तिलक परियार
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
तिलक परियार नेपालको कर्णाली प्रदेश का प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]
तत्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बाँके १ बाट विजयी संविधानसभा सदस्य तिलक परियार 'हिम्मत' रोल्पा लिबाङमा जन्मेका हुन् । परियार माओवादीनिकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत थिए ।
स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियारले लामो समय भारतमा बसेर पनि पार्टीको काम गरे । भारतबाट नेपाल आएपछि बाँकेमै बसाइ सराइ गरेका परियार जनयुद्धको बेला बाँके वरपर नै खटेका थिए । २०२८ सालदेखि राजनीतिमा लागेका परियार विपन्न दलित परिवारमा जन्मेका थिए । फुर्सदको बेला लेखन र अध्ययनमै बिताउन चाहने परियार माओवादीका पुराना नेतामा राम्रो भाषण गर्नेमध्येमा गनिन्छन् ।
परियार अन्तरिम व्यवस्थापिकाको सदस्य समेत थिए ।[२]
तिलक परियार | |
---|---|
३ औं प्रदेश प्रमुख (कर्णाली प्रदेश) | |
पद बहाली ११ नोभेम्बर २०२१ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | जीवनबहादुर शाही |
पूर्वाधिकारी | गोविन्दप्रसाद कलौनी |
२ औं प्रदेश प्रमुख (मधेश प्रदेश) | |
कार्यकाल ५ नोभेम्बर २०१९ – १९ फेब्रुअरी २०२१ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | मोहम्मद लालबाबु राउत |
पूर्वाधिकारी | रत्नेश्वर लाल कायस्थ |
उतराधिकारी | राजेश झा |
व्यक्तिगत विवरण | |
नागरिकता | नेपाली |
राजनीतिक दल | ने.क.पा. |
पेशा | राजनीति |
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ https://www.presidentofnepal.gov.np/?p=3662 वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०४ मिति
- ↑ संविधान सभा निर्वाचन पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति