कृष्णसार
कृष्णसारलाई अङ्ग्रेजीमा ब्याल्क बक् (Black-Buck) भनिन्छ भने वैज्ञानिक नाम Antilope Ceruicapra (एन्टिलोप प्रजाति) हो। यो बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. २ खैरापुरमा मात्र थोरैको संख्यामा पाइन्छ [१] [२] [३] । दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन । हिन्दु धर्ममा यसलाई 'भगवान श्रीकृष्णको साथी' का रूपमा पनि लिइन्छ। आकर्ष लामो घुमेको सिंग, कालो र सेतो रङ्गको भुत्लाले तेजिलो सुन्दर देखिने कृष्णसारको सङ्ख्या घट्दो छ [४] [५] [६]।
कृष्णसार | |
---|---|
नेपालको चिडियाघरमा भएको कृष्णसार | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | स्तनधारीप्राणी
|
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | Antilope पल्लास, १७६६
|
प्रजाति: | A. cervicapra
|
वैज्ञानिक नाम | |
Antilope cervicapra (लिन्नेअस, १७५८) | |
Subspecies | |
Antilope cervicapra centralis |
सरकारले लोपअवस्थामा पुगेपछि राष्ट्रिय निकुञ्जअर्न्तर्गत तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सालदेखि कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। २०३२ सालमा २ वटा संरक्षणक्षेत्र सुरु गरेपछि कृष्णसारको सङ्ख्या २०४७ सालमा १ सय ७७ वटा पुगेको थियो।
बाँके, बर्दिया र कैलालीमा २००८ सालतिर कृष्णसार प्रशस्त पाइन्थे। तर २०३१ सालमा आइपुग्दा नेपालमा कृष्णसारको लोप भइसकेको अडकल काटिएको थियो। एक विदेशी विशेषज्ञले अनुसन्धानका क्रममा नेपालमा २ सयवटा कृष्णसार भेटेर जानकारी दिएपछि सरकारले सुरक्षाका लागि पाइला चालेको थियो। [७] [८] [९] [१०] [११]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ रातोपाटी, "दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा", रातोपाटी, अन्तिम पहुँच २०२०-०९-१२।
- ↑ "विश्वकै दुर्लभ कृष्णसार लोप हुने अवस्थामा, सङ्ख्या १ सय ८४ मात्रै", नेपाल लाइभ, अन्तिम पहुँच २०२०-०९-१२।
- ↑ "कृष्णसार संरक्षणमा चुनौती", लोकान्तर, अन्तिम पहुँच २०२०-०९-१२।
- ↑ "दुर्लभ जनावर कृष्णसार संरक्षणमा चुनौती", २०२०-०५-०३, अन्तिम पहुँच २०२०-०९-१२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-०५ मिति
- ↑ "शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसार । अहिले यहाँ कृष्णसारको संख्या ६० भन्दा बढी पुगेको छ । राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस", इनेपालिज, अन्तिम पहुँच २०२०-०९-१२।
- ↑ "लोप हुने अवस्थामा कृष्णसार - चाइना रेडियो इन्टरनेसनल", अन्तिम पहुँच २०२०-०९-१२।
- ↑ "कृष्णसार", अन्तिम पहुँच २०२०-०९-१२।
- ↑ रातोपाटी, "हाडनाताले कृष्णसार जोखिममा !", रातोपाटी, अन्तिम पहुँच २०२०-०९-१२।
- ↑ "२६ वर्षसम्म पनि भएन बस्ती स्थानान्तरण : कृष्णसार संरक्षण चुनौतीपूर्ण बन्दै", नयाँ पत्रिका, अन्तिम पहुँच २०२०-०९-१२।
- ↑ पाठ, राजेन्द्र भट्ट २६ असार २०७५ ५ मिनेट, "शुक्लाफाँटामा फस्टाउँदै कृष्णसार", अन्तिम पहुँच २०२०-०९-१२।
- ↑ "शुक्लाफाँटामा उल्लेख्य संख्यामा बढे कृष्णसार", अर्थको अर्थ डट कम, २०२०-०९-०६, अन्तिम पहुँच २०२०-०९-१२।