पहाडी प्रदेशको उत्तरतर्फ ३००१ मी. भन्दा बढी उचाइको क्षेत्रमा पूर्व-पश्चिम फैलिएको हिमाली प्रदेश छ। यस प्रदेशले नेपालको कूल भू-भागको १५ प्रतिशत(२२०७७.१५ व.कि.मि.) क्षेत्रफल ओगटेको छ। नेपालको उत्तरतर्फ पूर्वी सिमादेखी पश्चिमी सिमासम्म लमतन्न परेर बसेको यो क्षेत्र करिब २५ देखि ३० किमि को चौडाई र पूर्व पश्चिम लम्बाई ८८५ किमि रहेको छ । पत्रे चट्टान्द्वारा निर्मित यो क्षेत्र पूर्वमा खुम्चिएको र पश्चिममा फुकेको छ । यस प्रदेशमा ५००० मीटरमा हिमरेखा पर्ने र यहाँ नेपालका विश्व-प्रसिद्ध हिमशिखरहरू पर्ने भएकाले यहाँ मानव बस्ती र खेतीयोग्य जमीन कम छ (५.६% मात्र)। विश्वकै सर्वोच्च शिखर सगरमाथा समेत यसै प्रदेशमा छ । अत्यन्त चिसो हावापानी, जटिल भू-बनावट र कठोर जनजीवन शैलीका कारण बसोबास पातलो छ। यस क्षेत्रमा उद्गमस्थल भएका नदीहरू अविरल रूपमा बग्दछ्न् । यस क्षेत्रमा खासगरी शेर्पा, थकाली, भोटे, मनाङ्गे आदि जातिका मानिसहरु बसोबास गर्दछ्न् भने यहाँको मुख्य पेशा पशुपालन र पशुजन्य उत्पादन हो । २०६८ को प्रतिवेदनका अनुसार नेपालको कूल जनसंख्याको ६.७३% बसोबास गर्छन् । हिमाली प्रदेशमा २१ वटा जिल्लाहरू रहेका छन् । प्रदेशको चौडाइ करिब २४ कि.मी. देखि ४८ कि.मी. छ।

नेपालको उत्तरी भेगमा हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तरदक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुद्र सतहदेखि करिब ३,००० मिटरमाथिको उचाइमा

अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टिमात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमाली शृङ्खला देखिने नेपालका धेर भूभागहरू छन् ै । जस्तैः अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङ, मुस्ताङ आदि नेपालका क्षेत्र पर्छन्। धवलागिरि

चुरन हिमालयको े उत्तरमा मुस्ताङ तथा डोल्पाका भूभाग पर्छन्। ती क्षेत्रहरूबाट

हिमालय दक्षिणतिर देखिन्छ । विश्वका उच्चतम र मनोरम हिमाली टाकुराहरू

नेपालको हिमालयखण्डमा छन्। कञ्चनजङ्घा, जनक, उम्बक, महालङ्गुर,

रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरी, लुगुला,

दामोदर, निलगिरि, अन्नपूणर्, धवलागिरि, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा,

कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाकङ्कर, गुराँस पूर्वदेखि क्रमशः पश्चिमसम्म

फैलिएका प्रसिद्ध २८ हिमशृङ्खलाहरू हुन्। यी शृङ्खलाहरू अधिकतम भोट

(तिब्बत) का सीमावर्ती क्षेत्रमा रहेका छन्।

हिमाली क्षेत्रको आर्थिक गतिविधि सीमित छ । उब्जनी न्यून हुने हुँदा कृषि नगन्य

भए पनि याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन र जडीबुटीमा यो क्षेत्र सम्पन्न

