तराई प्रदेश (नेपाल)

पहाडी भागदेखि दक्षिणतर्फभारतको सिमासम्म पूर्व-पश्चिम फैलिएको नेपालको समतल भू-भागलाई तराइ प्रदेश भनिन्छ। समुद्रसतहबाट ५९ देखि ६०० मी.को उचाइसम्म पर्ने यस प्रदेशले नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भू-भाग ओगटेको छ। यसको चौडाइ बढीमा ६० कि.मी. र कम्तीमा ४० कि.मी. छ। २०५८ सालको जनगणनाअनुसार यहाँ नेपालको ४८.४३ प्रतिशत जनसङ्ख्या बस्छ। पहाडी क्षेत्रको मलिलो माटो वर्षाको पानीले बग्दै आउने भएकाले यो प्रदेश अत्यन्त उर्वरशील छ। यसलाई नेपालकै अन्नभण्डार मानिन्छ। यो प्रदेशको उत्तरतर्फचुरेको ठीक मुनि ढुंगा, कंकडयुक्त ठाउँ भएकाले त्यहाँ खेती हुँदैन र जंगलले ढाकेको छ। जसलाई चारकोशे झाडीभनिन्छ। चार कोशे झाडी समेत रहेको तराई क्षेत्र अत्यन्तै गर्मी, धेरै वर्सात्, उब्जाउ जमिन, घनाबस्ती, भारतिय रहनसहन र संस्कृतिको बढ्ता प्रभाव यस क्षेत्रका खास विशेषता हुन् ।ययहाँका प्रमुख आदिवासीहरु थारु, झाँगर, राजवंशी, धिमाल, सतार, डुम आदि हुन भने यहाँको स्थानीय भाषाको रूपमा तामाङ, मैथिली, भोजपुरी, अवधी, थारु आदि प्रमुख रहेका छ्न् ।



नेपालको भौगोलिक विभाजन]]                १,भावर क्षेत्र                               २,भित्री मधेश                                        ३, खास तराई 

देशको दक्षिणी भागमा दक्षिणतर्फ होचिँदै गएको भूभागलाई खास तराई भनिन्छ । मिहिन पाँगो माटोले बनेको यो क्षेत्र उर्वर रहेको छ । चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डुण्डुवा पर्वतमालाले काटेकोले खास तराईलाई तीन भाग (पूर्वी, मध्य र पश्चिम) मा बाँड्ने पनि गरिएको छ । झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्साको दक्षिण, नवलपरासीको पश्चिम दक्षिण, रूपन्देही र कपिलवस्तुको दक्षिण र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रलाई नेपालको खास तराई भनिन्छ ।