चितवन उपत्यका
नेपालको मध्य भागमा पर्ने चितवन उपत्यकालाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ । पुर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमामा माडी उपत्यका छुटयाउने चुरे श्रृङखलासम्म फैलिएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुँदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पुर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुङ्गी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन् । त्यसै गरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेका छन् । राम्रै जल प्रवाह भएका विनयी खोला, अरूण खोला, गिरवारी खोला साथै साना खोला जयश्री, झरे, बहुलाह, ज्यामिरे लगायत पनि पश्चिमबाट पूर्वी भागमा बगी नारायणी नदीमा मिल्दछन् । चितवन उपत्यकामा नन्दभाउजु ताल, बिस हजारी ताल लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन् । यहाँको बिसहजारी ताल विश्व प्रसिद्ध सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जङ्गलै जङ्गलले ढाकिएको चितवन उपत्यका जैविक विविधतामा धनी मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य संरक्षित क्षेत्र समेत यसै उपत्यकामा रहेकाले यो उपत्यका काठमाडौँ उपत्यका र पोखरा उपत्यका पछि नेपालकै तेश्रो ठुलो पर्यटकीय गन्तव्य हो ।
अवस्थिति
सम्पादन गर्नुहोस्वर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई प्रदेश प्रदेश नं. ३ र प्रदेश नं. ४ तथा तीन जिल्ला चितवन, नवलपरासी तथा मकवानपुरका प्रशासनिक विभाजनमा परेको छ । पूर्वको हेटौडाबाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवाससम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरेसम्म केही चाक्लो र कतै साङ्गुरो हुँदै यो उपत्यका फैलिएको छ । नारायणी नदी पश्चिमको भूभाग नवलपरासी जिल्ला तथा नारायणी नदीको पुर्वपट्टी चितवन जिल्ला तथा सुदुर पुर्वी क्षेत्रमा मकवानपुर जिल्लाको रूपमा रहेको छ । अत्यन्त उब्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जङ्गल कटान गरी वि.सं. २०१४ सालदेखि मानव बसोवासका लागि खुल्ला गरिएको हो । चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेतबारी सिंचित गर्न उपयोग गरिएका छन् । कृषि उद्यममा उपत्यकालाई अग्रणी मानिन्छ ।
यातायात
सम्पादन गर्नुहोस्नेपालको पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पुर्वीक्षेत्र हेटौडा हुदै काठमाण्डौ गएको छ भने उपत्यका लाई काठमाण्डौ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा भरतपुर रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन । त्यसै गरी भरतपुर हेटौडा तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक सञ्जालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर उपरदाङगढी सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ ।
शहरी क्षेत्र
सम्पादन गर्नुहोस्संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन । उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालिका भरतपुर,हेटौडा र रत्ननगर रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै काठमाण्डौ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज तथा धरान पछीको सातौ ठुलो सहर हो ।
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत हेटौडा चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसङ्ख्याका साथमा काठमाण्डौ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज धरान भरतपुर महेन्द्रनगर तथा बुटवल पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ । उद्योग कलकारखाना ले भरीपुर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो । उपत्यकाको तेश्रो केन्द्र रत्ननगर पयर्टकहरूको चितवन राष्ट्रीय निकुन्ज पस्ने प्रवेशद्वार हो ।