

फेवा ताल
सुर्यास्तको समय फेवा ताल को दृश्य, पोखरा
रहेको स्थानकास्की जिल्ला
भौगोलिक निर्देशांक२८°१२′५१″उ॰ ८३°५६′५०″पू॰ / २८.२१४१७°N ८३.९४७२२°E / 28.21417; 83.94722निर्देशाङ्कहरू: २८°१२′५१″उ॰ ८३°५६′५०″पू॰ / २८.२१४१७°N ८३.९४७२२°E / 28.21417; 83.94722
तालको प्रकारसफा पानी
अन्तर्वाहहर्पन तथा फिर्के खोला
सिंचित क्षेत्रफल१२२.५३ वर्ग किलोमिटर
सिंचित क्षेत्र नेपाल
अधिकतम लम्बाई४ किलोमिटर
अधिकतम चौडाई२ किलोमिटर
सतहको क्षेत्रफल५.२३ वर्ग किलोमिटर
औसत गहिराई८.६ मिटर
अधिक गहिराई२४ मिटर
पानीको आयतन०.०४६ घन किलोमिटर
सतहको उचाई७४२ मिटर
जम्नेजम्दैन
टापूहरूतालबाराही
बसोबासपोखरा, सराङकोट, कास्कीकोट, ढिकुरपोखरी
फेवा ताल, पोखरा उपत्यका
डुङ्गातालबाराही मन्दिरको लागि प्रशिद्ध फेवा ताल

फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित रहेको छ। यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ। यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ।[२] यस तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मिटर (३५,००० एकड फिट) रहेको छ। यस तालको उत्तर दिशामा अन्नपूर्णा शृङ्खला रहेको छ, जुन २८ कि.मि.को दुरीमा छ। यो ताल माछापुच्छ्रे, अन्नपूर्णा र धवलागीरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ। अहिले तालमा जलकुम्बी झार र विभिन्न ठाउँबाट बगाएर ल्याएका मुढा, दाउरा, कागज आदि देख्न सकिन्छ।

चित्र दिर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Aryal, Vijay (२८ अक्टोबर – २ नोभेम्बर २००७), "फेवा तालको क्षेत्रफल", Proceedings of Taal 2007: The 12th World Lake Conference, Jaipur, India (International Lake Environment Committee): 2292–2299। 
  2. Rai, Ash Kumar (२०००), "फेवा ताल र यसको विविधता", Limnology 1: 81–89, डिओआई:10.1007/s102010070014 [dead link]

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्