छ । उनका गलैँचा, राडी, पाखी बुन्ने घरेलु उद्योगहरू रहेको पाइन्छ । पर्यटन

उद्योग, जडीबुटी र पर्यावरण सम्पदा यहाँका महŒवपूणर् स्रोत हुन्।

यो क्षेत्र अल्पाइन र आर्कटिक जलवायुक्षेत्रअन्तर्गत पर्छ । उचाइ र पर्वतको

अवस्थितिअनुसार जलवायु फरक पर्छ । सोलुखुम्बुको ४,४०० मिटर उचाइमा रहेको

चुङकुङ गाउँमा आलु फल्छ । २,८०० मिटर उचाइमा रहेको मुस्ताङको जोमसोममा

दुई सय मिलिमिटर वर्षा हुन्छ । यस्ता उच्च हिमालका खेतीयोग्य जमिन सोलुखुम्बु,

मनाङ, मुस्ताङ र डोल्पा जिल्लामा पाइन्छ ।

करिब ५,००० मिटरमाथि ६ देखि १२ महिनासम्म हिउँ रहन्छ । लगभग ४,०००

मिटरमाथिका भूभागमा छोटो अवधिको वर्षायाममा पनि तुसारापात हुन्छ । ४,०००-

५,००० मिटरसम्म होचो झाङ झाडी (जडीबुटी) पाइन्छ । मुस्ताङ र डोल्पामा

प्राकृतिक वनस्पति विशेष कारणले २,८०० मिटर उचाइसम्म पनि हुने गरको े पाइन्छ ।

करिब १२ प्रतिशत उच्च हिमाली क्षेत्र मनसुनी चरनका लागि उपयुक्त छ । अरू

भूभाग ठाडो भिर, ढुङ्गे र ठन्डा हुँदा चरनका लागि उपयुक्त छैन । घाँस पुनः

पलाउन समय लाग्ने भएकाले अधिक चरनबाट जोगाउन चरन व्यवस्थापन यहाँको

मूल आवश्यकता हो। माटो र जलवायुका दृष्टिले एक प्रतिशतभन्दा कम जमिन

मात्रै खेतीका लागि उपयुक्त छ । यातायातको आवश्यक व्यवस्था अझसम्म पनि हुन

नसकेको कारण उत्पादनको बजारीकरण गर्न कठिनाइ हुने गरको े छ ।

द्ध/नेपाल परिचय

नेपालको लगभग १९.७ प्रतिशत (२,८९९,५०० हेक्टर) ओगट्ने उच्च पर्वतको

दक्षिणमा मध्यपर्वत र उत्तरमा उच्च हिमाल पर्छ । यस क्षेत्रका सबैजसो मुख्य

उपत्यका हिमानीग्रस्त ९न्बिअष्बतभम० छन्। नदीले पिँध कटान बढी गरेको फलस्वरूप

नदी ढलान ९न्चबमष्भलत० ले गल्छेडा र गल्छी ९ऋबलथयलक० बनेका छन्। डाँडाको

टुप्पो र उपत्यकाको फेदसम्म २,००० मिटरभन्दा बढी उचाइको भिन्नता छ । यसैले

यहाँको एउटै ढलोमा ऊष्ण, ऊपोष्ण र न्यानो समशीतोष्ण एवम् चिसो शीतोष्ण

बोटबिरुवा पाइन्छन्। यो क्षेत्रको ५० प्रतिशत भाग कुनै पनि खेतीका लागि काम

लाग्दैन । बाँकी ५० प्रतिशत भूभागमध्ये ३४ प्रतिशत भूभागमा खेतीका लागि

अपर्याप्त पातलो माटो छ भने १६ प्रतिशत भूभागले मात्र खेती धानेको छ । यस्तो

२००,००० हेक्टर जमिनमा पनि ४० प्रतिशतमा मात्र राम्ररी खेती गर्ने गरिन्छ ।

हिमाली क्षेत्रमा नेपालका पूर्वदेखि क्रमशः ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा,

सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा,

बझाङ, दार्चुला धादिङ, रामेछाप, गोरखा र रुकुम (पूर्व) गरी २० जिल्ला पर्दछन्।

हिमाली प्रदेशलाई निम्नलिखित तीन बृहत् क्षेत्रमा विभाजन गरी अध्ययन गर्न सकिन्छ


नेपालको हिमाली प्रदेशमा कृषिको अवस्था: एक संक्षिप्त विश्लेषण

सम्पादन गर्नुहोस्

हिमाली प्रदेश नेपालको सबैभन्दा उत्तरी र भौगोलिक रूपमा सबैभन्दा चुनौतीपूर्ण प्रदेश हो। यस प्रदेशको अधिकांश भाग हिमालय पर्वत श्रृंखलामा पर्दछ जसले गर्दा यहाँको भूगोल अत्यन्तै खण्डित र भिरालो छ। यस्तो भौगोलिक अवस्थाका कारण यहाँको कृषि प्रणाली अन्य प्रदेशको तुलनामा निकै फरक र चुनौतीपूर्ण छ।

