गोरखा जिल्लामा रहेको यो ऐतिहासिक दरबार गोरखा सहर भन्दा माथि पहाडको टुप्पामा रहेको छ। यस दरबार को पस्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ। त्यहाँ एउटा पुरानो गुफा पनि छ जहाँ बाबा गोरखनाथको मुर्ति रहेको पाईन्छ। नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएका राजा पृथ्वी नारायण शाह को जन्मस्थल रहेको यो दरबार नेपालको महत्त्वपुर्ण ऐतिहासिक स्थल मनिन्छ।[१]

इतिहास सम्पादन गर्नुहोस्

सन् १७२३ मा राजा पृथ्वी नारायण शाहको जन्म गोरखा दरबारमा भएको थियो।[२] गोरखा राज्यको नाम बाबा गोरखनाथको नामबाट राखिएको मनिन्छ। भनिन्छ पृथ्वी नारायण शाहलाई राज्य एकीकरण गर्ने प्रेरणा पनि गोरखनाथबाट मिलेको थियो।[३]

 
गोरखा दरबार

References सम्पादन गर्नुहोस्

  1. "Gorkha", ९/२५/२०१७, अन्तिम पहुँच ९/२५/२०१७ 
  2. "Gorkha Durbar", ९/२५/२०१७, अन्तिम पहुँच ९/२५/२०१७ 
  3. "Gorkha", ९/२५/२०१७, अन्तिम पहुँच ९/२५/२०१७