हिमाली प्रदेशमा कृषिको मुख्य चुनौतीहरू

सम्पादन गर्नुहोस्
  • जमिनको अभाव र भिरालो जमिन: खेतीयोग्य जमिनको अभाव, भिरालो जमिन, र माटोको क्षय जस्ता समस्याहरूले यहाँको कृषि उत्पादनलाई सीमित बनाएको छ।
  • चिसो हावापानी: उच्च उचाइमा रहेका कारण यहाँको हावापानी चिसो हुन्छ र यसले बालीनालीको वृद्धिलाई असर गर्दछ।
  • सिँचाइको अभाव: पर्याप्त सिँचाइको अभावले गर्दा खडेरीको समस्याले किसानहरूलाई सताउँछ।
  • प्राकृतिक प्रकोप: भूकम्प, पहिरो, हिम पहिरो जस्ता प्राकृतिक प्रकोपले कृषि उत्पादनमा ठूलो क्षति पुर्‍याउँछ।
  • बजारको पहुँचको कमी: विकट भूगोलका कारण कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन कठिन हुन्छ।
  • आधुनिक कृषि प्रविधिको कम प्रयोग: परम्परागत कृषि प्रणालीको प्रयोग र आधुनिक कृषि प्रविधिको कम प्रयोगले उत्पादकत्व बढाउन कठिन बनाएको छ।

हिमाली प्रदेशमा गरिने मुख्य कृषि कार्यहरू

सम्पादन गर्नुहोस्
  • अन्नबाली: मकै, कोदो, फापर, जौँ आदि यहाँका प्रमुख अन्नबाली हुन्।
  • नगदे बाली: आलु, तरकारी, फलफूल आदि नगदे बालीको रूपमा खेती गरिन्छ।
  • पशुपालन: भेडा, बाख्रा, याक जस्ता पशुहरू पालन गरिन्छ।

हिमाली प्रदेशमा कृषिको सुधारका लागि गरिनुपर्ने प्रयासहरू

सम्पादन गर्नुहोस्
  • भिरालो जमिनको संरक्षण: भिरालो जमिनको संरक्षणका लागि टेरास खेती, जैविक तवरले मल बनाउने, र वनजंगलको संरक्षण जस्ता उपायहरू अपनाउन सकिन्छ।
  • सिँचाइ सुविधाको विस्तार: कुलो, पोखरी, र सिँचाइका अन्य संरचनाहरू निर्माण गरेर सिँचाइ सुविधा विस्तार गर्न सकिन्छ।
  • उन्नत जातका बीउ र मलको प्रयोग: उन्नत जातका बीउ र मलको प्रयोग गरेर उत्पादकत्व बढाउन सकिन्छ।
  • कृषिमा आधारित उद्योगको विकास: कृषि उत्पादनलाई प्रशोधन गरेर थप मूल्य अभिवृद्धि गर्न सकिन्छ।
  • बजार पहुँचमा सुधार: सडक सञ्जाल विस्तार गरेर कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज बनाउन सकिन्छ।
  • कृषकहरूलाई तालिम र प्रोत्साहन: कृषकहरूलाई आधुनिक कृषि प्रविधिबारे तालिम दिएर र उनीहरूलाई विभिन्न किसिमका अनुदान उपलब्ध गराएर प्रोत्साहित गर्न सकिन्छ।

निष्कर्ष:

हिमाली प्रदेशको कृषि क्षेत्रमा धेरै चुनौतीहरू भए तापनि यहाँको कृषि उत्पादनलाई बढाउनका लागि विभिन्न किसिमका उपायहरू अवलम्बन गर्न सकिन्छ। सरकार, गैरसरकारी संस्थाहरू र स्थानीय समुदायको सहकार्यमा यहाँको कृषि क्षेत्रको विकास गर्न सकिने सम्भावना अझै बाँकी छ।